२०८१ जेष्ठ ५

स्वास्थ्यमन्त्री खतिवडालाई योगेशको कटाक्ष- यो संसद् बैठक हो, कुस्ती खेल्ने मैदान हैन 




काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई संसद् बैठकमा मर्यादित भएर जवाफ दिन आग्रह गरेका छन् । 



Advertisement



बुधबारको प्रतिनिधिसभाको बैठकमा स्वास्थ्यमन्त्रीलाई प्रश्न सोध्दै उनले मर्यादाको भाषा अपेक्षा गरेको “उहाँ संसद्को पुरानो सदस्य पनि हो । मैले उहाँबाट मर्यादा र शिष्ट भाषाको अपेक्षा गरेको थिएँ । उहाँले ठिक विपरीत संसद्लाई कुस्ती खेल्ने ठाउँ सम्झेर जवाफ दिनुभएको छ । म स्वास्थ्यमन्त्रीज्यूको धानाकर्षण गराउँछु,” उनले भने,“यो प्रतिनिधि सभा हो कुस्ती खेल्ने ठाउँ होइन । तपाईं क्विन्टल हुनुहुन्छ होला किलोवाला सांसद तपाईंसँग झगडा गर्न चाहेका हैनन् , जवाफ चाहेका हुन् ।” 

उनले बजेट वक्तव्यबाट स्वास्थ्य बिमा निजी कम्पनीलाई गर्न दिने प्रावधान हट्यो कि हटेन भन्दै जवाफ माग गरे ।

Copy link
Powered by Social Snap