२०८० चैत्र १६

माथिल्लो तामाकोसी अवलोकन गर्न प्रधानमन्त्री दोलखामा

प्रधानमन्त्री शेरबहादुर देउवा दोलखा पुगेका छन्। उनी शनिबार बिहान हेलिकप्टरमार्फत् दोलखा पुगेका हुन्।


Advertisement


देउवाले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको अवलोकन पनि गर्ने उनको सचिवालयले जनाएको छ।

देउवाले शनिबार नै रामेछाप पुगेर खिम्ती पावर सव-स्टेसनको उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ।   

माथिल्लो तामाकोसी ४५६ मेगावाट क्षमताको हो। नेपाल विद्युत प्राधिकरणका अनुसार खिम्ती सव-स्टेसन २२०/१३२ केभी क्षमताको हो। यो केन्द्रीय विद्युत प्रणालीमा जोडिने दोस्रो ठूलो सव-स्टेसन रहेको प्राधिकरणले जनाएको छ।

Copy link
Powered by Social Snap