२०८१ जेष्ठ ५

बाइडेनको निमन्त्रणामा प्रधानमन्त्री देउवा जेठ २८ मा अमेरिका जाँदै 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका भ्रमणमा जाने भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनको निमन्त्रणामा भ्रमणमा जान लागेका हुन् ।


Advertisement


अहिलेसम्म औपचारिक निर्णय भइनसकेको भए पनि यही जेठ २८ गतेदेखि भ्रमण हुने तयारी छ । दुवै तर्फबाट भ्रमणका एजेन्डाका विषयमा काम भइरहेको छ ।

बालुवाटार स्रोतले प्रधानमन्त्रीको भ्रमण तयारीबारे पुष्टि गर्दै मिति भने निश्चित नभइसकेको बतायो । परराष्ट्र मन्त्रालयमा पनि भ्रमणका एजेन्डाका विषयमा तयारी भइरहेको छ ।

प्रधानमन्त्रीकै रूपमा देउवाले ०५९ वैशाख २३–२८ मा अमेरिकाको औपचारिक भ्रमण गरेका थिए । त्यसयता नेपालबाट उच्चस्तरको अमेरिका भ्रमण भएको छैन । अहिले नेपाल–अमेरिका मैत्री सम्बन्धको ७५औँ वर्षगाँठका अवसरमा उनले अमेरिकाको भ्रमण गर्न लागेका हु्न् ।

Copy link
Powered by Social Snap