२०८१ बैशाख ८

सरकारले अहिलेकै कानुनबमोजिम निर्वाचन गर्नुपर्छ : सिंह

काठमाडौँ — कांग्रेस नेता प्रकाशमान सिंहले सरकारले अहिलेकै कानुनबमोजिम स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएका छन् । उनले निर्वाचन आयोगले वर्तमान संविधान र कानुनबमोजिम स्थानीय तहको निर्वाचनको मिति प्रस्ताव गरिसकेकाले सरकारले त्यहीअनुसार गर्नु उपयुक्त हुने बताए ।


Advertisement


मंगलबार काठमाडौंमा खोप कार्यक्रमको निरीक्षण गर्ने क्रममा नेता सिंहले भने, ‘स्थानीय तहको निर्वाचनका लागि आयोगले मिति प्रस्ताव गरिसकेको छ । त्यसआधारमा सरकारले स्थानीय तहको मिति निर्धारण गरेको राम्रो हो ।’

नेता सिंहले वर्तमान सत्ता गठबन्धन र सरकार नै संविधान र लोकतन्त्रको रक्षा गर्ने सन्दर्भमा निर्माण भएकाले यो सरकारले संविधान मिच्न नमिल्ने बताए । ‘यो सरकार नै विशेष अवस्थामा गठन भएको हो । तत्कालीन कम्युनिष्ट सरकारले म्याण्डेड बमोजिम कार्य गर्न नसकेको र संविधानलाई भंग गर्ने प्रयास गरेकाले त्यो संविधानको रक्षा गर्न यो गठबन्धन सरकार बनेको हो,’ उनले भने, ‘त्यसैले यो सरकारले संविधानको मर्म र भावनाबमोजिम काम गर्नुपर्ने हुन्छ । कानुन संशोधन गर्नेभन्दा पनि अहिलेको संविधान र ऐनमा जे व्यवस्था छ, त्यहीअनुसार सरकारले काम गरेको राम्रो हुन्छ ।’

Copy link
Powered by Social Snap