२०८३ बैशाख २१

Author: Raunak

पोखरामा मात्रै १०१ संक्रमित थपिए, गण्डकीमा थप चार जनाको निधन

पोखरामा मात्रै १०१ संक्रमित थपिए, गण्डकीमा थप चार जनाको निधन

देश, समाचार, सामाजिक, स्वास्थ्य
पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६७ पुगेको छ । पछिल्लो विवरण अनुसार थप थप ४ जनाले ज्यान गुमाएसँगै गण्डकी प्रदेशमा  कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६७ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार पोखरा महानगरपालिका–५ का ५५ वर्षीय कोरोना संक्रमित पुरुषको गए राति ९ः१० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा  निधन भएको हो  । मृतकमा गत ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा अन्य दीर्घ रोगको समस्या पनि जनाइएको छ ।अहिले उनको शब व्यबस्थापनको तयारी भइरहेको छ । यस्तै, अर्का मृतक नवलपुरको गैंडाकोट–५ का रहेका छन् । ७३ वर्षीय कोरोना संक्रमित पुरुषको गए राति चितवन मेडिकल कलेज, चितवनमा उपचारका क्रममा निधन भएको हो । उनलाई गत ६ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो  । गत ५ गते उनलाई उपचारका लागि अस्पता...
नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु

नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको आज मृत्यु भएको छ । घोडाघोडी नगरपालिका– ५ सरैयाकी आठ वर्षीया अर्चना विष्ट र नौ वर्षीया अस्मिता ढुङ्ग्यालको कान्द्रा नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।  Advertisement जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुवै बालिका मृतावस्थामा भेटिएको जानकारी दिए ।  साभार: रातोपाटी ...
प्रचण्डद्वारा दोषीमाथि कारबाहीको माग: सन्दर्भ पर्सामा नेकपा नेताको हत्या

प्रचण्डद्वारा दोषीमाथि कारबाहीको माग: सन्दर्भ पर्सामा नेकपा नेताको हत्या

देश, राजनीति, समाचार
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्साको विन्दवासिनी गाउँपालिका सचिव तथा जिल्ला कमिटी सदस्य मुकेश चौरसियाको हत्यामा संलग्नलाई कारबाहीको माग गरेका छन् ।  विन्दवासिनी पार्टी कमिटीको सपथ ग्रहण कार्यक्रमका क्रममा  भएको झडपमा कात्तिक ६ गते उनको हत्या भएको थियो ।  Advertisement यस सम्बन्धमा पार्टी जिल्ला कमिटीका इन्चार्ज, अध्यक्ष र सचिवका तर्फबाट हत्याको भत्सर्ना गर्दै चौरसियालाई सहिद घोषणा गर्न तथा हत्यामा संलग्नलाई कडा कारवाही गर्न माग गर्दै वक्तव्य जारी भएको प्रति कार्यकारी अध्यक्षको हैसियतले समर्थन गर्दै प्रचण्डले दोषी जोसुकै भएपनि कानूनी कारबाहीको दायरामा ल्याउन जोडदार माग गरेका छन् ।  प्रचण्डले आइतबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हत्या जस्तो जघन्य अपराध हुँदा समेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी ...
नयाँ सैनिक अधिकृतको मूल निशानसमक्ष हुने शपथ स्थगित

नयाँ सैनिक अधिकृतको मूल निशानसमक्ष हुने शपथ स्थगित

देश, राजनीति, समाचार
नेपाली सेनाका नयाँ अधिकृतले मूल निशानसमक्ष शपथ लिने परम्परा यस पटक स्थगन भएको छ । हरेक वर्ष  बडादशैँको महानवमीका दिन नयाँ अधिकृतले शपथ लिने प्रचलन रहेकामा कोभिड–१९ बाट सिर्जित जोखिमका कारण यस वर्ष गरिएन । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार हनुमानढोका क्षेत्र, कम्पुकोतस्थित नेपाली सेनाको मूल निशान(भगवती) समक्ष नयाँ अधिकृतले पद तथा गोपनीयताको शपथ लिने परम्परा थियो ।  Advertisement काठमाडौँ उपत्यका बाहिर खटिने अधिकृतले अनुकूल समय मिलाएर शपथ लिने गरे पनि काठमाडौँ उपत्यकाभित्रका नयाँ अधिकृतले महानवमीकै दिन अनिवार्यरुपमा शपथ लिने चलन थियो । सेनाले शक्तिस्वरुपा भगवतीलाई मूल निशान मान्दैआएको छ । अधिकृत तहका लागि सेनाले सहायक सेनानी(सेकेण्ड लेफ्टिनेन्ट) मा भर्ना लिने गर्छ । सहायक सेनानीको तालीम र परीक्षा पूरा गरी पास आउट भए पनि मूल निशानसमक्ष ...
काठमाडौं उपत्यकामा १५३५ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा १५३५ जना कोरोना संक्रमित

देश, समाचार, सामाजिक, स्वास्थ्य
९ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५३५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १२२५, भक्तपुरमा १६३ र ललितपुरमा १४७ जनामा संक्रमण पुष्टि भएको छ । उपत्यकामा नयाँ पुष्टि भएका १५३५ संक्रमितमध्ये ९०६ जना पुरुष र ६२९ जना महिला रहेका छन् । Advertisement काठमाडौं जिल्लामा हालसम्म ५६ हजार ३०२ जना संक्रमित भइसकेका छन् । तीमध्ये ३६ हजार २८३ जना निको भएका छन् भने १९३ जनाको मृत्यु भएको छ । हाल १९ हजार ८२६ सक्रिय संक्रमित रहेका छन् । काठमाडौंमा होम आइसोलेसनमा १० हजार ५०१ जना रहेका छन् । ललितपुर जिल्लामा हालसम्म ७८८३ जना संक्रमित भएका छन् । तीमध्ये ५३९९ जना निको भएका छन् भने ५४ जनाको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको संख्या २४३० रहेको छ । ललितपुरमा २६४३ जना होम आइसोलेस...
दसैंको टीकाको साइत १० बजेर १५ मिनेटमा

दसैंको टीकाको साइत १० बजेर १५ मिनेटमा

देश, समाचार, सामाजिक
१६ असोज, काठमाडौं । यस वर्ष बिजयादशमीको टीका लगाउने साइत विहान सवा दश बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । असोज १७ गते शुक्रवार देवी विसर्जनको साइत बिहान ९ बजेर ५५ मिनेटमा रहेको छ भने टीका र प्रसाद ग्रहणका लागि बिहान १० बजेर १५ मिनेटको साइत उत्तम रहेको समितिका सभापति प्राध्यापक डा रामचन्द्र गौतमले बताए । शास्त्रीय मान्यताअनुसार सामान्य मानिसलाई टीका र प्रसाद ग्रहण गर्न साइत चाहिँदैन । Advertisement समितिका अनुसार घटस्थापनाको दिन जमरा राख्ने साइत असोज ९ गते बिहीबार बिहान १० बजेर ४५ मिनेटमा छ । यस वर्ष महानवमी र बिजया दशमी एकै दिन असोज १७ गते परेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । दशैंलाई नवरात्र भनिने गरे पनि यसपटक आठ रात्री मात्र परेको गौतमले बताए । सरकारी कार्यालयका झण्डा फेर्ने साइत असोज १० गते शुक्रबार बिहान ११ ब...
थप एक गैरआवासीय नेपालीको कोरोनाका कारण मृत्यु

थप एक गैरआवासीय नेपालीको कोरोनाका कारण मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
९ कात्तिक, काठमाडौं । विश्वव्यापी महामारी कोभिड–१९ संक्रमणबाट गत साता विदेशमा थप एक नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी अरबमा एक नेपालीको कोरोना संक्रमणबाट निधन भएको हो । एनआरएनए, स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार ४२ देशमा रहेका नेपालीमध्ये ४२ हजार ७५२ नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन् । तीमध्ये ३९ हजार १७९ जना अर्थात् ९२ प्रतिशत न कोरोनामुक्त भएको समितिले जनाएको छ । Advertisement गत साता भारत, कतार र स्पेनमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ । हालसम्म १९ देशका २८४ नेपालीको कोरोना संक्रमणबाट निधन भइसकेको जानकारी एनआरएन, कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले दिए । यस्तै नेपालमा मात्र एक लाख ५५ हजार २३३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । तीमध्ये एक लाख आ...
थरुहट तथा मधेशका युवा आन्दोलनको तयारीमा जुट्दै

थरुहट तथा मधेशका युवा आन्दोलनको तयारीमा जुट्दै

देश, समाचार, सामाजिक
काठमाडौं । थरुहट तथा मधेशका युवा विभिन्न मागसहित दसैँपछि आन्दोलनमा जाने तयारीमा जुटेका छन् । दशैंपछि एउटा भेला आयोजना गर्ने र सो भेलाबाट संघर्षका कार्यक्रम तय गर्ने उनीहरुको योजना छ । थरुहट आन्दोलनका अगुवा सुरेन्द्र चौधरीले दसैँपछि जनकपुर वा वीरगंजमा युवाहरुको वृहत भेला आयोजना गरी संघर्षका कार्यक्रम तय गरिने बताए । बैठकको तयारीमा जुट्न उनले जनता समाजवादी पार्टी नेपालका युवा नेताहरु डा. सुरेन्द्र झा, मनिष सुमन, अभियन्ताहरु विकास ठाकुर, आनन्द गुप्ता, सुनिल पटेल, कासिन्द्र यादव, अन्जु झा, पत्रकार अमरेन्द्र यादव, मधेश नागरिक समाजका अध्यक्ष गणेश मण्डल, मोनिका सिंह, प्रिती रमनलाई आग्रह गरेका छन् । Advertisement भेलामा सहभागी तराई मधेश राष्ट्रिय परिषद, जसपा, जनमत, काँग्रेस, नेकपा, थरुहट राष्ट्रिय मोर्चाका युवाहरुको नामावली पनि तयार गरिने उनले बताए । त...
सुरक्षाकर्मीलाई ७ महिना अघि दिने भनिएको भत्ता दसैंमा पनि दिइएन

सुरक्षाकर्मीलाई ७ महिना अघि दिने भनिएको भत्ता दसैंमा पनि दिइएन

देश, राजनीति, समाचार
९ कात्तिक, काठमाडौं । कोरोना (कोभिड–१९) भाइरसको महामारी नियन्त्रणका लागि फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मीलाई दिने भनिएको प्रोत्साहन भत्ता हालसम्म दिइएको छैन । मन्त्रिपरिषद्को १६ चैतमा बसेको बैठकले दैनिक ३ सय रुपैयाँदेखि शतप्रतिशतसम्म भत्ता दिने निर्णय गरेको थियो । तर, निर्णयको ७ महिना वितिसक्दा पनि उनीहरुले भत्ता पाएका छैनन् । Advertisement दसैंको मुखमा पनि भत्ता नपाउँदा सुरक्षाकर्मीको मनोबल गिरेको सुरक्षा सम्बद्ध अधिकृतहरु बताउँछन् । नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतले हालसम्म सुरक्षाकर्मीलाई भत्ता बापतको रकम नआएको अनलाइनखबरलाई बताए । नेपाली सेना र सशस्त्र प्रहरी बलका कर्मचारीले पनि प्रोत्साहन भत्ता वापतको रकम पाएका छैनन् । महामारीका बेला अग्रपङ्तिमा खटिएका सुरक्षाकर्मीलाई कोरोना भत्ता दिन आनाकानी गरिरहेका बेला सांसदहरुलाई दसैं ...
३ महिनामा उठेको राजस्वबाट अर्थमन्त्री पौडेल उत्साहित

३ महिनामा उठेको राजस्वबाट अर्थमन्त्री पौडेल उत्साहित

देश, राजनीति, समाचार
अर्थमन्त्री विष्णु पौडेलले पूँजीगत खर्चको कमजोर अवस्थालाई सुधार गर्न नीतिगत प्रबन्धहरुलाई सच्याउनुपर्ने बताएका छन् । कतिपय कानूनी प्रबन्धहरुका कारण पूँजीगत खर्च कमजोर अवस्थामा रहेकोले त्यस्ता कानूनहरुलाई सुधार गर्नुपर्ने आवस्यकता रहेको अर्थमन्त्री पौडेलले बताए ।शनिबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले कतिपय कानूनी नियमगत प्रबन्धहरु अथवा अरु चिजहरुका कारण पूँजीगत खर्चमा बाधा सिर्जना गरेकोले त्यस्ता चिजहरुमा सुधार गर्दै पूँजीगत खर्चलाई बढाउने योजनामा आफु रहेको बताए । यस्तै वर्तमान अवस्थमा कोभिडले सिर्जना गरेको चुनौतिलाई समाना गर्दै कुनैपनि आयोजनालाई निरन्तरता दिई खर्च बढाउने रणनीतिमा आफु रहेको अर्थमन्त्री पौडेलले बताए । ‘अहिले तुलनात्मक रुपले अपेक्षित मात्रामा पूँजीगत खर्च हुन नसकिरहेको जुन अवस्था छ यो अवस्थामा सुधार ल्याउनका लागि हामीले कोभिडले सिर्जना गरेका चुनौ...