२०८१ बैशाख २२

निर्वाचनमा गठबन्धन गर्दा धेरै सिट जितिन्छ कि नगर्दा आकलन गरेर मात्रै निर्णय हुन्छ: कांग्रेस प्रवक्ता

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी चुनावमा सत्ता साझेदार दलहरूबीच गठबन्धनको सम्भावना रहेको बताएका छन्।


Advertisement


शनिबार नेपाल प्रेस युनियन, बाँकेले नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा प्रवक्ता डा. महतले कांग्रेसले गठबन्धन गर्दा निर्वाचनमा जितको सुनिश्चितता हेर्ने बताए। 

निर्वाचनमा गठबन्धन गर्दा धेरै सिट जितिन्छ कि नगर्दा धेरै जितिन्छ त्यो आकलन गरेर मात्रै गठबन्धन गर्ने वा एक्लै चुनाव लड्ने निर्णय हुने बताए। 

प्रवक्ता महतले सत्ता गठबन्धनमा रहेका दलहरूको प्रस्तावलाई पनि हेरिने बताए।

अर्को एक प्रसंगमा प्रवक्ता महतले एमसिसीका विषयमा धेरै कोणबाट भ्रम छर्ने प्रयास गरिए पनि त्यो विफल भएको बताए। 

यस्तै, कांग्रेसले सुरू गरेको घर-घर जाने अभियानले स्थानीय स्तरमा रहेको एमसिसीको भ्रम पनि तोडिने बताए। 

Copy link
Powered by Social Snap