२०८३ बैशाख २६

Author: Senior Editor Nima

बालुवाटारमा सत्तागठबन्धन बैठक, उपमहानगर भागबन्डा टुंग्याउने तयारी

बालुवाटारमा सत्तागठबन्धन बैठक, उपमहानगर भागबन्डा टुंग्याउने तयारी

राजनीति
सत्तारूढ गठबन्धनको बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको छ। Advertisement आज मध्यान्हदेखि प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताहरू छलफलमा जुटेको प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले जनाएको छ। आजको बैठकमा ११ उपमहानगर भागबन्डा गर्ने तयारी छ। गए राति अबेरसम्म पनि गठबन्धन बैठक बालुवाटारमा बसेको थियो तर सहमतिमा पुग्न सकेको थिएन। जनकपुर उपमहानगरमा कांग्रेस र जसपाले दाबी गरेका छन्। अन्यत्र भने लगभग भागबन्डा मिलेको स्रोतको दाबी छ। ११ उपमहानगरमध्ये कांग्रेसले धनगढी, नेपालगञ्ज, तुलसीपुर, बुटवल, कलैया, इटहरी र धरान उपमहानगर पाउने गरी छलफल भएको छ। नेकपा माओवादी केन्द्रले घोराही र जितपुर-सिमरा पाउनेबारे छलफल भएको थियो भने नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगर पाउने भएको छ। छ महानगरको भागबन्डा भने मिलिसकेको छ...
गणेशमान सिंह बक्सिङ आजबाट

गणेशमान सिंह बक्सिङ आजबाट

खेलकुद
काठमाडौं । गणेशमान सिंहको स्मृतिमा आयोजना गरिन लागिएको गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता मंगलबारदेखि काठमाडौंमा सुरु हुने भएको छ ।  Advertisement वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली गरी १० टिमले प्रतिस्पर्धा गर्नेछ । काठमाडौंको बसन्तपुर डबलीमा शनिबारसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिता संयोजक राजीव श्रेष्ठले बताए ।  ‘‘सम्पूर्ण तयारी पूरा भइसकेको छ । सातै प्रदेशका खेलाडी, प्रशिक्षक र टिम व्यवस्थापक काठमाडौं आइसकेका छन्,’’ श्रेष्ठले भने । प्रतियोगितामा पुरुषतर्फ ४८, ५७, ६३, ६९, ७५, ८१, ९१ किलो गरी सातवटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी महिलातर्फ ४८, ५४—५७, ६०, ६४—६९, ६९—७५ किलो गरी पाँचवटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रति...
सत्ता गठबन्धन बैठक बस्दै, आज सहमति जुटाउने दाबी

सत्ता गठबन्धन बैठक बस्दै, आज सहमति जुटाउने दाबी

राजनीति
काठमाडौं । स्थानीय निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा टुङ्गो लगाउन सत्ता गठबन्धन बैठक आज पनि बस्दै छ । सोमबार बसेको बैठक निष्कर्षविहीन बनेपछि गठबन्धनका शीर्ष नेताहरु आज बिहान साढे ११ बजे छलफलमा जुट्न लागेका हुन् ।  Advertisement सत्तारूढ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) नेपाल, र राष्ट्रिय जनमोर्चाबीच महानगरपालिका र उपमहानगरपालिकाको टुङ्गो लगाउन सोमबार दिनभरको प्रयास असफल भएको थियो । तर, धेरै ठाउँमा सहमति नजिक पुगेको कांग्रेस नेतासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दाबी गरेका छन् ।  उनले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाका वडासमेतको वस्तुगत स्थितिको बारेमा बैठकमा छलफल भएको र मंगलबार त्यसलाई अन्तिम रूप दिने सहमति गरिएको बताए ।...
आइपिएलः चहल र बटलरको उत्कृष्ट प्रदर्शनमा राजस्थानको रोमान्चक जित

आइपिएलः चहल र बटलरको उत्कृष्ट प्रदर्शनमा राजस्थानको रोमान्चक जित

खेलकुद
युजभेन्द्र चहलको ह्याट्रिक र जस बटलरको शतकमा भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्समाथि ७ रनको रोमान्चक जित हात निकालेको छ। Advertisement २ सय १८ रनको विशाल लक्ष्य पछ्याएको कोलकाता १९.४ ओभरमा अलआउट हुँदै २ सय १० रन मात्र बनाउन सक्यो। कोलकाताका लागि कप्तान श्रेयस ऐरले सर्वाधिक ८५ रन बनाए। चहलको बलमा एलबिडब्लुको धरापमा पर्नुअघि उनले ५१ बल खेल्दै ७ चौका र ४ छक्का प्रहार गरेका थिए। यस्तै ओपनर आरोन फिन्चले २८ बलमा ९ चौका र २ छक्कासहित ५८ रन जोडेका थिए। दोस्रो विकेटका लागि फिन्च र श्रेयस ऐरले ९ ओभरमा १ सय ७ रनको साझेदारी गरे। उमेश यादवले २१ र नितिश रानाले १८ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। कोलकातालाई जितको लागि अन्तिम ६ बलमा ११ रन चाहिँएको थियो। क्रिजमा थिए- ८ बलमा २१ रन बनाएक...
सत्तागठबन्धन बैठक बस्दै, पोखरा कसले लिने भन्नेमा विवाद

सत्तागठबन्धन बैठक बस्दै, पोखरा कसले लिने भन्नेमा विवाद

राजनीति
बालुवाटारमा आज पनि सत्तागठबन्धन बैठक बस्ने भएको छ। Advertisement छ महानगरपालिका र ११ उपमहानगरपालिका कहाँ कसले लिने भन्ने भागबन्डा टुंग्याउन आज बिहान ११:३० बजे बालुवाटारमा शीर्ष नेताहरूसहित बैठक बस्न लागेको हो। प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तागठबन्धनमा रहेका दलका अध्यक्षहरू र शीर्ष नेताहरू छलफलमा जुट्न लागेका हुन्। सोमबार पनि शीर्ष नेताहरूको बैठक बिहानदेखि साँझसम्म बसेको थियो। छ महानगरको भागबन्डा करिब टुंगिएको छ। पोखरा महानगर कसले लिने भन्नेमा विवाद देखा परेको छ। पोखरामा नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसले दाबी छाडेका छैनन्। कांग्रेसलाई काठमाडौं, ललितपुर र विराटनगर लिएर अरू तीन महानगर तीन दललाई छाड्न प्रस्ताव भएको छ। जसपालाई वीरगञ्ज, एकीकृत समाजवादीलाई पोखरा र माओवादी केन्द्रलाई भरतपुर महानगर छोड्न प्रस्ताव गठबन्धनभित्र भए...
बार्सिलोना, रेलिगेशन जोनको कार्डिजसँग स्तब्ध

बार्सिलोना, रेलिगेशन जोनको कार्डिजसँग स्तब्ध

खेलकुद
उपाधि होडमा रहेको बार्सलोना स्पेनिस ला लिगा फुटबलमा रेलिगेशन जोनको कार्डिजसँग स्तब्ध भएको छ। Advertisement गएराति भएको खेलमा कार्डिजले बार्सिलोनालाई १–० गोल अन्तरमा हराएको हो। घरेलु मैदानमा पहिलो हाफ गोलरहित बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफको सुरूमै गोल खाएको थियो। खेलको ४८ औं मिनेटमा लुकास पेरेजले गोल गर्दै कार्डिजलाई सुरूआती अग्रता दिलाए।  खेलमा ७५ प्रतिशत बल पोजिशन राखे पनि बार्सिलोनाले गोल गर्न नसकेपछि खेलमा फर्कन सकेन। १-० को अग्रता अन्तिमसम्म राख्न सफल कार्डिज रेलिगेशन जोनबाट बाहिर निस्कदा शीर्ष स्थानको सिटीसँग अंक दूरी छोट्याउने बार्सिलोनाको मौका गुमेको छ। ला लागिमा बार्सिलोना  ६० अंकसहित दोस्रो स्थानमा रहँदा शीर्ष स्थानमा रहेको रियल मड्रिडको ७५ अंक छ। यस्तै तेस्रो र चौथो स्थानमा रहेका सेभिल्ला र एथ्लेटिको म्या...
निर्वाचन रोक्ने षड्यन्त्र भएको छ, हामी निस्तेज पार्छौं: एमाले

निर्वाचन रोक्ने षड्यन्त्र भएको छ, हामी निस्तेज पार्छौं: एमाले

राजनीति
नेकपा एमालेले सरकारले स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र गरेको आरोप लगाएको छ। Advertisement सोमबार राती एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सम्पन्न एमाले सचिवालय बैठकले सरकारले निर्वाचन सार्ने षड्यन्त्र गरेको आभाष भएको भन्दै त्यसको कडा प्रतिवाद गर्ने निष्कर्ष निकालेको हो। निर्वाचन रोक्ने षड्यन्त्र निस्तेज पारिने एमाले प्रचारप्रसार विभाग प्रमुख एवम् उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। कुनै अलमलमा नपरी निर्वाचनको तयारीमा जुट्न जिल्ला, पालिका र वडा कमिटीलाई निर्देशन दिइएको पनि गुरुङले बताए। त्यस्तै एमालेले उम्मेदवारको सूचीमा रहेकाहरूलाई प्रदेशसभा र संघको बन्दसूचीबाट हटाउने निर्णय समेत गरेको छ। ती नाम हटाउन निर्वाचन आयोगलाई पत्र लेख्ने उनले बताए।  एमालेले एक सय ७३ सदस्यीय सल्लाहकार परिषदमा एक सय पाँच जना थपेर...
तेक्वान्दोको विश्व पुम्से च्याम्पियनसिपमा नेपालका पाँच खेलाडी भिड्ने

तेक्वान्दोको विश्व पुम्से च्याम्पियनसिपमा नेपालका पाँच खेलाडी भिड्ने

खेलकुद
यही अप्रिल २१ देखि २४ तारिखसम्म दक्षिण कोरियाको गोयाङ सहरमा आयोजना हुने विश्व पुम्से च्याम्पियनसिपमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। च्याम्पियनसिपमा पुरुष ५० वर्षमुनिको समूहमा रोशन खान, ४० वर्षमुनि समूहमा कमल श्रेष्ठ, ३० वर्षमुनिको समूहमा प्रेमबहादुर लिम्बू र पार्वती गुरुङ तथा जुनियरको १७ वर्षमुनिको समूहमा अब्बास अन्सारीले प्रतिस्पर्धा गर्ने छन्। च्याम्पियनसिपमा सहभागी हुन लागेका कमल र पार्वती १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता हुन्। च्याम्पियनसिपमा स्वर्ण जितेमा एक लाख ५० हजार, रजत पदक जितेमा एक लाख र कांस्य पदक जितेमा ५० हजार नगद पुरस्कार प्रदान गरिने बताइएको छ। च्याम्पियनसिपमा नेपाली निर्णायक नोर्बु लामाले निर्णायकको भूमिका निर्वाह गर्दैछन्।  तेक्वान्दोका सहायक प्रशिक्षक नोर्बुले पुम्से विधामा निर्णायकको भूमिका ...
पोखराको उपमेयरमा प्रचण्डकी बुहारी सिफारिस 

पोखराको उपमेयरमा प्रचण्डकी बुहारी सिफारिस 

राजनीति
नेकपा माओवादी केन्द्रले पोखरा महानगरको उपमेयरमा सिर्जना त्रिपाठीलाई उपमेयरमा सिफारिस गरेको छ। महानगर कमिटीको सोमबार बिहान बसेको बैठकले मेयर र उपमेयर सिफारिस गर्दा  त्रिपाठी उपमेयरमा सिफारिस भएकी हुन्।  Advertisement उनी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी पनि हुन्। अध्यक्ष प्रचण्डका दिवंगत छोरा प्रकाश दाहालले त्रिपाठीसँग विवाह गरेका थिए।उनीहरूका एक छोरा पनि छन्। त्रिपाठीपछि प्रकाशले बिना मगरसँग विवाह गरेका थिए। प्रकाशको मृत्युपछि त्रिपाठी पोखराको राजनीतिमा क्रियाशील छिन्।  महानगर समितिको बैठकले मेयरमा प्रदेश कमिटी सदस्य विश्वप्रकाश लामिछाने, सीता खड्का र जिल्ला संयोजक बखानसिंह गुरूङलाई सिफारिस गरेको छ।  यस्तै,उपमेयरमा प्रदेश कमिटी सदस्यसमेत रहेकी त्रिपाठीसहित गोमा ढकाल र महानगर सदस्य सूर्यप्रकाश तिवारी ...
चेन्नईको पाँचौ हार, शीर्ष स्थानमा गुजरातको अग्रता

चेन्नईको पाँचौ हार, शीर्ष स्थानमा गुजरातको अग्रता

खेलकुद
आइपिएल २०२२ मा चेन्नई सुपरकिंग्स पाँचौ खेलमा पराजित भएको छ। Advertisement आइतबार राति भएको खेलमा चेन्नईलाई गुजरात टाइटन्सले ३ विकेटले पराजित गर्‍यो। चेन्नईले दिएको १७० रनको लक्ष्य गुजरातले १ बल खेल्न बाँकी छदा ३ विकेटको क्षतिमा पार गर्‍यो। उसका लागि डेभिड मिल्लरले नटआउट ९४ रन जोडे। उनले ५१ बलमा ८ चौका र ६ छक्का हिर्काए। कप्तान रासिद खानले २१ बलमा ४० रनको योगदान दिए। बलिङमा चेन्नईका ड्वायन ब्राभोले ३ विकेट लिएका थिए। त्यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले ५ विकेटको क्षतिमा १६९ रन जोड्यो। चेन्नईका लागि ऋतुराज गायकवाड ७३ रन जोडे भने आम्बाती रायदुले ४६ रन तथा कप्तान रविन्द्र जडेजाले १२ बलमा नटआउट २२ रन जोडे। बलिङमा गुजरातका अल्जारी जोसेफले २ विकेट लिए। जितसँगै अंक तालिकाकी शीर्ष स्थानमा रहेको गुजरातले ६ खेलबाट १० अंक जोडेको ...