२०८१ बैशाख ७

कोरोनामा चुनाव : कस्तो छ आयोगको तयारी, प्रधानमन्त्रीलाई बुझाएको प्रस्तावमा के छ ?

काठमाडौं । निर्वाचन आयोगले कोभिड – १९ को प्रभावकाबीच सुरक्षा सम्वन्धी मापदण्ड लागू गरेर जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न सकिने जनाएको छ । स्थानीय तहको मिति तय गर्न मंगलबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा आयोगले सुरक्षा मापदण्ड अपनाएर निर्वाचन गर्न सकिने बताएको हो । संक्रमित मतदातालाई समेत मतदानको विशेष प्रवन्ध मिलाउने आयोगको प्रस्ताव छ ।


Advertisement


कोभिड–१९ मा यसरी निर्वाचन गर्न सकिने आयोगको प्रस्ताव 

– स्थानीय तह निर्वाचनमा मतदाता, उम्मेदवार, उम्मेदवारका प्रतिनिधि एवम् निर्वाचनमा खटिने सबै कर्मचारी, सुरक्षाकर्मी, स्वयम् सेवक र पर्यवेक्षकहरुका लागि निम्न स्वास्थ्य– खोप अभियानलाई ब्यापक बनाई सवैले खोप लगाएको सुनिश्चित गर्ने ।

– संक्रमित मतदातालाई समेत मतदानको विशेष प्रवन्ध मिलाउने ।

–मास्कको प्रयोग अनिवार्य गर्ने गराउने ।

–मतदान केन्द्रमा सावुन पानीले हात धुने वा सेनिटाइजरको अनिवार्य प्रयोग गर्ने ।

–सबै मतदानस्थलमा मतदानको दिन स्वास्थ्य उपकरणसहित स्वास्थ्यकर्मीको व्यवस्था गर्ने ।

– निश्चित सामाजिक दुरी कायम गर्ने, गराउने ।

–मतदान केन्द्र एवम्मतगणना स्थलको निसङ्क्रमणको ब्यवस्था गर्ने ।

– निर्वाचन प्रचार प्रसारलाई सञ्चार तथा प्रविधि मैत्री बनाई आमसभा, र्‍याली, जमघट,भिडभाड आदिलाई निरुत्साहित गर्ने ।

– निर्वाचन व्यवस्थापनमा कोभिड नियन्त्रण सम्वन्धी छुटृै मापदण्ड जारी गरी कार्यान्वयन गर्ने गराउने ।

– निर्वाचन प्रचार प्रसारको ब्यवस्थापन तथा आचारसंहिता र स्वास्थ्य मापदण्ड पालनामा निर्वाचन क्षेत्रस्तरीय संयन्त्रको परिचालन गर्ने ।
 

Copy link
Powered by Social Snap