२०८३ कार्तिक १३

भरतपुर महानगर नभई हुन्न भनेको छैन, काठमाडौं वा विराटनगर भए पनि हुन्छ: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले भरतपुर महानगर नभई हुन्न नभनेको बताएका छन्।


Advertisement


छ महानगरमध्ये माओवादीले कम्तिमा एक महानगर पाउनुपर्ने उनले बताए।

‘भरतपुर नभई भएन भनेको छैन। रेनु नभई भएन भन्ने अडान होइन,’ पेरिसडाँडामा आज पत्रकार सम्मेलनमा उनले भने, ‘छ वटा महानगरमा एउटा माओवादीलाई पर्ला। काठमाडौं वा विराटनगर भए पनि हुन्छ।’

तर भरतपुरमा ०७४ मा रेनु दाहालले जितेकोले त्यहाँ सजिलो हुने कुरा मात्रै माओवादीले राख्ने गरेको उनले बताए।

‘जहाँ सजिलो हुन्छ त्यही लिने भनेको हो,’ उनले भने, ‘मोटामोटी सहमति पनि भएको छ। भरतपुर दिन मोटामोटी सहमति गठबन्धनमा छ। कांग्रेसका केही नेताले मानेका छैनन् तर औपचारिक निर्णय भएपछि यस्ता विरोधले तात्विक फरक पर्दैन।’


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap