२०८३ बैशाख २६

Author: Senior Editor Nima

सबै राजनीतिक दललाई स्थानीय चुनावमा भाग लिन गृहमन्त्रीको आग्रह

सबै राजनीतिक दललाई स्थानीय चुनावमा भाग लिन गृहमन्त्रीको आग्रह

राजनीति
गृहमन्त्री बालकृष्ण खाणले स्थानीय चुनावमा भाग लिन सबै राजनीतिक दलहरूलाई आग्रह गरेका छन्। Advertisement उनले ०७९ वैशाख ३० मा हुने स्थानीय चुनाव शान्तिपूर्ण हुने पनि बताए। आज कपिलबस्तुको चन्द्रौटामा सशस्त्र प्रहरी बलको विन्धबासिनी बाहिनी मुख्यालय उद्घाटन गर्दै गृहमन्त्री खाणले निर्वाचनमा भाग लिन दलहरूलाई आग्रह गरेका हुन्। उनले स्थानीय चुनाव निष्पक्ष तरिकाले हुने पनि बताए। नागरिकतले आफूलाई उपयुक्त ठानेका प्रतिनिधिलाई छान्न सक्ने उनको भनाइ थियो। उनले आवधिक निर्वाचन बेलैमा गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए। ...
चिनियाँ विदेशमन्त्रीको भ्रमणबाट नेपालको समृद्धिको यात्रामा भरपर्दो साझेदारी हुने विश्वास

चिनियाँ विदेशमन्त्रीको भ्रमणबाट नेपालको समृद्धिको यात्रामा भरपर्दो साझेदारी हुने विश्वास

राजनीति
चीनको राज्य परिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यीको यही चैत ११ देखि १३ गतेसम्म हुने औपचारिक भ्रमणले दुई देशबीचको शताब्दीऔं पुरानो जनस्तरको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षामात्र गरिएको छैन समस्यारहित नेपाल-चीन सम्बन्ध नेपालको समृद्धिको यात्राको भरपर्दो साझेदार बन्ने अपेक्षा पनि गरिएको छ। Advertisement तीन वर्षको अन्तरालमा चिनियाँ विशिष्ट पाहुनाबाट हुन लागेको यो भ्रमणले नेपाल र चीनबीचको परम्परागत मैत्री, पारस्परिक हित र चासोका विषयमा सहकार्य एवं साझेदारीलाई थप सुदृढ तुल्याउन फलदायी हुने अपेक्षा गरिएको छ। चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा मर्यादाक्रममा उपप्रधानमन्त्रीभन्दा माथिको ओहोदामा रहेका विदेशमन्त्री वाङ पेशेवर कूटनीतिज्ञ हुन्। नेपालका पुराना मित्र उनी नेपाल र नेपालीका विकासका आकांक्षाबारे जानकार पनि छन्। उनको यो भ...
अध्यादेशबाट भए पनि संघीय निजामती सेवा ऐन ल्याउँछौं: मन्त्री बडू

अध्यादेशबाट भए पनि संघीय निजामती सेवा ऐन ल्याउँछौं: मन्त्री बडू

राजनीति
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले कर्मचारीको हितमा हुने गरी संघीय निजामती सेवा ऐन ल्याइने बताएका छन्। Advertisement नेपाल निजामती कर्मचारी युनियनका पदाधिकारीसँग आज भएको अन्तर्क्रियामा मन्त्री बडूले कर्मचारीको हितमा हुने गरी ऐन ल्याउन सरकार प्रतिवद्ध रहेको बताए। मन्त्री बडूले अध्यादेशबाट भए पनि संघीय निजामती सेवा ऐन ल्याइने बताएका छन्। उनले कर्मचारीका मागलाई सम्बोधन गर्न सरकार अधिकतम प्रयासरत रहेको बताए। उनले कर्मचारी समायोजन, आन्तरिक प्रतिस्पर्धा, अनुमानयोग्य बढुवा, व्यक्तिगत सम्बन्धले नभई कामको आधारमा कर्मचारीको कार्यसम्पादन मूल्यांकन गर्ने परिपाटी, श्रेणीविहीनदेखि सबै तहका कर्मचारीको सरोकारका विषयमा सरकार सचेत रहेको बताएका थिए। छलफलमा युनियनका अध्यक्ष गोपाल पोखरेलले चार वर्षदेखि संघीय निजामती सेवा ऐनमा समेट...
विश्वकप लिग-२: नेपालले पपुवा न्युगिनीलाई हरायो

विश्वकप लिग-२: नेपालले पपुवा न्युगिनीलाई हरायो

खेलकुद
आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले पपुवा न्युगिनीलाई पराजित गरेको छ। नेपालले मंगलबार दुबईमा भएको खेलमा पपुवा न्युगिनीलाई  ७ विकेटले पराजित गरेको हो। Advertisement पपुवा न्युगिनीले दिएको १७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालका लागि दुई ब्याट्सम्यानले अर्धशतक प्रहार गरे। ओपनर कुशल भुर्तेलले ५० रन जोडे। उनले ६४ बलम ४ चौका र १ छक्का प्रहार गरे।  आरिफ शेख पनि एकदिवसीय खेलमा पहिलो अर्धशतक पूरा गर्न सफल भए। उनले नटआउट ५९ रन जोड्ने क्रममा १०२ बल खेलेर ४ चौका हिर्काए। त्यसअघि आसिफ शेख २ रनमा आउट भएका थिए। कुशल आउट भएकै ओभरमा दीपेन्द्रसिंह ऐरी शून्यमा आउट भएका थिए। यस्तै रोहित पौडेलले पनि नटआउट ४४ रन जोडे। उनले ४८ बलमा ५ चौका प्रहार गरे। त्यसअघि दुबई अन्तर्राष्ट्रिय रंगशालामा नेपालले टस जितेर ब...
व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम बनाउनू: प्रधानमन्त्री देउवा 

व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम बनाउनू: प्रधानमन्त्री देउवा 

राजनीति
प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अवस्थालाई सन्तुलनमा राख्नेगरी तथा व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम बनाउन सम्बद्ध सबैलाई निर्देशन दिएका छन्।  Advertisement प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री देउवाले सो निर्देशन दिएका हुन्। प्रधानमन्त्री देउवाले सो बैठकमा निर्देशन दिँदै भने, ‘हाम्रो व्यापार घाटा चिन्ताजनक अवस्थामा देखिएको छ, अब तपाईंहरूले व्यापार घाटा घटाउने गरी नीति तथा कार्यक्रम तय गरेर अघि बढ्नुहोस्।’  प्रधानमन्त्री देउवाले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन र सम्भावना भएका क्षेत्रमा लगानी बढाउने गरी अघि बढ्न पनि निर्देशन दिएका थिए।  उनले मन्त्रालय एवं मातहतका सबै सरकारी कार्यालयहरूलाई स्वदेशी उत्पादनलाई प्रोत्साह...
अब बस्ने संसद बैठकबाट नागरिकता विधेयक पारित हुन्छ: प्रचण्ड

अब बस्ने संसद बैठकबाट नागरिकता विधेयक पारित हुन्छ: प्रचण्ड

राजनीति
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब बस्ने संसद बैठकबाट नागरिकता विधेयक पारित गरिने बताएका छन्। Advertisement लामो समयदेखि संसदमा रोकिएको उक्त विधेयक अब अगाडि बढाउने र पारित गरिने उनले बताए। आज जनकपुरधाममा पत्रकारहरूसँगको कुराकानीका क्रममा अध्यक्ष प्रचण्डले भने, ‘अब बस्ने संसद बैठकबाट नागरिकता विधेयक पारित हुन्छ।’ नागरिकता विधेयक पारित नहुँदा जनसिद्ध नेपाली नागरिकता लिएका बाबुआमाका छोराछोरीले नागरिकता पाएका छैनन्। ...
अभिनेत्री करिश्मा र पूर्वमन्त्री सिंह एमाले प्रवेश

अभिनेत्री करिश्मा र पूर्वमन्त्री सिंह एमाले प्रवेश

राजनीति
अभिनेत्री करिश्मा मानन्धर र पूर्वमन्त्री प्रेमबहादुर सिंह नेकपा एमालेमा प्रवेश गरेका छन्। Advertisement ‘वैकल्पिक राजनीति’ गर्दै बाबुराम नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीतिक करियर सुरू गरेकी करिश्मालाई मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन्। काठमाडौंको कार्की ब्याङ्क्वेटमा मानन्धरसँगै पूर्वमन्त्री प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी पनि एमालेमा बिलय भएको छ।  ...
वामपन्थीहरू फेरि मिल्लान् भन्ने चिन्ता कांग्रेसलाई छः शेखर कोइराला 

वामपन्थीहरू फेरि मिल्लान् भन्ने चिन्ता कांग्रेसलाई छः शेखर कोइराला 

राजनीति
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वाम दलहरू फेरि मिल्न सक्ने चिन्ता कांग्रेसलाई भएको बताएका छन्।  Advertisement मंगलबार विराटनगरस्थित कोइराला निवासमा पार्टीको चुनावी गीत सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै नेता कोइरालाले भने, ‘अहिले मेरो देशभरिका कार्यकर्ता साथीहरूसँग कुराकानी भइरहेको छ। सबैको मत गठबन्धन गरेर जानु हुँदैन भन्नेछ। तर, यसो भनिरहँदा २०७४ मा जस्तो एमाले र माओवादीहरू फेरि मिल्लान् कि भन्ने चिन्ता पनि छ।’  पछिल्लो समयमा कांग्रेस एक्लै चुनावमा जानुपर्ने पक्षमा दृढतापूर्वक उभिएका नेता कोइरालाले कांग्रेस एक्लै अघि बढ्दा वामपन्थीहरू फेरि मिल्न सक्ने जोखिम औंल्याएका हुन्।  स्थानीय तहको निर्वाचनमा स्थानीय स्तरबाटै गठबन्धनबारे धारणा बन्नुपर्ने र केन्द्रको हस्तक्षेप हुन नहुने पक्षमा आफू रहेको कोइरालाको भनाइ थियो। ‘यसअघि...
शंकर शर्मा भारतका लागि राजदूत नियुक्त

शंकर शर्मा भारतका लागि राजदूत नियुक्त

राजनीति
राष्ट्रपति विद्यादेवी भण्डारीले डाक्टर शंकर शर्मालाई भारतका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छन्। Advertisement शर्मालाई आइतबार राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। सरकारले शर्मालाई राजदूत सिफारिस गरेको थियो। तीन महिनापछि गत साता भारतले शर्माको एग्रिमो पठाएको थियो। तत्कालीन राजदूत निलाम्बर आचार्यलाई फिर्ता बोलाएपछि केही महिनादेखि नयाँदिल्लीस्थित नेपाली राजदूतावास राजदूतविहीन थियो। संसदीय सुनुवाइबाट अनुमोदन भएपछि गत मंसिर २४ गते परराष्ट्र मन्त्रालयले अमेरिका, बेलायत र भारतका लागि सिफारिस भएका राजदूतहरूको एग्रिमोका लागि पत्र पठाएको थियो। तीमध्ये सबैभन्दा पहिला बेलायतका लागि राजदूत ज्ञानचन्द्र आचार्यको सबैभन्दा पहिला एग्रिमो आएको थियो। अमेरिकाका लागि राजदूत श्रीधर खत्रीको एग्रिमो आएर उनी नियुक्त भइसकेका छन्। ...
बलियो थाइल्यान्डसँग भिड्नुअघि प्रशिक्षक अलमुताइरी भन्छन्- नेपालले जितका लागि खेल्नेछ 

बलियो थाइल्यान्डसँग भिड्नुअघि प्रशिक्षक अलमुताइरी भन्छन्- नेपालले जितका लागि खेल्नेछ 

खेलकुद
आगामी जुनमा हुने एएफसी एसियन कप चीन २०२३ को तेस्रो चरणका लागि नेपाली राष्ट्रिय फुटबल टिमले अहिलेदेखि नै तयारी गरिरहेको छ। Advertisement तयारीका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दुई चरणमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने योजना सार्वजनिक गरेका थिए। सोही योजनाअनुरुप नेपालले माघमा मरिसससँग घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेलेको थियो। दशरथ रंगशालामा भएको दुवै खेलमा नेपालले समान १-० को जित निकालेको थियो। दोस्रो चरणमा नेपालले थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दैछ। आगामी चैत १० मा हुने मैत्रीपूर्ण खेलका लागि नेपाली टिम सोमबार थाइल्यान्ड प्रस्थान गर्दैछ। कप्तान किरणकुमार लिम्बु माल्दिभ्सबाट र डिफेन्डर रोहित चन्द इन्डोनेसियाबाट थाइल्यान्ड पुग्नेछन्।  नेपालले चैत १३ मा थाइल्यान्डको चोन बुरी एएफसीसँग अर्को अभ्यास खेल खेल्नेछ। दुवै खेल...