२०८३ कार्तिक १२

नुवाकोटका स्थानीयले भेटे प्रधानमन्त्री देउवालाई

नुवाकोटका स्थानीय बासिन्दासहित प्रतिनिधिमण्डलको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेका छन्।


Advertisement


जिल्लाका विकास निर्माणलगायत विषयबारे नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतसहित स्थानीयले आज बालुवाटारमा प्रधानमन्त्रीसँग भेटेर कुराकानी गरेका हुन्।

उनीहरूले ककनी सडक अलपत्र रहेकोले निर्माणका लागि पहल गरिदिन आग्रह गरेका थिए। उक्त बाटो तत्काल पूरा गर्न प्रधानमन्त्रीले सम्बन्धित मन्त्रालय र विभागलाई निर्देशन दिनुपर्ने माग उनीहरूको थियो।

साथै बञ्चरेडाँडाको डम्पिङ साउटको व्यवस्थापन गर्दा स्थानीयको सरोकारलाई ध्यान दिन पनि अनुरोध गरिएको महतले बताए।

उनीहरूले मागसहित ज्ञापन पत्र पनि बुझाएका छन्। जसमा नुवाकोटका विभन्न गाँउपालिकाहरुमा गुठी जग्गा दर्ता नभएर उत्पन्न भएको समस्या समाधन गर्न पनि माग गरिएको छ।

प्रधानमन्त्री देउवाले ज्ञापन पत्रमा उल्लेख गरिएका मागहरु तत्काल पूरा गर्नका लागि सम्बन्धित निकायका प्रमुखहरुलाई बोलाएर तुरुन्त कार्यान्वयन गर्न निर्देशन दिने बताएका थिए।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap