२०८३ कार्तिक १४

सत्तारूढ गठबन्धन दलले प्रदेश १ मा बनायो निर्वाचन कार्यदल

आगामी स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने सहमति गरेको वर्तमान सत्ता गठबन्धन दलले प्रदेश १ मा कार्यदल गठन गरेको छ। कार्यदलमा प्रदेश सरकारमा सहभागी लिम्बुवान भने संलग्न छैन। 


Advertisement


केन्द्रीय गठबन्धनमा रहेका चार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी  र जनता समाजवादी पार्टीले प्रदेशमा गरिने गठबन्धनको मोडलबारे छलफल थाल्न कार्यदल गठन गरेका हुन्।

शनिबार इटहरीमा भएको चार दलीय बैठकले कार्यदल गठन गरेर वडातहसम्मै गठबन्धन गर्ने निर्णय गरेको हो। कार्यदलमा सबै दलबाट  दुई-दुई जना प्रदेश पदाधिकारीको प्रतिनिधित्व गराइएको छ। 

बैठकले  वडा तहसम्मै निर्वाचन संयन्त्र बनाएर गठबन्धनलाई प्रभावकारी बनाउने र प्रदेश गठबन्धनलाई सहज बनाउन प्रदेशमा कार्यदल बनाएर काम गर्ने निर्णय गरेको प्रदेश कांग्रेसका सभापति उद्धव थापाले जानकारी दिए।  

बैठकले सबै जिल्लामा सम्मानजनक गठबन्धन गर्ने, अन्य दलहरूसँग पनि गठबन्धनका लागि आह्वान र वार्ता गर्ने निर्णय गरेको छ। 

शनिबार गठित कार्यदलमा कांग्रेसबाट प्रदेश सभापति उद्धव थापा र महामन्त्री उमेश थापा, नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ र उपाध्यक्ष शिवकुमार डाँगी, एकीकृत समाजवादीका प्रदेश अध्यक्ष बलदेव चौधरी र उपाध्यक्ष धर्म निरौला तथा जनता समाजवादी पार्टीका प्रदेश अध्यक्ष प्रविण चाम्लिङ र उपाध्यक्ष उमेश थापा छन्।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap