२०८३ कार्तिक १३

चुनावी गठबन्धन केन्द्रीय समितिको निर्णयबाट भन्दा विधानअनुसार हुनुपर्छ- शेखर पक्ष

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफूनिकट नेताहरूसँग छलफल गरेका छन्।


Advertisement


चैत ११ मा बस्ने कांग्रेस केन्द्रीय समिति बैठकमा चुनावी गठबन्धनबारे छलफल हुनसक्ने भएकाले त्यसअघि नै समूहको समान धारणा बनाउन बुधबार कोइरालाले आफूनिकटको भेला काठमाडौंमा राखेका थिए।

उक्त भेलामा सहभागी एक नेताका अनुसार चुनावी गठबन्धन गर्ने निर्णय केन्द्रीय समितिबाट पारित गरेर मात्रै हुँदैन भन्ने निष्कर्ष निकालेको छ। 

कांग्रेस विधानअनुसार प्रतिनिधि सभा क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रमा उम्मेदवारका लागि टिकट दिने संसदीय बोर्ड छ।

तल्ला तहमा संसदीय बोर्ड गठन सुरू भए पनि केन्द्रमा बोर्ड बनेको छैन।

पार्टी विधानअनुसार यी चारै संसदीय बोर्ड क्रियाशील बनाएर अरू दलसँग गठबन्धन गर्ने कि नगर्ने निर्णय गर्ने अधिकार उनीहरूलाई नै दिनुपर्छ भन्ने निष्कर्षमा कोइराला पक्ष छ।

कांग्रेसले संसदीय बोर्ड गठन, चुनावी गठबन्धनलगायत विषयमा चैत ११ मा केन्द्रीय समितिमा छलफल गर्दैछ।

साथै कोइराला पक्षका नेताहरूले सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनमा आफूलाई मत नदिएकाहरूसँग परामर्शसमेत नगरी एकलौटी निर्णय गर्न थलेकोमा असन्तुष्टि जनाएका थिए।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap