२०८३ कार्तिक १२

विरोधका बीच भारतीय सेनाध्यक्ष नरवणेलाई मानार्थ महारथी पदवी प्रदान

प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा नेपालको भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई मानार्थ महारथी पदवी प्रदान गरिएको छ।  एक विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई महारथी पदवी प्रदान गरेकी हुन् । नेपाल र भारत सैनिक इतिहासमा एकअर्का देशका सैन्य प्रमुखलाई मानार्थ महारथीको पदवी दिने प्रचलन रहँदै आएको छ । 

बुधबार नेपाल आएका नरवणे बिहीबार जङ्गी अड्डामा आयोजित विभिन्न कार्यक्रमहरुमा समेत सहभागी भएका थिए । सो क्रममा  बिहान सैनिक मञ्चको वीर स्मारकमा पुष्पगुच्छा चढाई वीर शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका जनरल नरवणेले जङ्गी अड्डामा सम्मान गारदको निरीक्षण गरेका थिए ।

 उक्त अवसरमा उनले यसभन्दा अघि भ्रमणमा आएका अन्य विशिष्ट सैनिक पाहुनाहरु सरह जङ्गी अड्डा प्राङ्गणमा ओखरको बिरुवा रोपेका थिए ।


Advertisement


यस्तै प्रधान सेनापति पूर्णचन्द्र थापा र नरवणे बीच शिष्टाचार भेटवार्ता समेत भएको थियो । उक्त भेटवार्ताका क्रममा नेपाली सेनाका प्रधान सेनापति र मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्षबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा द्विपक्षीय छलफल भएको थियो ।

 उक्त छलफलपछि भारतीय सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको इतिहास र वर्तमान भूमिकाहरुका बारेमा प्रस्तुतीकरण गरिएको थियो । 

भेटघाट पश्चात् जङ्गी अड्डामै आयोजित अर्को कार्यक्रममा, नरवणेले फिल्ड अस्पताल स्थापनाको लागि सेनालाई एम्बुलेन्स, उपकरणहरु तथा अन्य स्वास्थ्य सामग्रीहरुका साथै भेन्टिलेटरहरु समेत हस्तान्तरण गरेको सेनाले जनाएको छ ।  

नेपाली सेनाका तर्फबाट प्रधानसेनापति पूर्णचन्द्र थापाले पनि भारतीय सेनाको लागि नेपालमै निर्मित १ लाख थान मेडिकल मास्क र शान्तिको प्रतिक भगवान बुद्धको प्रतिमा हस्तान्तरण गरेका थिए । 

साभार: रातोपाटी


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap