२०८१ बैशाख १७

प्रधानमन्त्रीलाई ओलीको व्यङ्ग्य– शेरबहादुरजी सूर्यमा भोट हाल्नुस् 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सूर्यमा भोट हाल्न भन्दै व्यङ्ग्य गरेका छन् ।


Advertisement


शनिबार सम्पर्क समन्वय कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा उनले अब कांग्रेस वृद्धवृद्धाका छेउमासमेत जान नसक्ने दाबी गरे । एमालेले जेष्ठ नागरिकलाई भत्ता बाँडेको भन्दै ६० वर्षमाथिकाहरुले कांग्रेसलाई भोटसमेत नहाल्ने जिकिर गरे ।
 
“तपाईं हामीले सुनेका छौं, ६० वर्ष माथिका नागरिकलाई कम्युनिस्ट सरकार बन्यो भने गोली हानेर मार्छन् भन्थे । अब बुढाबुढीको छेउमा कांग्रेस जाओस् त । बुढो भएर पनि शेरबहादुर देउवा आफैं कांग्रेसमा किन छन्भन्दा उनलाई त्यो चार हजार भत्ता के गर्नु छँदैछ,” उनले भने, “नत्र भने शेरबहादुर देउवा पनि लौरो टेकेर एमालेमा आउँथे । शेरबहादुरजीलाई म भन्न चाहन्छु, कमसेकम जेष्ठ नागरिक भत्ता पाए । लौरो टेकेर भए पनि सूर्य चिह्नमा भोट हाल्नुस् । अरुले नदेख्नेगरी ।”

ओलीले चुनावमा जाँदा कांग्रेस अघिल्लो सरकारको भण्डाफोर गरेर जाने नीति लिएको भन्दै ओलीले पायो त्यही बोल्ने कांग्रेसको पुरानो बानी भएको टिप्पणी गरे । 

Copy link
Powered by Social Snap