२०८३ बैशाख २२

Author: Raunak

उत्तर–दक्षिण जोडिने कोशी राजमार्ग छिट्टै बन्ने : प्रधानमन्त्री ओली

उत्तर–दक्षिण जोडिने कोशी राजमार्ग छिट्टै बन्ने : प्रधानमन्त्री ओली

देश, राजनीति, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग जोडिको किमाथाङ्का नाका र उत्तर–दक्षिण कोशी राजमार्गको आज अवलोकन गर्दै यी दुई मार्ग चाँडै एकापसमा जोडिने अपेक्षा व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले उत्तर–दक्षिण कोशी राजमार्गको आज हेलिकप्टरबाट  अनुगमन  गरेका थिए । उक्त मार्ग चीन, भारत र नेपाललाई जोड्ने देशकै महत्वपूर्ण बाटो रहेको बताउँदै यसका लागि सरकारले प्राथमिकता दिएको उनले बताए । प्रधानमन्त्री ओलीले संखुवासभाको किमाथाङ्का सडक खण्डको पहरा छिचोल्न नेपाली सेनालाई जिम्मा दिइसकिएको र सडक ट्रयाक खुलेपछि भएपछि कालोपत्रसम्मको काम क्रमशः हुने बताए । उत्तर–दक्षिण कोशी सडक निर्माणपछि किमाथाङ्का निकै नजिक हुने उनको भनाइ छ । उनले आफू जनताबाट निर्वाचित भई स्थिरताका लागि सरकार प्रमुख भएकाले कसैले राजीनामा माग्दैमा नदिने दोहोर्याउनुभयो । उनले पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (न...
कोरोना मृतक ११ सय नाघ्यो,  संक्रमितको संख्या २ लाख नाघे

कोरोना मृतक ११ सय नाघ्यो, संक्रमितको संख्या २ लाख नाघे

देश, समाचार, सामाजिक, स्वास्थ्य
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म २ लाख २ हजार ३२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै हालसम्म मृतकको संख्या ११ सय ९ पुगेको छ ।  Advertisement यसैगरी हालसम्म कुल १ लाख ६२ हजार २४३ जना निको भएका छन् । हालसम्म १५ लाख ७४ हजार २९५ जनाको पीसीआर परीक्षण भएको छ । मन्त्रालयका अनुसार बुधबार २ हजार ५६९ जना संक्रमित थपिएका छन् भने १ हजार ६६६ जना निको भएका छन् ।  यस्तै ३८ हजार ९१२ जना सक्रिय संक्रमित रहेका छन्।  साभार: रातोपाटी ...
सरकारद्वारा मंसिर २ गते सार्वजनिक विदा दिने निर्णय

सरकारद्वारा मंसिर २ गते सार्वजनिक विदा दिने निर्णय

देश, समाचार
काठमाडौँ । किजा पुजाको अवसरमा सरकारले मंसिर २ गते (मंगलवार) सार्वजनिक बिदा दिएको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले बिदा दिने निर्णय गरेको हो ।  किजा पुजाको अवसरमा बिदा दिने निर्णय भएको गृह मन्त्रालयले बुधबार जारी गरेको सूचनामा उल्लेख छ ।  Advertisement शुक्रवारदेखि बन्द भएका सरकारी कार्यालय, सार्वजनिक निकाय र अन्य कार्यालयहरु कात्तिक ३ गतेपछि मात्रै खुल्नेछन् । शनिबारदेखि सुरु हुने तिहारको बिदा सोमबारसम्म रहेको छ। साभार: रातोपाटी ...
३८ अर्ब बराबरको विदेशी लगानी स्वीकृत

३८ अर्ब बराबरको विदेशी लगानी स्वीकृत

देश, राजनीति, समाचार
लगानी बोर्डले तीन ठूला जलविद्युत् परियोजनाका लागि रु ३८ अर्ब बराबरको विदेशी लगानी स्वीकृत गरेको छ । बोर्ड अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मङ्गलबार बसेको बोर्डको ४५ औँ बैठकले तीन ठूला परियोजनाका लागि रु ३८ अर्ब ६८ करोड बराबरको लगानी स्वीकृत गरेको हो । सार्वजनिक निजी साझेदारी अवधारणामा कार्यान्वयन हुने ७७ दशमलव ५ मेगावाट क्षमताको घुन्साखोला जलविद्युत् परियोजनाका लागि रु १७ अर्ब ६२ करोड ४० लाख बराबरको विदेशी लगानी स्वीकृत गरेको बोर्डका प्रवक्ता धर्मन्द्रकुमार मिश्रले जनाकारी दिए । उनका अनुसार ५७ मेगाावाटको हिमचुली दोर्दी जलविद्युत् परियोजनाका लागि रु १० अर्ब ६१ करोड ९१ लाख र ६५ मेगावाटको दुधखोला जलविद्युत् परियोजनाका लागि रु दश अर्ब ४३ करोड ६० लाख लगानी स्वीकृत भएको हो । Advertisement यसैगरी उक्त बैठकमा लगानी बोर्ड कार्यालय...
शुद्ध तेलका लागि कोलुको प्रयोग

शुद्ध तेलका लागि कोलुको प्रयोग

देश, समाचार, सामाजिक
डोटीका नौ वटै स्थानीय तहमा तोरी पेल्न परम्परागत कोलुको प्रयोग हुने गरेको छ । कोलुमा पेलेको तेल शुद्ध हुने भएकाले यो धार्मिक कार्यमा पनि प्रयोग गरिन्छ । पछिल्लो समय तोरी पेल्न जताततै व्द्यिुत मिल सञ्चालन भएपनि जिल्लाका अधिकांश क्षेत्रका नागरिकले प्रायःजसो तोरी पेल्न कोलुको प्रयोग गर्ने गरेका छन् । जिल्लाको सबैभन्दा बढी बोगटान फुड्सिल गाउँपालिकाका विभिन्न वडामा शुद्ध तोरीको तेल पेल्न लागि परमपरागत कोलुको प्रयोग हुँदै आएको छ ।  काठको मुडाबाट बनेको र कम्तीमा तीनदेखि चार जनाले हातले घुमाएर तोरी पेल्न बनाएको उक्त कोलु लोप हुँदै गए पनि बोगटान फुड्सिल गाउँपालिकामा भने चलिरहेको स्थानीयवासी प्रकाश बमले बताए ।  Advertisement नयाँ पुस्ताले कोलुलाई बिर्षदै गएको भए पनि कोलुबाट पेलिने तेल निकै अग्र्यानिक, शुद्ध र पौष्टिक हुने गरेकोले गाउँघरमा विवाह, ब्रतबन...
सात महिना पश्च्यात प्रधानमन्त्री राजधानी बाहिर : ५ घंटे भ्रमण

सात महिना पश्च्यात प्रधानमन्त्री राजधानी बाहिर : ५ घंटे भ्रमण

देश, राजनीति, समाचार
काठमाडौं । केही आयोजनाको निरीक्षण तथा अनुगमनका लागि प्रधानमन्त्री केपी शर्मा ओली पूर्वी पहाडी जिल्ला संखुवासभा पुगेका छन् । गत फागुनमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि काठमाडौं बाहिर ननिस्किएका प्रधानमन्त्री ओली बुधबार केही घण्टाका लागि संखुवासभा पुगेका हुन् । झण्डै ७ महिनापछि उपत्यका बाहिर निस्किएका प्रधानमन्त्री ओलीले बुधबार संखुवासभा जिल्लामा करिव साढे ५ घण्टा विताउने कार्यक्रम तय भएको प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद आचार्यले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार प्रधानमन्त्री ओली सडक र जलविद्युत आयोजनाको निरीक्षण अनुगमनसहित ३ वटा कार्यक्रममा सहभाभगी बन्नेछन् । साथै स्थानीय जनप्रतिनिधिसँग पनि प्रधानमन्त्री ओलीले छलफल गर्नेछन् । Advertisement ‘प्रधानमन्त्री ओलीले मुख्य तीनवटा कार्यक्रमको अनुगमन तथा निरीक्षण गर्ने कार्यक्...
मन्त्री भानुभक्त ढकाल भन्छन “निःशुल्क परीक्षण र उपचार सरकारको दायित्व”

मन्त्री भानुभक्त ढकाल भन्छन “निःशुल्क परीक्षण र उपचार सरकारको दायित्व”

देश, राजनीति, समाचार
काठमाडौं । सरकारले राज्यको जिम्मेवारी बहान गरी पुनः सरकारी अस्पताल र प्रयोगशालामा कोरोना भाइरस (कोभिड–१९) को परीक्षण र उपचार निःशुल्क गराउने भएको छ । मन्त्रिपरिषद् बैठक सोमबारको बैठकले सबैको पिसिआर परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले आज सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले विगतमा पनि निःशुल्क गर्दै आएको र स्वास्थ्यसेवा विस्तार गरेको जनाउँदै जनतालाई सेवा दिन सरकार पछि नपर्ने स्पष्ट पारे । खर्च धान्न नसक्ने भएको जनाउँदै तिर्न सक्ने नागरिकसँग शुल्क लिने र विपन्नसँग शुल्क नलिने निर्णय भएकामा सर्वोच्च अदालतको आदेश र नागरिक क्षेत्रको सुझावपछि सरकारले नयाँ निर्णय गरेको हो ।  Advertisement नेपालमा अहिलेसम्म करीब १५ लाखको पिसिआर परीक्षण गर्दा दुई लाखमा सङ्क्रमण पुष्टि भएको छ । शुरुमा कोभिड–१९ को प...
नाम परिवर्तन गरेर सरकारले संघीयता र गणतन्त्र समाप्त पार्न लाग्योः उपेन्द्र यादव

नाम परिवर्तन गरेर सरकारले संघीयता र गणतन्त्र समाप्त पार्न लाग्योः उपेन्द्र यादव

देश, राजनीति, समाचार
जनकपुर । जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले सरकार संघीयता र गणतन्त्र समाप्त पार्ने खेलमा लागिपरेको आरोप लगाएका छन् । जनकपुरधाममा पार्टीको भ्रातृसंगठन समाजवादी युवा संघले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन् । अध्यक्ष यादवले नेपालको संविधानले अपरिवर्तनीय रुपमा राखेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई समेत वर्तमान ओली सरकारले चुनौैती दिने चेष्टा गरेकाले संघीय गणतन्त्र माथि खतरा मडारिन थालेको बताए । Advertisement मुलुक कोरोना महामारीको संकटमा रहेको समयमा सरकारको मुख्य कर्तव्य जनताको ज्यानको सुरक्षा हुनुपर्नेमा त्यसो नभई अन्यत्र चलखेलमा लाग्नु मुलुकको लागि दूर्भाग्य भएको चिन्ता उनले व्यक्त गरे । उनले भने– ‘जनताको जीउ धनको सुरक्षा गर्न नसक्ने सरकारको आवश्यकता छैन, अब सरकारविरु...
‘अन्तर्राष्ट्रिय टुरिजम हीरो’ अवार्डद्वारा  दीपक राज जोशी सम्मानित

‘अन्तर्राष्ट्रिय टुरिजम हीरो’ अवार्डद्वारा दीपक राज जोशी सम्मानित

देश, समाचार
काठमाडौं । वर्ल्ड टुरिजम नेटवर्कद्वारा नेपाल पर्यटन बोर्डका निवर्तमान सीइओ तथा टुरिजम रिकभरी टास्कफोर्स नेपालका संयोजक दीपक राज जोशीलाई अन्तर्राष्ट्रिय टुरिजम हीरो अवार्डद्वारा सम्मानित गरिएको छ।  पर्यटन क्षेत्रको दिगो विकास र प्रवर्धनका लागि जोशीले निर्वाह गरेको उल्लेखनीय भूमिका, निरन्तर कृयाशीलता, सकारात्मक योगदान र कोरना महामारीका कारण शिथील बनेको पर्यटन क्षेत्रको पुनरुत्थान अभियानमा देखाएको सक्रियताका लागि सो अवार्ड प्रदान गरिएको हो।   Advertisement दक्षिण एशियाबाट उक्त अवार्ड प्राप्त गर्ने प्रथम व्यक्तिका रुपमा जोशी  ‘ईन्टरनेशनल हल अफ टुरीजम हीरोज’ को सदस्य समेत पाउने पहिलो नेपाली बनेका छन्।   विश्वभरीबाट नामाङ्कन दर्ता गरिएका पर्यटन क्षेत्रमा आबद्ध व्यक्तिहरुको मूल्यांकनका आधारमा उत्कृष्ट, समर्पित एवं उल्लेखनीय योगदान दिँदै क...
१४२० कोरोना  संक्रमित थपिए : काठमाडौं

१४२० कोरोना संक्रमित थपिए : काठमाडौं

देश, समाचार, सामाजिक, स्वास्थ्य
बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १४२० जना संक्रमित थपिएका छन् । जसमा ६०३ महिला र ८१७ पुरुष रहेका छन् ।  Advertisement यस्तै देशभर थप २ हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै २२ जनाले ज्यान गुमाएका छन् ।