२०८३ कार्तिक १२

गठबन्धनलाई हरिणको संज्ञा दिँदै ओलीले भने- बाघ देखेपछि कुद्छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धनका दलहरूबीच चुनावी तालमेल भए पनि पार्टीलाई खासै फरक नपर्ने बताएका छन्।


Advertisement


गठबन्धनलाई हरिणको संज्ञा दिँदै ओलीले एमाले बाघ भएको बताए। बाघअगाडि देखेपछि हरिण भाग्ने गरेको उनको टिप्पणी थियो।

‘गठबन्धन उहाँहरूको छनौट होइन बाध्यता हो,’ स्थानीय तह निर्वाचन प्रतिवद्धता पत्र तयारी कार्यशालालाई आज भर्चुअल रूपमा सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘बाघ देख्यो भने हरिण कुद्छ। यो हरिणको कुनै छनोट होइन बाध्यता हो। नत्र बाघले खाइहाल्छ।’

एमालेलाई अगाडि देखेपछि सत्तागठबन्धनले तालमेल गरेको उनले बताए।

‘एमालेलाई अगाडि देखेपछि गठबन्धन गर्नु परेन त?,’ उनले भने, ‘यसले हामीलाई फरक पर्दैन। हाम्रो विजय सुनिश्चित छ। दिनदिनै हजारौं मानिस एमाले प्रवेश गरिरहेका छन्।’

उनले एमाले सरकारले गरेका महत्वपूर्ण काम लिएर जनतामा जान नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिएका थिए। दुविधाविना नै स्थानीय निर्वाचनमा होमिन पनि उनले आग्रह गरेका छन्।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap