नयाँ दिल्लीमा प्रधानमन्त्री देउवालाई स्वागत गरे रक्षा राज्यमन्त्रीले
प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले स्वागत गरेका छन्।
Advertisement
शुक्रबार दिउँसो नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भट्टले देउवाको स्वागत गरेका हुन्।
प्रधानमन्त्री देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरेका छन्।
प्रधानमन्त्री देउवाले शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। यस्तै उनी सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)को मुख्यालयमा समेत जाने तालिका छ।
तस्बिरहरू:
https://twitter.com/ANI/status/1509831561436295173?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1509831561436295173%7Ctwgr%5Ehb_1_8%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.setopati.com%2F
https://twitter.com/i/status/150983...









