२०८३ बैशाख २१

Author: Raunak

३६ वर्षीया महिलाको कोरोनाबाट  मृत्यु : पोखरा

३६ वर्षीया महिलाको कोरोनाबाट मृत्यु : पोखरा

देश, समाचार, सामाजिक, स्वास्थ्य
१३ कात्तिक, काठमाडौं । पोखरामा एकजना कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गतको कोभिड–१९ अस्पतालमा उपचाररत पोखरा महानगरपालिका–१३ की ३६ वर्षीया महिलाको मृत्यु भएको हो । Advertisement आईसीयूमा उपचाररत ती महिलाको गएराति ११ बजे मृत्यु भएको अस्पतालका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले जानकारी दिए । उनमा यही कात्तिक ५ गते संक्रमण देखिएपछि अस्पतालमा भर्ना भएकी थिइन् । कोरोना संक्रमित भइ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु हुने उनी २० औं व्यक्ति हुन् । Credit: OnlineKhabar ...
नेकपा विप्लव समूहका कम्पनी कमिसार पक्राउ

नेकपा विप्लव समूहका कम्पनी कमिसार पक्राउ

देश, समाचार
१३ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेकपाका कम्पनी कमिसारसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका २ का ३२ वर्षीय काशिनाथ घिमिरे (प्रतिक) र ईलामको चुलाचुली गाउँपालिका ६ बस्ने १८ वर्षीय विज्ञान राई (सनम) छन् । उनीहरुलाई बुधबार मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. १ घुर्मिसेस्थित विजुली प्रसाद तिम्सिनाको खाली घरमा बसेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए । Advertisement प्रहरीका अनुसार घिमिरे नेकपाको पूर्वी कमाण्ड मेची–कोशी ब्यूरो चौथो कम्पनीका कमिसार हुन् । उनी सप्तरी जिल्लाका पूर्वसेक्रेटरी पनि हुन् । यसैगरी विज्ञान राई पार्टीको साधारण सदस्य रहेको र उनीहरुमाथी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । विप्लव सम...
तिहारका लागि ल्याइएको पटाका नागढुंगामा बरामद; मात्रा “ठूलो” रहेको प्रहरीको भनाइ

तिहारका लागि ल्याइएको पटाका नागढुंगामा बरामद; मात्रा “ठूलो” रहेको प्रहरीको भनाइ

देश, समाचार, सामाजिक
१२ कात्तिक, काठमाडौं । प्रहरीले नागढुंगा चेकपोइन्टबाट ठूलो परिणाममा विष्फोटक पदार्थ पटाका बरामद गरेको छ । चेकजाँचका क्रममा बसमा लुकाएर ल्याउँदै गरेको अवस्थामा २ लाख ६६ हजार वटा पटाका प्रहरीले बरामद गरेको हो । महानगरीय प्रहरी प्रभाग, नागढुंगाले महेन्ऽगनरबाट काठमाडौँ आइरहेको ना ७ ख ४५५ नम्बरको बस चेकजाँचको क्रममा सिटमुनि लुकाएर ल्याउँदै गरेको अवस्थामा १० बोरा पटाका बरामद गरेको हो । बसमा २ लाख ६६ हजार थान पटका फेला परेको महानगरीय प्रहरी वृत्त, थानकोटका डीएसपी घनश्याम श्रेष्ठले बताए । उनका अनुसार अनुसन्धानका क्रममा तत्काल बस चालक कञ्चनपुरका ३० वषर्ीय नविन जोशीलाई पक्राउ गरिएको थियो । Advertisement उक्त पटका तिहार पर्वलाई लक्षित गरी काठमाडौँ उपत्यकामा बिक्री वितरण गर्न महेन्ऽनगरबाट ल्याइएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको श्रेष्ठले बताए । बर...
नेविसंघका नेता पक्राउ : त्रिविका प्राध्यापक चलाउनेमाथि आक्रमणको योजनाकार भएको आरोप

नेविसंघका नेता पक्राउ : त्रिविका प्राध्यापक चलाउनेमाथि आक्रमणको योजनाकार भएको आरोप

देश, राजनीति, समाचार
काठमाडौं । त्रिभुवन विश्विद्यालयका प्राध्यापक प्रेम चलाउनेलाई कुटपिटमा संलग्न दीपक ओझालाई प्रहरीले पक्रेको छ । ओझालाई महानगरीय प्रहरी परिसर काठमाडौंले कैलाली प्रहरीसँगको समन्वयमा पक्राउ गरेको हो । नेविसंघका नेता ओझालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मालाखेली, कैलालीका डिएसपी भरत चौधरीले रातोपाटीलाई बताए । यसअघि कुटपिटमा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ । टौदह घर भएका निरज राना मगर, सिराहा घर भएका रुपेश शाह र रविन लामालाई प्रहरीले पक्राउ गरिसकेको छ । Advertisement त्रिवि समाजशास्त्र केद्रिय विभागका प्राध्यापक चलाउनेलाई असोज २० मा चारजना युवाले विश्वविद्यालय परिसरमा निर्घात कुटेर भागेका थिए । प्राध्यापक कुट्न रुपेशले अन्य तीनजनालाई सँगै लिएर त्रिभुवन विश्वविद्यालयमा गएको महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकृतले रात...
नेकपा र काँग्रेस नीतिगत भ्रष्टाचारी भएको सांसद यादव को दाबी

नेकपा र काँग्रेस नीतिगत भ्रष्टाचारी भएको सांसद यादव को दाबी

देश, राजनीति, समाचार
पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सांसद प्रदीप यादवले नेकपा र काँग्रेस पार्टी नीतिगत भ्रष्टाचारी भएको आरोप लगाएका छन् । जनता समाजवादी पार्टी वीरगंज–२७ वडा ईकाई समिति उदयपुरघुर्मीले आयोजना गरेको  पार्टी प्रवेश कार्यक्रममा बोल्दै सांसद यादवले सरकारमा रहेको नेकपा र विपक्षमा रहेको काँग्रेस पार्टीले नीतिगत रूपमै भ्रष्टाचार गरेको आरोप लगाए । Advertisement जनता समाजवादी पार्टीका केन्द्रीय सदस्यसमेत रहेका सांसद यादवले वाईड बडी विमान घोटाला काण्डमा सरकारलाई  छानबिन प्रतिवेदन बुझाउँदा समेत हाल सम्म कुनै कारवाही प्रक्रिया अगाडी नबढाउनु र विपक्षमा रहेको काँग्रेस पार्टी पनि तै चुप मै चुपको अवस्थामा रहेको देखिनुले दुवै ठूला पार्टीहरु नै नीतिगत रूपमा हुने भ्रष्टाचारको संरक्षणमा लागेको ठोकुवा गरे । देशमा भएका ठुलाठुला भ्रष्टाचार काण्डहरूको छानबिन हुन्छ ...
खुट्टा छिनालिएको घटना अनुसन्धान गर्न ३३ युवक पक्राउ

खुट्टा छिनालिएको घटना अनुसन्धान गर्न ३३ युवक पक्राउ

देश, समाचार, सामाजिक
दाङको तुलसीपुर उपमहानगरपालिकामा कमारा बिकमाथि भएको सांघातिक हमलाबारे अनुसन्धान गर्न प्रहरीले ३३ जना युवालाई पक्राउ गरेको छ । उपमहानगरको वडा नम्बर ११ स्थित नवलपुर निवासी ४५ वर्षीय विकमाथि तुलसीपुर– १० गोलौरीमा अपरिचित समूहले सांघातिक हमला गरेको थियो । उनको एउटा खुट्टा छिनालिएको अवस्थामा फेला परेपछि प्रहरीले उद्धार गरि अस्पताल पु¥याएको थियो । विकको दुबै हातमा पनि धारिलो हतियारले काटेको गहिरो घाउ लागेको छ । सोही घटना अनुसन्धान गर्नको लागि गोलौरी आसपासका ३३ जना युवाहरुलाई पक्राउ गरि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले बताए । Advertisement ‘पक्राउ परेकाहरुमाथि सोधपुछ र अनुसन्धान जारी छ,’ डिएसपी सिंहले भने, ‘रातको समयमा सोही गाउँका युवाहरुका बीचमा पनि आपसमा झडप भएको खुल्न आएको छ ।’ घाइते बिकको रा...
बैंकिङ क्षेत्र उचालिँदा ४१ अंकले बढ्यो सेयर बजार

बैंकिङ क्षेत्र उचालिँदा ४१ अंकले बढ्यो सेयर बजार

अर्थतन्त्र, देश, शेयर बजार, समाचार
काठमाडौं । सेयर बजारको लागि चाडपर्वको अवधि ‘अफ सिजन’ मानिन्छ । दशैंको घटस्थापनादेखि छठपर्वसम्मै यस्तो अवस्था विगतका वर्षहरुमा देखिन्थ्यो । आम जनतामा चाडपर्वको रौनक नसकिने भएकोले यो अवधिमा सेयर बजारमा कारोबार रकम ज्यादै न्यून हुने गथ्र्यो । कारोबार रकम मात्रै नभएर सेयर बजार सूचकमा समेत यो अवधिमा उल्लेख्य उतारचढाव भएको पाइँदैन ।  तर यसपटक यस्तो भएन । ५ दिनको बिदापछि बुधबार पहिलोपटक खुलेको बजार कारोबार रकम र सूचकका आधारमा निकै उत्साहपूर्ण रह्यो । बुधबार नेपाल स्टक एक्सचेज (नेप्से) परिसूचक ४१.२० अंकले बढेर १ हजार ६ सय ४७ दशमलव ४६ विन्दुमा पुगेको छ । यो करिब २.५७ प्रतिशतको वृद्धि हो ।  बुधबार नेप्से परिसूचक मात्रै नभएर यसअन्तर्गतका सबै सूचक र व्यापारमूलक क्षेत्र बाहेकका सबै उपसूचक समेत बढेको छ । बैंकिङ समूह एकैदिन ४.२७ प्रतिशत बढेर १ हजार ३ सय ४७ दशमलब २३ अंकमा पुगे...
काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम, देशभर चिसो बढ्यो

काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम, देशभर चिसो बढ्यो

देश, समाचार, सामाजिक
१२ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरको मौसम चिसिदै गएको छ । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ११.४ डिग्री मापन गरिएको छ । मौसमविदका अनुसार अब देशभर चिसो बढ्दै जाने छ । मौसमविद शान्ति कँडेलले अनलाइनखबरसँग भनिन्, ‘तापक्रम घट्ने क्रममा छ । अब चिसो क्रमशः बढ्दै जान्छ ।’ अब पहाडी जिल्लाहरुमा हुस्सु पनि बढ्दै जानसक्ने उनले बताइन् । मौसम दुई तरिकाले चिसो हुन्छ । एउटा अधिकतम तापक्रम घटेर र अर्को न्यूनतम तापक्रम घटेर । डम्म बादल लाग्यो भने बादलले ब्ल्यांकेटको काम गर्छ र अधिकतम तापक्रम घट्छ । बादल लागेन भने न्यूनतम तापक्रम घट्छ र चिसो हुन्छ । अहिले चिसो भएको न्यूनतम तापक्रम घटेर हो । Advertisement दिनभर घाम लागे पनि बिहान र बेलुका जाडो बढेको महसुस भएको छ ।  आज बिहान पौने ९ बजेको मापनमा काठमाडौंको न्यूनतम ताप...
विष्णु प्रसाई : बागमती प्रदेश प्रमुख प्रसाईलाई कोरोना संक्रमण

विष्णु प्रसाई : बागमती प्रदेश प्रमुख प्रसाईलाई कोरोना संक्रमण

देश, समाचार, स्वास्थ्य
१२ कात्तिक, झापा । बागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । उनले मङ्गलवार पिसिआर रिपोर्ट पोजेटिभ आएको जानकारी दिए । उनी प्रदेश प्रमुखको कार्यालय हेटौँडाबाट दसैँमा झापाको मेचीनगरस्थित घर आएका थिए । Advertisement विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए । हाल घरमै आइसोलेसनमा रहेका उनका छोरा राजेशलाई पनि कोभिड १९ को संक्रमण पुष्टि भएको छ । Credit: OnlineKhabar ...
माता उतार्ने नाममा बलात्कार गर्ने धामी पक्राउ : उदयपुर

माता उतार्ने नाममा बलात्कार गर्ने धामी पक्राउ : उदयपुर

देश, समाचार, सामाजिक
उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेका पानीट्याङकी निवासी एक झाँक्री बलात्कारको आरोपमा पक्राउ परेका छन् । पक्राउ परेका ३९ वर्षीय अर्जुन भनिने चुडामणि श्रेष्ठलाई पीडितको उजूरीका आधारमा पक्राउ गरी जबर्जस्ती करणीमा मुद्दा चलाउन लागिएको उदयपुरका प्रहरी प्रमूख भीमप्रसाद दाहालले बताए ।  Advertisement उनले माता उतार्ने र झारफुक गर्ने नाममा महिलालाई पटक पटक यौन तथा आर्थिक शोषण गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । ती धामीले आफूलाई गुरुले मानिसलाई कपडा खोल्न लगाएर उपचार गर्न सिकाएले त्यसै गर्ने गरेको बयान दिएका छन् । अर्जुनसँग मतियारका रुपमा काम गर्ने ४५ वर्षीय एक महिलालाई पनि अनुसन्धानको दायरामा राखिएको छ ।  साभार: रातोपाटी ...