२०८१ बैशाख ८

कोलोम्बोमा परराष्ट्र मन्त्री खड्काले भेटे भारतीय समकक्षी जयशंकरलाई

श्रीलंकामा रहेका परराष्ट्र मन्त्री नारायण खड्का र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको छ। 


Advertisement


परराष्ट्र मन्त्रालयले मंगलबार कोलोम्बोमा दुई मन्त्रीबीच भेट भएको र दुई पक्षीय सम्बन्धका विविध आयामबारे छलफल भएको जनाएको छ। 

खड्का र जयशंकर बिमस्टेकको मन्त्रिस्तरीय बैठकमा सहभागी हुन कोलम्बो पुगेका हुन्।

जयशंकरले मंगलबार ट्वीट गर्दै रामायण सर्किटलाई अघि बढाउने विषयमा ध्यान दिन छलफलसमेत भएको जानकारी दिएका छन्।  

Copy link
Powered by Social Snap