२०८३ बैशाख २१

Author: Raunak

सुनको मूल्य ओरालो लाग्यो : एक दिनमै ३ हजार ४०० ले गिरावट

सुनको मूल्य ओरालो लाग्यो : एक दिनमै ३ हजार ४०० ले गिरावट

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
नेपाली बजारमा मंगलबार सुनको मूल्य ह्यात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार सुन तोलामा अघिल्लो दिनको तुलनामा ३ हजार ४०० रुपैयाँ घटेको हो ।  सोमबार छापावाल सुन तोलामा ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार घटेर तोलामा ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।  Advertisement यस्तै तेजावी सुन ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।  यसैबीच मंगलबार चाँदी तोलामा १२१५ रुपैयाँमा कारोबार भएको छ । यसअघि सोमबार चाँदीको मूल्य १२८५ रुपैयाँ रहेको थियो ।  साभार: रातोपाटी ...
सात वर्ष बित्दा पनि पुल जस्ताको तेस्तै

सात वर्ष बित्दा पनि पुल जस्ताको तेस्तै

देश, समाचार
छिन्चु–जाजरकोट सडकअन्तर्गत पासागाडखोलाको पुल सात वर्षदेखि अलपत्र परेको छ । गलत डिजाइनका कारण लामो समयदेखि पुल निर्माणको काम रोकिएको हो । सडक विभाग र आइएमइरआरसी कन्सलटेन्सी, ललितपुरको लापरवाहीका कारण पुल निर्माणमा ढिलाइ भएको हो । पासागाडबाहेक छिन्चु–जाजरकोट सडकको सबै खोलामा पुल निर्माण भइसकेका छन् । सदरमुकाम खलङ्गासँगै जोडिएको खोलामा पुल नबन्दा बाहिर जाने जिल्लाभरिका यात्रुले वर्षायाममा ठूलो सास्ती भोग्नु परिरहेको यात्रुको भनाइ छ । Advertisement पुल नहुँदा बर्सेनि वर्षायाममा सडक अवरुद्ध हुने गरेको छ । रु तीन करोड लागतको पुल निर्माणका लागि सात वर्षअघि लुम्बिनी र आशिष जेभीले सडक विभागसँग सम्झौता गरेको थिए । पुल निर्माणस्थलको भौगोलिक अवस्था र डिजाइनबीच तालमेल नमिल्दा पुल निर्माण गर्न नसकिएको निर्माण कम्पनीले जनाएको छ । परामर्शदाता कम्पनी आइएमइरआ...
९०% सम्म प्रभावकारी कोरोना भाइरस विरुद्धको खोप

९०% सम्म प्रभावकारी कोरोना भाइरस विरुद्धको खोप

देश, समाचार, सामाजिक, स्वास्थ्य
लन्डन — कोभिडविरुद्ध विकास भइरहेको एउटा खोपले सकारात्मक नतिजा दिएको छ । अमेरिकी बहुराष्ट्रिय कम्पनी फाइजरले आफूहरूले कोभिड– १९ संक्रमण रोक्न सक्ने प्रभावकारी खोप विकास गरेको जनाएको छ । विश्वभर कोभिड–१९ संक्रमितको संख्या ५ करोड नाघेकै दिन सोमबार यो समाचार सार्वजनिक भएको हो । उक्त खोपले ९० प्रतिशत मानिसलाई संक्रमित हुनबाट बचाउने एक प्रारम्भिक अनुसन्धानले देखाएको छ । उक्त खोप ६ वटा मुलुकका ४३ हजार ५ सय मानिसमा परीक्षण गर्दा स्वास्थ्यमा कुनै पनि समस्या नदेखिएको बताइएको छ । कम्पनीले यसै महिनाको अन्त्यसम्ममा आपत्कालीन प्रयोगका लागि स्वीकृति लिने तयारी गरेको बीबीसीले जनाएको छ । हाल विश्वभर करिब दुई दर्जन खोप अन्तिम अर्थात् तेस्रो चरणमा पुगेका छन् तर सकारात्मक परिणाम देखाउने यो खोप पहिलो भएको निर्माणकर्ताको दाबी छ । तीन महिनाको अन्तरमा दुइटा डोज आवश्यक पर्ने र दोस्रो डोजको एक सा...
राष्ट्रिय जनगणन : आर्थिक र सामाजिक पक्षको अध्ययन गरिने

राष्ट्रिय जनगणन : आर्थिक र सामाजिक पक्षको अध्ययन गरिने

देश, समाचार
‘मेरो गणना, मेरो सहभागिता, राष्ट्रिय जनगणना २०७८’ भन्ने मूल नाराका साथ हुन लागेको राष्ट्रिय जनगणना–२०७८ मा जनसंख्या मात्रै नभइ आर्थिक, सामाजिकलगायतका पक्षबारे समेत अध्ययन गरिने भएको छ ।  यस पटकको जनगणनामा पहिलो पटक घर तथा परिवारसम्बन्धी स्वामित्व विवरण, व्यवसाय प्रयोजनमा प्रयोग भएका घरको विस्तृत तथ्यांक संकलन गरिने  केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए । उहाँका अनुसार त्यसका साथै कृषिमा प्रयोग भएका जग्गा, पशुपंक्षीको तथ्यांक र वित्तीय पहुँच, तालिमप्राप्त जनशक्ति, सरकारी अनुदानमा प्रयोग भएको घरको समेत तथ्यांक संकलन गरिने उनले बताए ।  केन्द्रीय तथ्यांक विभाग र आर्थिक पत्रकार समाज (सेजन)ले आज आयाजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा उनले प्रत्येक १० वर्षमा गरिने राष्ट्रिय जनगणना शुरु हुन अब २११ दिन बाँकी रहेको बेला उनले प्रारम्भिक अनुमा...
ओलीले सरकारको नेतृत्व गर्ने नैतिकता समाप्त भइसक्योः  उपेन्द्र यादव

ओलीले सरकारको नेतृत्व गर्ने नैतिकता समाप्त भइसक्योः उपेन्द्र यादव

देश, राजनीति, समाचार
रौतहट । जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहने नैतिकता समाप्त भएको बताएका छन् । रौतहटको देवाही गोनाही नगरपालिकामा सोमबार आयोजित शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम लाई सम्बोधन गर्दै अध्यक्ष यादवले सो टिप्पणी गरेका हुन् । पूर्व उपप्रधानमन्त्री समेत रहेका यादवले भने– ‘प्रदेश सरकारको आफ्नो शासन, आफ्नो प्रशासन र आफनै नियम कानुन हुन्छ तर संघीय सरकारले सबै अधिकार कटौती गरेको छ । मधेसी जनताको अधिकार र पहिचानको लागि फ़ेरि अर्को आन्दोलनको आवश्यकता देखिँदै गएको छ ।’ उक्त आन्दोलनको नेतृत्व  जनता समाजवादी पार्टीले लिन तयार रहेको समेत उनले बताए । Advertisement कार्यक्रममा अर्का नेता राजकिशोर यादवले इतिहासका हरेक आन्दोलनमा रौतहटका जनताको अग्रणी भूमिका रहेको बताउदैं अधिकारको लडाइँमा साथ दि...
नयाँ प्रक्रियाबाट तीनकुने पुलको निर्माण

नयाँ प्रक्रियाबाट तीनकुने पुलको निर्माण

देश, समाचार
लामो समयदेखि निर्माण अवरुद्ध तीनकुनेस्थित वाग्मती पुल नयाँ प्रक्रियाबाट बनाइने भएको भएको छ । निर्माणमा संलग्न कम्पनी पप्पु कन्स्ट्रक्सन प्रालिसँगको ठेक्का सम्झौता तोडेसँगै नयाँ प्रक्रियाबाट बनाउन लागिएको हो ।  अब १५÷२० दिनमा ठेक्का सम्झौता हुने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । समयानुसार बजार भाउ बढ्दा पहिलेभन्दा बजेट बढ्नेछ । पुल ‘डिजाइन एण्ड बिल्ड’ का आधारमा बनाउन शुरु भएको थियो । आयोजनाका प्रमुख गुरु अधिकारीले भने, “पहिलेजस्तै बन्छ,  लम्बाई, चौडाइ केही पनि परिवर्तन हुँदैन ।”  सरकारले कम्पनीले निर्माणका लागि लिएको दुई किसिमका बैङ्कको जमानत फिर्ता लिइसकेको छ । कार्यसम्पादन जमानतमार्फत राखिने पाँच प्रतिशत रकम सरकारको खातामा ल्याइएको हो ।   मोबीलाइजेशन कम्पनीलाई उपलब्ध गराएकामा त्यो फिर्ता भएको छ । कम्पनीले बीचमा काम छाडेकाले बाँकी काम कति छ त्यो का...
मन्त्री ज्ञवालीद्वारा देश को आधिकारिक नाम सम्बन्धी संविधान संशोधनको प्रस्ताव

मन्त्री ज्ञवालीद्वारा देश को आधिकारिक नाम सम्बन्धी संविधान संशोधनको प्रस्ताव

देश, राजनीति, समाचार
काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले देशको नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेख्ने भए संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।  संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा उपस्थित भएका मन्त्री ज्ञवालीले देशको नाममा विशेषण जोडनुपर्ने भए संविधान संशोधन गर्नुपर्ने बताएका हुन् । मुलुकको शासन प्रणालीलाई देशको नाममा जोडने हो भने संविधान संशोधन गर्न छलफल गर्न सकिने पनि उनले बताए । तर अहिलेको संविधानमा नेपालको नाम नेपाल भनिएको हुनाले प्रशासनिक हिसाबले पत्राचार गर्ने काममा नेपाल भनेर लेख्ने निर्णय सरकारले गरेको पनि मन्त्री ज्ञवालीले स्पष्ट पारे । उनले भने– ‘मुलुकको शासन प्रणालीलाई नाममा रिफ्लेक्ट गर्न हुन्छ कि हुँदैन । हुँदै हुँदैन भन्ने पनि होइन । गर्न पनि सकिन्छ कतिपय मुलुकले गरेका छन् । त्यसो गर्ने हो भने हामी संविधानमै जानुपर्ने हुन्छ । संविधान संश...
प्रदेश सांसदद्वारा उपेन्द्र यादवको कार्यक्रम  बहिष्कार

प्रदेश सांसदद्वारा उपेन्द्र यादवको कार्यक्रम बहिष्कार

देश, राजनीति, समाचार
रौतहट । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको कार्यक्रम उनकै पार्टीका दुईजना प्रदेश सांसदले बहिष्कार गरेका छन् ।  रौतहटको देवाही गोनाही नगरपालिकामा आयोजित शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम प्रदेश सांसद बाबुलाल साह र अर्का सांसद अबुलकलाम आजाद फुलबाबुले बहिष्कार गरेका हुन् । Advertisement जनता समाजवादी पार्टीका अर्का एक नेताको ईशारामा कार्यक्रममा मर्यादाक्रम मिचेर अपमान गरिएको भन्दै प्रदेश सांसदद्वयले कार्यक्रम बहिष्कार गरेको समाजवादी नेता राजकुमार दाशले बताए ।  साभार: रातोपाटी ...
सात बाइक चोर पक्राउ

सात बाइक चोर पक्राउ

देश, समाचार, सामाजिक
प्रहरीले जिल्लाका विभिन्न ठाउँमा मोटरसाइकल चोरी गर्ने र खरिद गर्ने सात जनालाई पक्राउ गरेको छ । मोटरसाइकल चोरी भएको उजुरी परेपछि प्रहरीले सक्रियता बढाउँदा चोरीमा संलग्न र चोरीका मोटरसाइकल खरिद गर्नेलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेमा बाराको करैयामाई नगरपालिका–५ घर भई हाल खैरहनी नगरपालिका–९ बस्ने २८ वर्षीय विजय चौधरी, सोही ठाउँ घर भई भरतपुर महानगरपालिका–३ बस्ने १९ वर्षीय राकेश चौधरी र बाराको कोल्हवी नगरपालिका–७ का २४ वर्षीय महेश चौधरी रहेका छन् । यस्तै मोटरसाइकल चोरी गर्नेमा भरतपुर महानगरपालिका–११ का २६ वर्षीय दिनेश गुरुङ र २५ वर्षीय मनोज दराई रहेका छन् । Advertisement चोरीका मोटरसाइकल खरिद गर्ने खैरहनी नगरपालिका–१२ का २४ वर्षीय समीर चौधरी र २८ वर्षीय अमृत चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ । विभिन्न...
यो वर्ष तिहार ढिला भएपछि सुक्यो सयपत्री

यो वर्ष तिहार ढिला भएपछि सुक्यो सयपत्री

देश, समाचार, सामाजिक
यस वर्ष तिहार ढिलो गरी आउँदा सयपत्री र मखमली फूलहरु सुक्न थालेका छन् । बागलुङका अधिकांशका घरमा रहेका सयमत्री र मखमली फुलहरु सुख्न थालेका हुन् । तिहार आएको महसुस गराउने फूल बोटमै सुक्न थालेपछि तिहारमा प्राकृतिक फूलका मालाको अभाव हुने भएको छ ।  यस वर्षको तिहार गत वर्षको भन्दा झण्डै एक महिनापछि धकेलिँदा सयपत्री फूल तिहारका लागि जोगाउन कठिन भएको बागलुङको काठेखोला गाउँपालिका–७ का स्थानीय युवराज शर्माले बताइ । Advertisement यसपालि तिहार अगावै बोटसहित फूलसमेत सुक्ने, ओइलाउने र कुहिने भएपछि धेरै मात्रामा फूल खपत हुने पर्व तिहारमा प्राकृतिक फूलको अभाव हुने अवस्था आएको उनले बताए । मठ मन्दिर तथा शक्तिपीठहरु समेत कोरोनाका कारण बन्द अवस्थामा रहेकाले विगतमा जस्तो अन्य समयमा समेत फूलको खपत छैन । घरायसी प्रयोजनका लागि तिहारलाई साँचेका फूल सुक्न थालेपछि स्थानीय...