२०८१ बैशाख ७

निर्वाचन आयोगको वार्षिक प्रतिवेदन र राष्ट्रिय सभाको परिणाम राष्ट्रपतिलाई

काठमाडौं । निर्वाचन आयोगले आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएको छ । आयोगले सोमबार राष्ट्रपति कार्यालय शितलनिवास पुगेर प्रतिवेन बुझाएको हो । 


Advertisement


प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले वार्षिक प्रतिवेदनका साथमा माघ १२ गते सम्पन्न भएको राष्ट्रिय सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपति समक्ष पेस गरेका हुन् । 

राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै आयोगले प्रतिवदेन बुझाएको जानकारी दिएको हो ।

Copy link
Powered by Social Snap