२०८३ बैशाख २६

Author: Senior Editor Nima

अस्ट्रेलियाले सातौं पटक जित्यो महिला क्रिकेट विश्वकपको उपाधि

अस्ट्रेलियाले सातौं पटक जित्यो महिला क्रिकेट विश्वकपको उपाधि

खेलकुद
अस्ट्रेलियाले महिला क्रिकेट विश्वकपको उपाधि जितेको छ। आइतबार न्युजिल्यान्डमा भएको फाइनलमा साविक विजेता इंग्ल्यान्डलाई ७१ रनले पराजित गर्दै अस्ट्रेलिया च्याम्पियन बनेको हो। Advertisement अस्ट्रेलियाले सातौं पटक उपाधि जितेको हो। उसले पछिल्लो पटक सन् २०१३ मा विश्वकपको उपाधि जितेको थियो। आइतबारको फाइनलमा अस्ट्रेलियाले दिएको ३५७ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४३.४ ओभरमा २८५ रनमा अलआउट भयो। इंग्ल्यान्डका लागि नाट सेभरले नटआउट १४८ रन जोडे पनि आफ्नो टिमलाई च्याम्पियन बनाउन भने सकिनन्। बलिङमा अस्ट्रेलियाका एलना किङ र जेस जोनासेनले ३-३ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ५ विकेटको क्षतिमा ३५६ रन जोड्यो। अस्ट्रेलियाका लागि ओपनर एलिसा हेलीले  १७० रन जोडिन्। उनले १३८ बलमा २६ चौका प्रहार गरेकी थिइन्। रिचे...
बजार अनुगमन गर्न ७७ वटै जिल्लाका सिडिओलाई गृहमन्त्री खाणको निर्देशन

बजार अनुगमन गर्न ७७ वटै जिल्लाका सिडिओलाई गृहमन्त्री खाणको निर्देशन

देश, राजनीति
सरकारले पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तु सहज उपलब्ध गराउन सरोकारवाला निकाय र व्यवसायीहरूलाई निर्देशन दिएको छ। Advertisement कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री बालकृष्ण खाणले अत्यावश्यक बस्तुमा मूल्यवृद्धि नगर्न, बिक्री वितरण नरोक्न र पेट्रोलियम पदार्थ सहज उपलब्ध गराउन निर्देशन दिएका हुन्। ‘पेट्रोलियम पदार्थ सहज उपलब्ध गराउन, अत्यावश्यक बस्तुमा मूल्यवृद्धि नगर्न र सहज उपलब्ध गराउन निर्देशन दिनुभएको छ,’ गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने, ‘व्यवसायीका समस्या भएमा सरकार संवादमार्फत् समाधान गर्न तयार रहेको तर समस्या देखाएर अभाव सिर्जना गरिएमा कानुन अनुसार कारबाहीका लागि अगाडि बढ्न सरकार बाध्य हुनेछ।’ खाणले गृहलगायत सरोकारवाला मन्त्रालयका सचिवलाई निर्देशन दिएको र त्यसै अनुरुप गृहले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ...
पेट्रोलियम आपूर्ति सहज बनाउन सरकारको निर्देशन

पेट्रोलियम आपूर्ति सहज बनाउन सरकारको निर्देशन

राजनीति
प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका गृहमन्त्री बालकृष्ण खाणले पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न समस्या तत्काल समाधान गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन्। Advertisement आपूर्ति सचिव डा गणेशप्रसाद पाण्डे, नेपाल आयल निगमका कार्यबाहक महानिर्देशक वीरेन्द्र गोइत र नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका महासचिव विश्व अर्याललाई तत्काल समस्या समाधान गर्न निर्देशन दिएका हुन्। उनले अत्यावश्यक वस्तुमा समस्या देखिए सरकार नचाहँदा-नचाहँदै कठोर हुनुपर्ने अवस्था आउन सक्नेतर्फसमेत सचेत गराएका छन्। व्यवसायीहरूले पेट्रोलियम पदार्थ बेचे-नबेचेको अनुगमन गर्न कार्यबाहक प्रधानमन्त्रीले आफूहरूलाई निर्देशन दिएको र आफूहरूले जिल्ला प्रशासन कार्यालय काठमाडौंको सहयोगमा अनुगमन गरेको निगमका कार्यबाहक महानिर्देशक गोइतले जानकारी दिए। उनका अनुसार कार्यबाहक प्र...
सत्तारूढ गठबन्धन दलले प्रदेश १ मा बनायो निर्वाचन कार्यदल

सत्तारूढ गठबन्धन दलले प्रदेश १ मा बनायो निर्वाचन कार्यदल

राजनीति
आगामी स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने सहमति गरेको वर्तमान सत्ता गठबन्धन दलले प्रदेश १ मा कार्यदल गठन गरेको छ। कार्यदलमा प्रदेश सरकारमा सहभागी लिम्बुवान भने संलग्न छैन।  Advertisement केन्द्रीय गठबन्धनमा रहेका चार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी  र जनता समाजवादी पार्टीले प्रदेशमा गरिने गठबन्धनको मोडलबारे छलफल थाल्न कार्यदल गठन गरेका हुन्। शनिबार इटहरीमा भएको चार दलीय बैठकले कार्यदल गठन गरेर वडातहसम्मै गठबन्धन गर्ने निर्णय गरेको हो। कार्यदलमा सबै दलबाट  दुई-दुई जना प्रदेश पदाधिकारीको प्रतिनिधित्व गराइएको छ।  बैठकले  वडा तहसम्मै निर्वाचन संयन्त्र बनाएर गठबन्धनलाई प्रभावकारी बनाउने र प्रदेश गठबन्धनलाई सहज बनाउन प्रदेशमा कार्यदल बनाएर काम गर्ने निर्णय गरेको प्रदेश कांग्रेसका सभापति उद्धव थापाले ...
महिला जनप्रतिनिधि भन्छन्ः प्रमुख पदमा नेतृत्व गर्न सक्षम छौं

महिला जनप्रतिनिधि भन्छन्ः प्रमुख पदमा नेतृत्व गर्न सक्षम छौं

राजनीति
तनहुँका महिला जनप्रतिनिधिले प्रमुख पदमा नेतृत्व ग्रहण गर्न आफूहरू सक्षम रहेको बताएका छन्। Advertisement वि.सं २०७४ को स्थानीय तहको निर्वाचनदेखि उपप्रमुख, उपाध्यक्ष, वडा सदस्य र कार्यपालिका सदस्यमा निर्वाचित भएका यहाँका जनप्रतिनिधिले अब हुने निर्वाचनमा प्रमुख पदमा नेतृत्व लिन आफूहरू सक्षम रहेको बताएका हुन्।  व्यास नगरपालिकाका उपप्रमुख मीरा जोशीले महिलाहरू पनि प्रमुख पदको नेतृत्व गर्न सक्षम भएको बताए। पाँच वर्षको अनुभवले धेरै कुरा सिकाएको जानकारी दिँदै उनले भनिन्, ‘यो बीचमा अनुभव बटुल्यौं, प्रमुख भएर नगरपालिका चलाउने दृढ इच्छाशक्ति र सङ्कल्प छ। हामी केही कुरामा पनि कम छैनौं।’ ‘नगरप्रमुखको आकाङ्क्षी धेरै हुने गरेकाले महिलाहरू पनि अब नेतृत्वमा आउनुपर्छ’ उपप्रमुख जोशीको भनाइ थियो, ‘सँग-सँगै राजनीति गरेकाहरू प्रदेश सां...
नेपाल लगातार चार खेलमा विजयी, उपाधिका लागि पिएनजीसँग भिड्ने 

नेपाल लगातार चार खेलमा विजयी, उपाधिका लागि पिएनजीसँग भिड्ने 

खेलकुद
टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपाल र पपुवा न्युगिनी (पिएनजी) बीच उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ। Advertisement आज कीर्तिपुरस्थित त्रिवि  मैदानमा भएको लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ८५ रनले पराजित गर्‍यो। यससँगै नेपाल लिग चरणमा सबै चार खेलमै विजयी भयो। मलेसिया पराजित भएसँगै पिएनजी फाइनलमा पुग्न सफल भयो। अब नेपाल र पिएनजीबीचको फाइनल आगामी सोमबार हुनेछ।  शनिबार कीर्तिपुर मैदानमा नेपालले दिएको २२४ रनको लक्ष्य पछ्याएको मलेसिया एक बल खेल्न बाँकी छदा १३८ रनमा अलआउट भयो। मलेसियाका लागि कप्तान अहमद फाइजले सबैभन्दा बढी ३३ रन जोडे। बलिङमा नेपालका कप्तान सन्दीप लामिछानले ३ विकेट लिए। कमलसिंह ऐरी र दीपेन्द्रसिंह ऐरीले २-२ विकेट लिए।  कुशल भर्तेल र रोहित पौडेलले १-१ विकेट लिए।  त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेक...
भारत–नेपाल सम्बन्ध विश्वमै उदाहरणीय छः मोदी

भारत–नेपाल सम्बन्ध विश्वमै उदाहरणीय छः मोदी

राजनीति
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–नेपाल सम्बन्ध विश्वमै अनुपम उदाहरणका रूपमा विकास भइरहेको बताएका छन्। Advertisement दुवै देशका प्रधानमन्त्रीले नेतृत्व गरेको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तापछि आयोजित पत्रकार सम्मेलनलाई नयाँदिल्लीस्थित हैदरावाद हाउसमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारत र नेपालको मैत्री, दुई देशका जनताबीचको सम्बन्ध एउटा अनुपम उदाहरणका रूपमा रहेको र त्यस्तो सम्बन्ध विश्वका अन्य कुनै पनि देशमा नदेखिएको बताएका हुन्। भारत र नेपालको सभ्यता, संस्कृति र पारस्परिक सम्बन्ध आदानप्रदानको डोरी प्राचीनकालदेखि जोडिएको बताउँदै उनले भने, ‘अनादिकालदेखि हामी एकअर्काका सुखदुःखका साथी हौं।’ प्रधानमन्त्री मोदीले नवरात्र प्रारम्भ भएको पवित्र दिन नेपालका प्रधानमन्त्रीलाई नयाँदिल्लीमा स्वागत गर्न पाउँदा आफूलाई खुसी लागेको बताउँदै नेपा...
नेपाल र भारतबीच चार सम्झौता/समझदारीमा हस्ताक्षर

नेपाल र भारतबीच चार सम्झौता/समझदारीमा हस्ताक्षर

राजनीति
नेपाल र भारतबीच ऊर्जा र रेलवेमा सहकार्य गर्नेबारे चार वटा सम्झौता भएका छन्। Advertisement भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको भेटपछि दुबै देशका अधिकारीहरूले ती समझदारी/सम्झौतामा हस्ताक्षर गरेका हुन्।  इन्टरनेसनल सोलार एलाइन्समा नेपालको प्रवेशसम्बन्धी समझदारी, भारतीय आयल निगम र नेपाल आयल निगमबीच पेट्रोलियम पदार्थ आपूर्तिमा सम्झौता,  भारतीय आयल निगम र नेपाल आयल निगमबीच प्राविधिक सहयोग सम्झौतामा हस्ताक्षर भएको छ। त्यस्तै सीमापार रेलसम्बन्धी प्राविधिक सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। आजै प्रधानमन्त्री देउवा र मोदीले जयनगर-जनकपुर रेलको उद्घाटन गरेका थिए। ...
विराटनगर विमानस्थलको चाँडै स्तरोन्नति गरिनेछ: मन्त्री आले

विराटनगर विमानस्थलको चाँडै स्तरोन्नति गरिनेछ: मन्त्री आले

राजनीति
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विराटनगर विमानस्थलको स्तरोन्नति चाँडै गरिने बताएका छन्। Advertisement विराटनगर विमानस्थलको आज अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री आलेले स्तरोन्नतिलगायत भौतिक संरचना निर्माणको काम चाँडै गरिने बताए। उनले भने, ‘विराटनगर विमानस्थलको स्तरोन्नतिका लागि बजेट विनियोजन भइसकेको छ, भौतिक संरचनालगायत काम चाँडै गरिने छ।’ मन्त्री आलेले विमानस्थल स्तरोन्नतिका लागि रकम अपुग भए आगामी आर्थिक वर्षको बजेटमा विनियोजन गर्ने जानकारी दिए। विराटनगरबाट अन्य क्षेत्रमा हवाई सेवा सञ्चालन गर्न पहल भइरहेको उनले बताए। क्षेत्रीयस्तरको विमानस्थल निर्माण गर्न जग्गा अधिग्रहणका लागि रु १७ करोड आवश्यक पर्ने मन्त्री आलेले उल्लेख गरे।   उनले भने, ‘विराटनगर क्षेत्रीय स्तरको विमानस्थल बनाउन आवश्यक छ।’ वि...
जोमसोममा जेठ पहिलो साता अन्तर्राष्ट्रिय हाई अल्टिच्यूट ट्राइ एड्भेञ्चर

जोमसोममा जेठ पहिलो साता अन्तर्राष्ट्रिय हाई अल्टिच्यूट ट्राइ एड्भेञ्चर

खेलकुद
मुस्ताङको जोमसोममा ‘प्रधानसेनापति प्रथम अन्तर्राष्ट्रिय हाई अल्टिच्यूट ट्राइ एड्भेञ्चर कम्पिटिसन’ हुने भएको छ । आगामी जेठ ७ गते हुने प्रतियोगितामा स्वदेशका १५ र विदेशी १० टिमको सहभागिता रहने छ।  Advertisement प्रतियोगिताका बारेमा जानकारी दिन नेपाली सेना, सैनिक शारीरिक तालिम तथा खेलकूद  केन्द्रद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा दौड, साइक्लिनिङ र आरोहण विधा समावेश गरिएको जानकारी दिइयो। पुरुष र महिला विधाका लागि बेग्ला–बेग्लै आयोजना हुने प्रतियोगितामा सहभागी टिमले १०० मिटर आरोहण, ४.७५ दौड र १५.३५ साइक्लिनिङ दूरी पूरा गर्नुपर्ने छ । अन्तर्राष्ट्रिय प्रतियोगीकारुपमा भारत, पाकिस्तान, श्रीलङ्का, बेलायत,  बङ्गलादेश, अमेरिका, माल्दिभ्स, दक्षिण कोरिया, चीन र इजरायलका सैनिक टोलीले भाग लिने सेनानी राजीव चन्दले जानकारी दिए। प्रति...