२०८१ बैशाख १३

बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते स्थानीय चुनाव हुने




बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते स्थानीय चुनाव हुने भएको छ।



Advertisement



प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले सेतोपाटीलाई दिएको जानकारीअनुसार असार २३ मा स्थानीय चुनाव गर्ने सर्वदलीय सहमति भएको छ।

‘आज बसेको सर्वदलीय बैठकले असार २३ गते बिहीबार पुन: निर्वाचन गर्ने सहमति भएको छ,’ उनले भने।

सर्वदलीय सहमतिको निर्णयअनुसार निर्वाचन अधिकृत कार्यालयले आधिकारिक रूपमा आजै निर्वाचनको मिति तोक्नेछ।

यहाँ वैशाख ३० मा स्थानीय चुनाव भए पनि ‘बुथ कब्जा’ भएको भन्दै निर्वाचन आयोगले पुन: निर्वाचनको घोषणा गरेको थियो। 

यहाँ मेयर पदमा नेपाली कांग्रेसका रंगबहादुर खाती र नेकपा एमालेका रामबहादुर बानियाँ उम्मेदवार थिए। उपप्रमुखमा भने एमालेकी मायाकुमारी खड्का र कांग्रेसकी रिता शाही शाह उम्मेदवार थिए।

दलहरूबीच सहमति नहुँदा निर्वाचन मिति तय हुन सकेको थिएन।

Copy link
Powered by Social Snap