२०८३ कार्तिक १२

नेकपा एसको निर्णय– बजेट पारितलगत्तै मन्त्री फिर्ता बोलाउने, नयाँ पठाउने 




काठमाडौं । नेकपा एकीकृत समाजवादीले बजेट पारित गरेलगत्तै नयाँ मन्त्री सरकारमा पठाउने निर्णय गरेको छ । सो पार्टीको दुईदिनसम्म बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।



Advertisement



पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले निर्णय सुनाउँदै यस्तो जानकारी दिएका हुन् ।

“यसअघि सचिवालयले गरेको निर्णय अनुमोदन गरेका छौं,” उनले भने, “बजेट प्रक्रिया सकिनासाथ नयाँ मन्त्री पठाउनेछौं ।”

त्यसैगरी नेकपा एसले पार्टीको पोलिट्ब्युरो, केन्द्रीय र केन्द्रीय परिषद बैठक बोलाएको छ ।

बैठकले राष्ट्रिय हितविपरीतका कुनै पनि सम्झौता गर्न नहुने निष्कर्ष निकाल्दै गठबन्धन अर्को निर्वाचनसम्म कायमै राख्ने निर्णय गरेको छ ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap