२०८१ बैशाख ८

नेकपा र काँग्रेस नीतिगत भ्रष्टाचारी भएको सांसद यादव को दाबी

पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सांसद प्रदीप यादवले नेकपा र काँग्रेस पार्टी नीतिगत भ्रष्टाचारी भएको आरोप लगाएका छन् । जनता समाजवादी पार्टी वीरगंज–२७ वडा ईकाई समिति उदयपुरघुर्मीले आयोजना गरेको  पार्टी प्रवेश कार्यक्रममा बोल्दै सांसद यादवले सरकारमा रहेको नेकपा र विपक्षमा रहेको काँग्रेस पार्टीले नीतिगत रूपमै भ्रष्टाचार गरेको आरोप लगाए ।


Advertisement


जनता समाजवादी पार्टीका केन्द्रीय सदस्यसमेत रहेका सांसद यादवले वाईड बडी विमान घोटाला काण्डमा सरकारलाई  छानबिन प्रतिवेदन बुझाउँदा समेत हाल सम्म कुनै कारवाही प्रक्रिया अगाडी नबढाउनु र विपक्षमा रहेको काँग्रेस पार्टी पनि तै चुप मै चुपको अवस्थामा रहेको देखिनुले दुवै ठूला पार्टीहरु नै नीतिगत रूपमा हुने भ्रष्टाचारको संरक्षणमा लागेको ठोकुवा गरे । देशमा भएका ठुलाठुला भ्रष्टाचार काण्डहरूको छानबिन हुन्छ प्रतिवेदन बुझाइन्छ तर कारवाही केही हुँदैन यही कारणहरूले पनि भ्रष्टाचार मौलाएको उनले बताए ।

सांसद यादवले अबको वैकल्पिक शक्ति जनता समाजवादी पार्टी हुने निश्चित रहेको बताए। कार्यक्रममा विभिन्न पार्टि परित्याग गरी १ सय ५ जना जनता समाजवादी पार्टीमा प्रवेश गरेका थिए । 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap