२०८३ बैशाख २१

Author: Raunak

बाघको आक्रमणबाट दुई युवकको मृत्यु : बर्दिया

बाघको आक्रमणबाट दुई युवकको मृत्यु : बर्दिया

देश, समाचार, सामाजिक
११ कात्तिक, बर्दिया । मधुवन नगरपालिका वडा नं ३ मा बाघको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । घटनामा मधुवन– ३ बस्ने २७ वर्षीय दिनेश थारु र २६ वर्षीय रमेश चौधरीको मृत्यु भएको हो । Advertisement धनौराको बेलझुण्डी सामुदायिक वनमा थारु बाख्रा चराउन गएको र उनी घर नफर्किएपछि खोज्दै जाँदा चौधरीलाई समेत बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए । Credit: OnlineKhabar ...
थप दुई कोरोना सङ्क्रमितको मृत्यु :चितवन

थप दुई कोरोना सङ्क्रमितको मृत्यु :चितवन

देश, समाचार, सामाजिक, स्वास्थ्य
चितवनमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । गोरखा बारपाक सुलिकोट गाँउपालिका १ का १९ वर्षीय युवतीको आज दिउँसो मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए। यही कातिक ६ गते श्वासप्रश्वासमा समस्या भई उनी अस्पतालको कोभिड आइसियूमा भर्ना भएकी थिइन् ।  Advertisement उनलाई कातिक ५ गते कोरोना पुष्टि भएको थियो । यस्तै भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका–२१ का ५६ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका पौडेलले जानकारी दिए ।  यही कातिक ५ गते श्वासप्रश्वासमा समस्या भई ती पुरुष अस्पताल भर्ना भएका थिए । उनलाई कातिक ८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । ती पुरुषले लामो समयदेखि मुटु र मिर्गौला रोगको उपचार गराइरहेका थिए ।   साभार: रातोपाटी ...
२४ घण्टामा २७२५ पीसीआर परीक्षण, ५७० मा संक्रमण पुष्टि

२४ घण्टामा २७२५ पीसीआर परीक्षण, ५७० मा संक्रमण पुष्टि

देश, समाचार, सामाजिक, स्वास्थ्य
देशभर कोरोनाभाइरस संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ।  संक्रमितमध्ये हालसम्म १ लाख १८ हजार ८४३ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जानकारी दिएको छ ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७२५ जनाको पीसीआर परीक्षण भएको छ भने त्यसमा ५७० जना पोजेटिभ भेटिएका छन् ।  Advertisement संक्रमितमा २११ जना महिला र ३५९ जना पुरुष रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा देशभर ३१६८ जना निको भएका छन् भने १४ जनाको मृत्यु भएको छ ।  यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८७६ पुगेको छ । यस्तै सक्रिय संक्रमित ४० हजार ६३१ जना रहेका छन् । सोमबार विजयादशमी रहेको र धेरैजसो ल्याबहरु बन्द रहेकाले पीसीआर घटेको हो ।  साभार: रातोपाटी ...
मुकेश चौरसिया मृत्यु प्रकरण : किटानी जाहेरी दर्ताका लागि पाँचौँ दिन पनि आन्दोलन

मुकेश चौरसिया मृत्यु प्रकरण : किटानी जाहेरी दर्ताका लागि पाँचौँ दिन पनि आन्दोलन

देश, समाचार, सामाजिक
नेकपा पर्साका जिल्ला सदस्य तथा बिन्दवासिनी गाउँपालिका सचिव मुकेश चौरसियाको मृत्यु भएको पाँच दिन बित्दा पनि आफन्तले शव बुझ्न अस्वीकार गर्दै आएका छन् । उनको शव पाँच दिनदेखि वीरगञ्जस्थित नारायणी अस्पतालमै राखिएको छ । नेकपा पर्साले मुख्य योजनाकार सहित हत्या आरोपीलाई कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा किटानी जाहेरी दर्ता गर्न खोज्दासमेत बेवास्ता गरेपछि स्तानीयस्तरमा पर्साका प्रहरी उपरीक्षक गंगा पन्त र सरकारविरुद्ध आन्दोलन भइरहेको छ । मृतक चौरसियाका परिवारजनले जिल्ला प्रहरी कार्यालय पर्सामा किटानी जाहेरी दर्ता गराउन खोज्दा प्रहरीले बेवास्ता गरेको नेकपा पर्साको आरोप छ । शुक्रबारदेखि नै जिल्ला प्रहरी कार्यालय पर्सामाथि किटानी जाहेरी दर्ताका लागि दबाबस्वरुप आन्दोलन हुँदै आएको छ । प्रहरीले किटानी जाहेरी दर्ताका लागि आनाकानी गर्दै आएको छ । सो घटनाका मुख्य योजनाकार ...
कोरोना महामारीका कारण कैदीबन्दीको निधार खाली

कोरोना महामारीका कारण कैदीबन्दीको निधार खाली

देश, समाचार
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण यस वर्ष कास्कीमा कैदीबन्दीले टीका लगाएनन् ।  विगतमा विजयादशमीका दिन नजिकका आफन्तले गएर टीका लगाइदिने प्रचलन रहे पनि यस वर्ष कारागारमा कैदी जीवनयापन गर्दै आएका बन्दीहरूले टीका नलगाएको कास्की कारागारका प्रमुख केशव लामिछानेले जानकारी दिए । Advertisement “विगतका वर्षमा कैदीबन्दीका आफन्तले कारागारमा आएर टीका तथा जमरा लगाइदिनुहुन्यो”, उनले भने “यस वर्ष कोरोना महामारी फैलिने जोखिमीलाई दृष्टिगत गर्दै सबैको सल्लाहमा टीका र जमरा लगाउने कार्यक्रम नगरिएको हो ।”  कोरोनाको सम्भाव्य जोखिमलाई दृष्टिगत गरी कैदीबन्दीका आफन्तले ल्याएका नपकाइएका सामान २४ घण्टासम्म राखेर मात्रै दिने गरिएको उनले बताए ।  कोरोना महामारीका कारण गत चैत ११ गते अगावैदेखि भेटघाटका कार्यक्रमलाई विगतका तुलनामा नियन्त्रण ...
कक्षा १२ कोलागि परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ अनिवार्य गरियो

कक्षा १२ कोलागि परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ अनिवार्य गरियो

देश, शिक्षा, समाचार, स्वास्थ्य
११ कात्तिक, काठमाडौं । एक महिनापछि सञ्चालन हुने कक्षा १२ को परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ स्थापना अनिवार्य गरिएको छ । परीक्षार्थीलाई नोवेल कोरोना भाइरस (कोभिड–१९) बाट  जोगाउन प्रत्येक केन्द्रमा हेल्थ डेस्क अनिवार्य गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको मूल्यांकन, परीक्षा सञ्चालन, व्यवस्थापन, अभिलेखीकरण र प्रमाणीकरण सम्बन्धी कार्यविधि, २०७७ अनुसार प्रत्येक विद्यालयले स्थानीय तह र स्वास्थ्य संघ÷संस्थासँग समन्वय गरेर हेल्थ डेस्कको व्यवस्था गर्नुपर्दछ ।  यस पटक कोरोनाका कारण होम सेन्टरमा परीक्षा सञ्चालन गर्न लागिएको हो । Advertisement निर्देशिका अनुसार परीक्षार्थीहरू बीचको दुरी कम्तिमा दुई–दुई मिटर कायम गर्नुपर्दछ । एउटा कक्षामा २० भन्दा बढी विद्यार्थी समेत राख्न पाइदैन । कोभिड–१९ का कारण स्थगित कक्ष...
“रअ प्रमुखको भ्रमणपछि अब दुई देशबीच वार्ता हुन सक्छ”: भारतीय विज्ञ

“रअ प्रमुखको भ्रमणपछि अब दुई देशबीच वार्ता हुन सक्छ”: भारतीय विज्ञ

देश, समाचार
११ कात्तिक, काठमाडौं । भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रमुख सामन्त कुमार गोयलको नेपाल भ्रमणले दुई देशको बीचमा रहेको अविश्वास हट्ने र यो भ्रमणपछि अब सीमा विवादबारे वार्तासमेत हुन सक्ने एक भारतीय विज्ञले बताएका छन् । भारतको रक्षा मन्त्रालयअन्तर्गतको थिङ्क ट्याङ्क मनोहर परिकर इन्टिच्युट अफ डिफेन्स एनालाइसिसमा नेपाल–भारत मामिला हेर्ने रिसर्च फेलो निहार आर नायकले अनलाइनखबरसँग भने, ‘यो भ्रमणले दुई देशका वीचमा रहेको विश्वासको संकटलाई पक्कै हटाउनेछ । यो भ्रमणपछि दुई देशका बीचमा सीमा विवादको विषयमा वार्ता पनि हुन सक्छ । Advertisement उनले भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवाणेको भ्रमणपछि दुई पक्षीय सम्बन्ध झन सुदृढ हुँदै जानेसमेत बताए । भारतले राजनीतिक र कूटनीतिक व्यक्तिलाई नपठाएर किन खुफिया एजेन्सीलाई पठायो भन्ने प्रश्नमा उनले भने, ‘यसले के संकेत गर्छ भने भा...
सप्तरीको  कञ्चनरुप नगरपालिका वडा नम्बर ८ मा आज दुई जनाको दुर्घटनामा मृत्यु

सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ८ मा आज दुई जनाको दुर्घटनामा मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
पूर्वपश्चिम राजमार्गअन्तर्गत  सप्तरीको  कञ्चनरुप नगरपालिका वडा नम्बर ८ मा आज  भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।  पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १० प ९१३१ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिएको थियो । Advertisement उक्त दुर्घटनामा परी साइकल चालक मोरङ, उर्लाबारी नगरपालिका निवासी ५५ वर्षीय केदार श्रेष्ठ र मोटरसाइकल चालक सप्तरी, सप्तकोशी नगरपालिका –७ निवासी मुकेश सिंहको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भुवनेश्वर साहले बताए ।  श्रेष्ठको विराटनगर र सिंहको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उक्त दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सप्तकोशी– ७ का २५ वर्षीय अनिलकुमार यादव घाइते भई स्थानीय अस्पतालमा उपचार गराइएको प्रहरीले जनाएको छ ।  साभार: रातोपाटी ...
चिनियाँ राजदूत ले गाए “रेशम फिरिरी” गित गाईन

चिनियाँ राजदूत ले गाए “रेशम फिरिरी” गित गाईन

देश, समाचार
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाली गीत गाउँदै दसैँको शुभकामना सन्देश दिएकी छिन् । राजदूत यान्छीले चर्चित नेपाली गीत ‘रेशम फिरिरि’ गाएकी हुन् । Advertisement सामाजिक सञ्जालमा गीत गाएको भिडियो पोष्ट गर्दै उनले लेखेकी छिन्, ‘ मेरा सहकर्मीहरू र मैले नेपाली गीत रेशम फिरिरि अभ्यास गर्यौं र अन्तमा हामी गाउन सफल भएका छौं। यसले सबैलाई शौभाग्य र खुशी ल्याओस् ।’ साभार: रातोपाटी https://www.facebook.com/plugins/video.php?href=https%3A%2F%2Fwww.facebook.com%2FChinaEmbNepal%2Fvideos%2F1029165660890652%2F&show_text=0&width=560 ...
राष्ट्रपतिद्वारा शुभसाइतमा टीका ग्रहण

राष्ट्रपतिद्वारा शुभसाइतमा टीका ग्रहण

देश, समाचार
राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गरेकी छन् । राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेका हातबाट पनि राष्ट्रपति कार्यालय, शीतल निवासमा विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गरेको राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराईले जानकारी दिए । Advertisement सो अवसरमा राष्ट्रपति भण्डारीले छोरीज्वाइँहरु उषाकिरण, निशाकुुसुम, उमेश थापा र अभिषेक यादव तथा दुई नातिनी एवं पाश्र्ववर्तीहरुलाई पनि टीका लगाइदिएकी थिइन् । साभार: रातोपाटी ...