२०८१ बैशाख २३

सांसदले प्रधानमन्त्री खोजेको खोज्यै, देउवा एनआरएनएको कार्यक्रममा व्यस्त 




काठमाडौं । प्रतिनिधिसभाको बैठकमा बिहीबार रक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रपति र उपपराष्ट्रपतिको कार्यालयका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले जवाफ दिने कार्यक्रम थियो ।



Advertisement



तर, प्रधानमन्त्री देउवा संसद् बैठकमा उपस्थित भएनन् । संसद् बैठक जारी रहँदा उनी काठमाडौंमा गैरआवासीय नेपाली संघ (एनआरएनए)को कार्यक्रममा सहभागी भए ।

देउवा बैठकमा नआएपछि उनको प्रतिनिधित्व गर्दै गृहमन्त्री बालकृष्ण खाँण र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले छलफलका क्रममा उठाइएका जिज्ञासाको जवाफ दिए ।

बैठकमा सांसदहरूले प्रधानमन्त्री किन उपस्थित नभएको भन्दै प्रश्न उठाए । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद भीम रावलले प्रधानमन्त्री बिरामी भएको भए कुन अस्पताल भर्ना भएको हो, जानकारी दिन माग गरे ।

“नेपालमै हुनुहुन्छ कि विदेशमा गइसक्नुभयो वा विदेश जानलाई राजदूतसँग छलफलमा हुनुहुन्छ,” उनले भने, “जवाफ दिन पनि संसद् उपस्थित नभएर हुन्छ र ? बिरामी भएको हो भने कुन हस्पिटलमा हुनुहुन्छ, स्पष्ट पार्न माग गर्दछु ।”

नेमकिपाका सांसद प्रेम सुवालले पनि नजिकै बालुवाटारबाट संसद् भवन प्रधानमन्त्री किन आउन नसकेको भन्दै प्रश्न गरे । उनले सरकारमा पुग्दैमा सबै विज्ञ नहुने भन्दै संसद् रोकेर प्रधानमन्त्रीलाई जवाफ दिन बोलाउनुपर्ने माग गरे ।

Copy link
Powered by Social Snap