२०८३ बैशाख २६

Author: Senior Editor Nima

दुई तिहाइको कम्युनिष्ट सरकारलाई कम्युनिष्टकै बर्को ओढेका ‘जन्तरे अन्तरे’ ढाले- ओली

दुई तिहाइको कम्युनिष्ट सरकारलाई कम्युनिष्टकै बर्को ओढेका ‘जन्तरे अन्तरे’ ढाले- ओली

राजनीति
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईतिहाइ हैसियतमा पुगेको कम्युनिष्ट पार्टीको सरकारलाई कम्युनिष्टकै बर्को ओढेका ‘जन्तरे अन्तरे’ ढालेको आरोप लगाएका छन्। Advertisement इलाममा आइतबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफ्नो पार्टीबाट निर्वाचित भएकाहरुले अलग भइसकेपछि भत्ता खाएर बसिरहन नमिल्ने जिकिर गरे। उनल एमालेका कार्यकर्ताले खियाएका जुत्ता चप्पलको मूल्य अन्तरे जन्तरेलाई भोट हाल्दा खर्चिएको दाबी गरे। ‘एमाले कार्यकर्ताले जुत्ता-चप्पल खियाए र पसिना बगाएर अन्तरे-जन्तरेलाई भोट हालेकाहरूले राजीनामा गर्नुपर्दैन?’ भत्ता खाइराख्ने? एमालेले लगाइदिएको  सांसदको फुली, मेयरको फुली बोकेर फिर्ता गर्नुपर्दैन? विचार गर्नुस् त, कति साह्रो लाज नभएको? कमसेकम नेकपा एमालेले टाँसिदिएका जुँगा त खौरिएर छोड्नुपर्छ नि। एमालेले लगाइदिएको जुँगामा ताउँ लगाउने अ...
जापानले पाँच वर्षमा भारतमा ४२ अर्ब डलर लगानी गर्ने

जापानले पाँच वर्षमा भारतमा ४२ अर्ब डलर लगानी गर्ने

राजनीति
जापानले आउने पाँच वर्षमा भारतमा ४२ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ। Advertisement भारत भ्रमणमा रहेका जापानी प्रधानमन्त्री फुमिओ कासिदाले शनिबार जापानको नयाँ लगानीबारे जानकारी दिएका हुन्। समाचार संस्था एएफपीका अनुसार पद सम्हालेपछि पहिलो पटक भारत भ्रमणमा आएका कासिदाले शनिबार समकक्षी नरेन्द्र मोदीसँग द्वीपक्षीय वार्ता गरेका थिए। वार्ताका क्रममा आर्थिक सहायतादेखि चीन-भारत सीमाको अवस्था र युक्रेनमाथि रूसले गरेको आक्रमणसम्मका विषयमा कुराकानी भएको थियो। जापानले रूसी आक्रमणको विरोध गर्दै आएको छ भने भारत अहिलेसम्म यसबारे मौन बसेको छ। प्रधानमन्त्री कासिदाले कुराकानीको क्रममा आफूले मोदीलाई रूसको यो एक पक्षीय आक्रमणलाई स्वीकार गर्न नहुने बताएको जानकारी दिएका छन्। जापानले लामो समयदेखि भारतका विभिन्न क्षेत्रमा लगानी गर्दै आएको छ। नयाँ लगानीले भा...
युक्रेनबाट तीन दिनको कठिन यात्रापछि सर्विया पुगेकी यारोस्लाभा स्वर्ण जितेपछि भक्कानिइन्

युक्रेनबाट तीन दिनको कठिन यात्रापछि सर्विया पुगेकी यारोस्लाभा स्वर्ण जितेपछि भक्कानिइन्

खेलकुद
युक्रेनकी यारोस्लाभा माहुचिख शनिबार सर्वियाको बेलग्रेडस्थित स्टार्क एरेनामा निकै भावुक देखिइन्।  Advertisement विश्व एथ्लेटिक्स इन्डोर च्याम्पियनसिपमा भाग लिनका लागि २० वर्षीया यारोस्लभाले निकै कष्ट बेहोर्नु परेको थियो।  युक्रेनमा रूसको आक्रमणका कारण उनले आफ्नो देशबाट सर्विया पुग्नका लागि पीडादायी यात्रा गर्न पर्‍यो।  उनी तीन दिन लगाएर सर्विया पुगेकी थिइन्। जहाँ उनले हाइ जम्पमा उत्कृष्ट प्रर्दशन गर्न सफल भइन्। २.०२ मिटर उफ्रिएकी यारोस्भालाले विश्वभरका खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जित्न सफल भइन्।  तीन दिनको कठिन यात्रा र देशको युद्ध सम्झिएर उनी स्वर्ण जितेपछि भावुक बनेकी थिइन्।  युक्रेनमा रूसको आक्रमणको पृष्ठभूमिमा यारोस्लोभाले प्रतियोगितालाई 'फ्रन्ट लाइन' भनेर वर्णन गरेकी थिइन्। स्वर्ण जितेपछि आफ्नो ...
भयरहित निर्वाचन गर्न सबै प्रतिवद्ध हुनुपर्छ: प्रधानमन्त्री

भयरहित निर्वाचन गर्न सबै प्रतिवद्ध हुनुपर्छ: प्रधानमन्त्री

राजनीति
प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताएका छन्। Advertisement काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकामा शनिबार प्रशासकीय भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनलाई सबै पक्षले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याएका थिए। ‘देश अहिले स्थानीय निर्वाचनको संघारमा छ, निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सबै प्रतिबद्ध हुनु आवश्यक छ’, प्रधानमन्त्री देउवाले भने। जनप्रतिनिधिले जनसवालका काम मात्र गरेर नहुने भएकाले काममा पारदर्शिता, गुणस्तरीयता, जवाफदेहिता र जनताको अपनत्व पनि सुनिश्चित गर्नसमेत आवश्यक रहेको उनले बताए। ‘त्यसतर्फ ध्यान दिन म गाउँपालिकाका सबै पदाधिकारीहरूलाई आग्रह गर्छु,’ उनले भने...
युक्रेन-रूस शान्ति वार्ता लम्बिने, रूसले प्रयोग गर्ने १०० बिमानको मर्मतमा अमेरिकाको प्रतिबन्ध

युक्रेन-रूस शान्ति वार्ता लम्बिने, रूसले प्रयोग गर्ने १०० बिमानको मर्मतमा अमेरिकाको प्रतिबन्ध

राजनीति
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की। रूस र युक्रेनबीच विभिन्न विषयहरूमा भइरहेको वार्ता थप धेरै समय लम्बिन सक्ने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका एक सहयोगीले बताएका छन्। Advertisement युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोदोल्याकलाई उद्धृत गरी ‘द किभ इन्डिपेन्डेन्टले शनिबारको समाचारमा उल्लेख गरेको छ, ‘मस्कोको अडानहरू अझै पनि उस्तै रहेको देखिएको छ। सुरक्षा ग्यारेन्टी, रूसी सेनाको निकासी र युद्धविरामजस्ता विषयहरूमा वार्ताले ‘धेरै समय लिन सक्छ’।’ यसअघि शनिबार रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेन्कोभले रूसी हवाई सुरक्षा प्रणालीले शुक्रबार राति पनि ६९ युक्रेनी सैनिक केन्द्रहरूमा प्रहार गरेको बताएका थिए। उनका अनुसार त्यसमा चारवटा कमाण्ड पोस्ट र चार वटा एन्टी-एयरक्राफ्ट मिसाइल प्रणाली रहेका छन्। यसैबीच, अमेरिकाले रूसले प्रयोग ग...
एकदिवसीय खेलमा पपुवा न्युगिनीको १८ खेलपछि जित

एकदिवसीय खेलमा पपुवा न्युगिनीको १८ खेलपछि जित

खेलकुद
आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत युएईलाई पराजित गर्दै पपुवा न्युगिनीले १८ खेलको हारको ऋंखलालाई तोडेको छ। Advertisement १९औं खेलमा जित निकाल्ने क्रममा पपुवा न्युगिनीले शनिबार दुबईमा घरेलु टिम युएईलाई ६ विकेटले पराजित गर्‍यो। पहिले ब्याटिङ गरेको युएई ५० ओभरमा १४७ रनमा अलआउट भएको थियो। युएईका लागि रोहान मुस्ताफा बाहेक अन्यले उल्लेख्य योगदान दिन सकेनन्। मुस्ताफाले ८८ रन जोडेका थिए। उनले अन्तिम विकेटका लागि जहूर खानसँग ७० रनको साझेदारी गर्दा युएईले सम्मानजनक स्कोर बनाएको थियो। बलिङमा पपुवा न्युगिनीका अलेइ नाओले ४ विकेट र चाड सोपरले ३ विकेट लिए। १४८ रनको लक्ष्य पपुवा न्युगिनीले ३६.२ ओभरमा ४ विकेटको क्षतिमा पार गर्‍यो। उसका लागि कप्तान असद भालाले नटआउट ६८ रन जोडे। लिग-२ मा पपुवा न्युगिनीले पहिलो जित निकालेको हो। लिग-२ मा पपुवा न...
निर्वाचनमा गठबन्धन गर्दा धेरै सिट जितिन्छ कि नगर्दा आकलन गरेर मात्रै निर्णय हुन्छ: कांग्रेस प्रवक्ता

निर्वाचनमा गठबन्धन गर्दा धेरै सिट जितिन्छ कि नगर्दा आकलन गरेर मात्रै निर्णय हुन्छ: कांग्रेस प्रवक्ता

राजनीति
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी चुनावमा सत्ता साझेदार दलहरूबीच गठबन्धनको सम्भावना रहेको बताएका छन्। Advertisement शनिबार नेपाल प्रेस युनियन, बाँकेले नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा प्रवक्ता डा. महतले कांग्रेसले गठबन्धन गर्दा निर्वाचनमा जितको सुनिश्चितता हेर्ने बताए।  निर्वाचनमा गठबन्धन गर्दा धेरै सिट जितिन्छ कि नगर्दा धेरै जितिन्छ त्यो आकलन गरेर मात्रै गठबन्धन गर्ने वा एक्लै चुनाव लड्ने निर्णय हुने बताए।  प्रवक्ता महतले सत्ता गठबन्धनमा रहेका दलहरूको प्रस्तावलाई पनि हेरिने बताए। अर्को एक प्रसंगमा प्रवक्ता महतले एमसिसीका विषयमा धेरै कोणबाट भ्रम छर्ने प्रयास गरिए पनि त्यो विफल भएको बताए।  यस्तै, कांग्रेसले सुरू गरेको घर-घर जाने अभियानले स्थानीय स्तरमा रहेको एमसिसीको भ्रम पनि तोडिने बताए।  ...
प्रधानमन्त्रीलाई ओलीको व्यङ्ग्य– शेरबहादुरजी सूर्यमा भोट हाल्नुस् 

प्रधानमन्त्रीलाई ओलीको व्यङ्ग्य– शेरबहादुरजी सूर्यमा भोट हाल्नुस् 

राजनीति
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सूर्यमा भोट हाल्न भन्दै व्यङ्ग्य गरेका छन् । Advertisement शनिबार सम्पर्क समन्वय कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा उनले अब कांग्रेस वृद्धवृद्धाका छेउमासमेत जान नसक्ने दाबी गरे । एमालेले जेष्ठ नागरिकलाई भत्ता बाँडेको भन्दै ६० वर्षमाथिकाहरुले कांग्रेसलाई भोटसमेत नहाल्ने जिकिर गरे । “तपाईं हामीले सुनेका छौं, ६० वर्ष माथिका नागरिकलाई कम्युनिस्ट सरकार बन्यो भने गोली हानेर मार्छन् भन्थे । अब बुढाबुढीको छेउमा कांग्रेस जाओस् त । बुढो भएर पनि शेरबहादुर देउवा आफैं कांग्रेसमा किन छन्भन्दा उनलाई त्यो चार हजार भत्ता के गर्नु छँदैछ,” उनले भने, “नत्र भने शेरबहादुर देउवा पनि लौरो टेकेर एमालेमा आउँथे । शेरबहादुरजीलाई म भन्न चाहन्छु, कमसेकम जेष्ठ नागरि...
माथिल्लो तामाकोसी अवलोकन गर्न प्रधानमन्त्री दोलखामा

माथिल्लो तामाकोसी अवलोकन गर्न प्रधानमन्त्री दोलखामा

राजनीति
प्रधानमन्त्री शेरबहादुर देउवा दोलखा पुगेका छन्। उनी शनिबार बिहान हेलिकप्टरमार्फत् दोलखा पुगेका हुन्। Advertisement देउवाले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको अवलोकन पनि गर्ने उनको सचिवालयले जनाएको छ। देउवाले शनिबार नै रामेछाप पुगेर खिम्ती पावर सव-स्टेसनको उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ।    माथिल्लो तामाकोसी ४५६ मेगावाट क्षमताको हो। नेपाल विद्युत प्राधिकरणका अनुसार खिम्ती सव-स्टेसन २२०/१३२ केभी क्षमताको हो। यो केन्द्रीय विद्युत प्रणालीमा जोडिने दोस्रो ठूलो सव-स्टेसन रहेको प्राधिकरणले जनाएको छ। ...
ढोरपाटनलाई समृद्धिसँग जोड्नुपर्छ : मुख्यमन्त्री पोखरेल

ढोरपाटनलाई समृद्धिसँग जोड्नुपर्छ : मुख्यमन्त्री पोखरेल

राजनीति
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ढोरपाटनलाई प्रदेशको समृद्धिसँग जोड्नुपर्ने बताएका छन्। शुक्रबार बाग्लुङका विभिन्न कार्यक्रममा सहभागी हुँदै उनले नेपालको एकमात्र सिकार आरक्षका रुपमा रहेको ढोरपाटन स्वदेमा मात्रै नभएर विदेशमा पनि चासो र चर्चा पाएको स्थल भएकाले यसलाई प्रदेशको समृद्धिसँग जोड्नुपर्ने बताए । Advertisement ढोरपाटनसहित यस आसपासका क्षेत्रमा पूर्वाधार निर्माणसँगै सर्वसाधारणको अपेक्षाअनुरुप विकासका गतिवधि अघि बढाउन सरकार प्रतिबद्ध भएको जनाउँदै मुख्यमन्त्री पोखरेलले प्राथमिकताअनुसार योजना तय गर्न आग्रह गरे ।  संरक्षणसँगै आयआर्जनमा जोड दिनु आवश्यक भएको उल्लेख गर्दै उनले विद्यमान कानुनी अड्चनलाई अन्त्य गर्नेतर्फ सरकार गम्भीर भएको उल्लेख गरे । सरकारले वन ऐन ल्याउने तयारी गरेको उनले जानकारी दिए । ढोरपाटन सिकार आरक्ष क...