२०८१ जेष्ठ ४

प्रचण्डलाई रामचन्द्र पौडेलको जवाफ– हामी हार्न तयार छौँ

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ फर्काएका छन् । बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत उनले प्रचण्डलाई जवाफ फर्काएका हुन् । 


Advertisement


माओवादी अध्यक्ष प्रचण्डले बुधबारनै काठमाडौंमा भएको कार्यक्रममा एमालेलाई जस्तै कांग्रेसलाई पनि ठेगान लगाउने दिन नआओस्, कांग्रेस नेताहरुले धेरै दम्भ नदेखाउन् भन्दै धम्काएका थिए । 

उनले स्थानीय तहमा धेरै ठाउँ जितेपछि कांग्रेस नेताहरूमा ओलीको जस्तो दम्भ आए जोखिम हुने पनि बताएका थिए । 

जवाफमा पौडेलले इतिहासमा कांग्रेसले धेरै हार व्यहोरेर पनि देश र जनता बचाउने काम गरेको लेखेका छन् । उनले कांग्रेस हार व्यहोर्न तयार भएपनि जनताको पक्षमा लड्न नछाड्ने भन्दै लेखेका छन् । “ इतिहासमा कांग्रेसले धेरै हार व्यहोरेर पनि देश र जनता बचाउने काम गरेको छ । त्यसैले हामी हार व्यहोर्न तयार छौं तर राष्ट्र , जनता र न्यायको पक्षमा लड्न छाड्ने छैनौं !,” पौडेलले भनेका छन् ।
 

Copy link
Powered by Social Snap