२०८३ बैशाख २१

Author: Raunak

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु : पोखरा

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु : पोखरा

देश, समाचार, सामाजिक, स्वास्थ्य
पोखरा । पोखरामा कोरोना संक्रमणबाट थप दुई जनाको निधन भएको छ । मृतक दुई जनामध्ये एक जनाको अस्पतालमा र अर्काको होम आइसोलेशनमा बसिरहेको अवस्थामा शुक्रबार मृत्यु भएको जनाइएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान अन्तर्गतको कोरोना अस्पतालमा स्याङ्जाका संक्रमितको निधन भएको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. अर्जुन आचार्यका अनुसार मृतक वालिङ नगरपालिका–५ का ७० वर्षीय पुरुष हुन् । उनमा कात्तिक ९ गते कोरोना पुष्टि भएको थियो । उपचारको क्रममा शुक्रबार बिहान ८ बजेर ३५ मिनेटमा उनको मृत्यु भएको निर्देशक आचार्यले जानकारी दिए । Advertisement मृतकमा कोभिडसँगै अन्य दीर्घ रोगसमेत रहेको उनको भनाइ छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना उपचार कक्षमा ज्यान गुमाउने उनी २२ औं संक्रमित हुन् । यस्तै, पोखरा–१५ का ८१ वर्षीय संक्रमित पुरुषको पनि शुक्रबार न...
कोरोना विशेष अस्पतलमा थप एकजनाको मृत्यु : बुटवल

कोरोना विशेष अस्पतलमा थप एकजनाको मृत्यु : बुटवल

देश, समाचार, सामाजिक, स्वास्थ्य
बुटवल ।  बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा आज बिहान थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–८ का ५५ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्तालमा उपचार गर्दा गर्दे मृत्यु भएको अस्पतालमा सूचना अधिकारी डा. विष्णु गौतमले रातोपाटीलाई बताए । Advertisement कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका उनको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गर्दागर्दे बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । संक्रमित पुरुष उच्च रक्तचाप, मधुमेह र फोक्सोको दीर्घरोगीसमेत रहेका थिए । साभार: रातोपाटी ...
हामी विदेशी शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको छ : कमल थापा

हामी विदेशी शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको छ : कमल थापा

देश, राजनीति, समाचार
१४ कात्तिक, काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय खुफिया एजेन्सीका प्रमुख सामन्त गोयललाई भेटेको विषय विवादित बनेका बेला थापाले सत्तारुढ र प्रमुख प्रतिपक्ष दलको अकर्मण्यताका कारण नेपाल अन्तर्राष्ट्रिय केन्द्रको प्रतिस्पर्धास्थल बन्न लागेको बताएका हुन् । Advertisement ‘भारत र चीनसँगको सम्बन्धमा रणनीतिक सन्तुलन, समदुरी र असंलग्नता नेपालको अस्तित्वको आधार हो,’ पूर्वपरराष्ट्र मन्त्री थापाले ट्विटरमा लेखेका छन्, ‘तर सत्तारुढ र प्रमुख प्रतिपक्ष दलका अकर्मण्यता र गलत नीतिको परिणास्वरुप अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको छ ।’ देशको स्वतन्त...
पुरातत्वको स्वीकृति : विश्वरूप मन्दिर पुनःनिर्माण हुने

पुरातत्वको स्वीकृति : विश्वरूप मन्दिर पुनःनिर्माण हुने

देश, समाचार
१४ कात्तिक, काठमाडौं । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रको विश्वरूप मन्दिर पुनःनिर्माणका लागि पुरातत्व विभागबाट ड्रइङ डिजाइन स्वीकृत भएको छ । विश्व सम्पदा सूचीमा सूचिकृत सांस्कृतिक सम्पदा पुनःनिर्माणका लागि विभागको स्वीकृति लिनुपर्ने प्राचीन स्मारक संंरक्षण ऐनले व्यवस्था गरेको छ । विभागबाट ड्रइङ डिजाइन स्वीकृत नभएको, बजेट व्यवस्थापन हुन नसकेको लगायतका कारण भत्किएको पाँच वर्षसम्म पनि विश्वरूप मन्दिर पुनःनिर्माण शुरु हुन सकेको थिएन । पशुपति क्षेत्र विकास कोषले चालु आर्थिक वर्षमा आन्तरिक स्रोतबाट विश्वरूप मन्दिर पुनःनिर्माण शुरु गर्न रु १० करोड बजेट विनियोजन गरेको छ । मन्दिरसहित वरिपरिको सत्तल पुनःनिर्माणका लागि रु ७० करोड बजेट लाग्ने अनुमान गरिएको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए । बहुवर्षीय योजनाअन्तर्गत आव २०७८/२०७९ सम्ममा मन्द...
दसैँमा आपराधिक घटना न्यून

दसैँमा आपराधिक घटना न्यून

देश, समाचार, सामाजिक
यसपाली मुलुकमा दसैँको मुख्य दिनमा ठूला दुर्घटनाहरु भएनन् भने आपराधिक घटनामा समेत कमी आएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार कोभिड–१९ को महामारीका कारण सवारी साधनका साथै मानिसको आवागमन कम हुँदा आपराधिक घटना तथा दुर्घटना कम भएको हो । प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायत यसपटकको दसैँँको मुख्य पाँच दिनको विवरण हेर्दा ठूलो तथा गाह्रो अवस्था सिर्जना हुने घटना नभएको बताउँछन् । सम्भावित जोखिम क्षेत्र पहिचान गरी आवश्यक मात्रामा प्रहरी र कुकुर तथा ड्रोनसमेतको प्रयोग गरिएकाले पनि त्यस्ता घटना रोक्न सफल भएको उनको दावी छ । दशैंँको मुख्य दिन कात्तिक ७ देखि ११ गतेसम्मको प्राप्त विवरण अनुसार यसपाली करणीसम्बन्धि ४ वटा घटना दर्ता भएको छ । कर्तव्य ज्यानका ११, चोरीका १६ घटना दर्ता भएको कडायतले बताए । यस्तै यो अवधिमा ३३४ सवारी दुर्घटना भएका छन् । उक्त दुर्घटनाका कारण ४३ को मृत्य...
नेपाली एग्रिकल्चर जर्नालिष्टहरुको भनाइ : सहकारीमार्फत तोकिएको मूल्यमा धान किन्दा किसानलाई राहत हुने

नेपाली एग्रिकल्चर जर्नालिष्टहरुको भनाइ : सहकारीमार्फत तोकिएको मूल्यमा धान किन्दा किसानलाई राहत हुने

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
सरकारले यसवर्ष समयमै धानको न्यूनतम् समर्थन मूल्य तोकेकाले किसानलाई राहत हुने भएको छ । सरकारले किसानबाट उत्पादित धान सहकारीमार्फत् तोकेको मूल्यमा खरिद गर्ने यसअघि नै जनाइसकेको छ । नेपाल सरकारले गत जेठ २ गते चालू आर्थिक वर्षका लागि मोटा धानको प्रति क्विन्टल रु दुई हजार सात सय ७३५ रुपियाँ र मध्यम धानको प्रति क्विन्टल रु दुई हजार आठ सय ८५ न्यूनतमे समर्थन मूल्य तोकेको थियो । सहकारीमार्फत धान खरिद गर्न कृषि मन्त्रालयले निर्देशिका जारी गरेको छ । एसोसियसन अफ नेपाली एग्रिकल्चर जर्नालिष्ट (अनाज) ले आज ‘धानको समर्थन मूल्य कार्यान्वयनको अवस्था र भावी कार्यदिशा’ विषययमा आयोजना गरेको संवादमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका निमित्त सचिव योगेन्द्रकुमार कार्कीले धान राज्यले किनिदिने निर्णयसँगै किसानका अन्य समस्या समाधानको बाटो पनि खुल्दै गएको बताने । उनले भने, “धान किन्न सबैलाई खुल्ला छ...
सिराहाका कोरोना संक्रमितको जनकपुरमा मृत्यु

सिराहाका कोरोना संक्रमितको जनकपुरमा मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
१३ कात्तिक, जनकपुरधाम । सिराहामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको सुखीपुर नगरपालिका वडा नम्बर ८ निवासी ७० वर्षीय पुरूषको कोरोना संक्रमण पुष्टि भएर मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख कृष्णदेव यादवका अनुसार ती पुरुषको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका क्रममा बिहीबार मृत्यु भएको हो । Advertisement एक्कासी ज्वरो र रुघाखोकी लागेर श्वास लिन कठिनाई भएपछि पुरूषलाई गत कात्तिक ३ गते उपचारका लागि प्रादेशिक अस्पताल ल्याइएको थियो । उनको सोही दिन स्वाब लिएर संकलन गर्दा ४ गते रिपोर्ट पोजेटिभ आएको थियो । पोजेटिभ आएका पुरूषलाई आइसोलेसनमा राखेर उपचार गरिरहँदा बिहीबार मृत्यु भएको यादवले बताए । उनका अनुसार पुरूष दमका रोगी समेत थिए । योसँगै सिरहामा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या १७ पुगेक...
शेयर कारोबार आकासियो : बिहीबार ३ अर्ब बढीको सेयर कारोबार

शेयर कारोबार आकासियो : बिहीबार ३ अर्ब बढीको सेयर कारोबार

अर्थतन्त्र, देश, शेयर बजार, समाचार
१३ कात्तिक, काठमाडौं । बिहिबार एकै दिन तीन अर्ब ३ करोड रुपैयाँ भन्दा धेरैको शेयर किनबेच भएको छ । शेयर बजार परिसूचक नेप्से १.७८ प्रतिशतले ऋणात्मक बनेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा ३१ करोडले बढेर ३ अर्ब ३ करोड ७६ लाख ९४ हजार रुपैयाँ पुगेको हो । शून्य दशमलव ११ प्रतिशतले घटेको बजारमा नेप्से परिसूचक भने १६४५.६८ को बिन्दुमा आइपुगेको छ । बिहिबार नेप्सेमा सूचीकृत १९२ कम्पनीको १ करोड ३ लाख ६५ हजार कित्ता शेयर ४१ हजार ९०९ पटक कारोबार भएको थियो । कारोबार अवधिभर प्राईम कर्मशियल, प्रभु, एनएमबी, ग्लोबल आईएमई र एनआईसी एशिया बैंकको सेयर उच्च मात्रामा कारोबार भएको थियो । Advertisement एकैदिन प्रतिकित्ता १२ रुपैयाँले बढेको शिव श्री हाइड्रोपावरका लगानीकर्ताले बिहीबार बजारबाट धेरै नाफा गरे । यस्तै २२ रुपैयाँले बढेको नेपाल फाइनान्स, ३९ रुपैयाँले बढेको मि...
प्रहरी पुग्दा जुवाडेहरू आपसमा गर्दैथिए टीकाटालोको नाटक

प्रहरी पुग्दा जुवाडेहरू आपसमा गर्दैथिए टीकाटालोको नाटक

देश, समाचार
बाँकेको नेपालगञ्जवाट साढे २९ लाख रकमसहित पक्राउ परेका दस जना जुवाडेलाई प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ का सन्तोष थापा, नेपालगञ्ज ६ का मेघनाथ कुचबन्दिया, नेपालगञ्ज वडा नं. ४ का नवीन घिमिरे, नेपालगञ्ज वडा नं. १० का टोपबहादुर शाही, नेपालगञ्ज वडा नं. ४ का पब्लु भण्डारी, सोही ठाउँका तरुण गौतम, नेपालगञ्ज वडा नं. ७ का रवीन राणा, नेपालगञ्ज वडा नं. ४ का सन्तोष वली, सोही ठाउँका कृष्णबहादुर सुवेदी र नेपालगञ्ज वडा नं. १ का रहमान मियाँ रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ का ४६ वर्षीय कृष्णप्रसाद वलीको घरमा जुवा खेलिरहेको अवस्थामा बुधबार बेलुका साढे ८ बजे प्रहरीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको थियो। उक्त जुवामा छापा मार्न बाँके जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर राना आफ...
कुश्माको बन्जी र स्विङ सञ्चालन हुँदै

कुश्माको बन्जी र स्विङ सञ्चालन हुँदै

देश, समाचार
१३ कात्तिक, काठमाडौं ।पर्वतको कुश्मामा निर्माण भएको बन्जी र स्वीङ कार्तिक १५ बाट सञ्चालनमा आउने भएको छ । कालीगण्डकीको खोंचमा पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुल बनाएर बन्जी, स्वीङ र स्काइ साइक्लीङ लगायत सहासिक खेल सन्चालनको तयारी छ । द क्लिफ प्रालिले कार्तिक १५ (शनिबार) देखि आफ्ना गतिविधि सन्चलनमा ल्याउने घोषणा गरेको हो । २०७३ सालदेखि पुलको निर्माण सुरु गरिएको थियो। पुल संगै रिसोर्टको निर्माण २०७६ अन्तिममा सकिए पनि लकडाउनले गर्दा सन्चालनमा आउन ढिलाई भएको कम्पनीका अध्यक्ष राजु कार्कीले बताए । Advertisement विश्वकै अग्लो स्विङ र दोस्रो अग्लो बन्जी ५२५ मिटर लामो झोलुङ्गे पुलको बिचमा कालीगण्डकी नदिको ठिक माथी बन्जी र स्वीङको लागि जम्प गर्ने प्लाटफर्मको निर्माण गरिएको छ। खोला देखि पुलको उचाई २२८ मिटर अर्थात ७४८ ...