बैतडी बस दुर्घटनाका मृतक ९ जनाकै पहिचान खुल्यो
काठमाडौँ । बिहीबार राति दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा भएको सडक दुर्घटनामा परी मृत्यु भएका ९ जनाको सनाखत भएको छ ।
मृत्यु हुनेहरुमा दार्चुला मालिकार्जुन गाउँपालिका डाँडाकोछ बस्ने जगन्नाथ ओझा, बैतडी दोगडा केदार गाउँपालिका–सित्थड बस्ने कविन्द्र प्रसाद जोशी र सोही ठाउँकै २७ वर्षीय करन सिंह ऐडी रहेका छन् ।
यस्तै दार्चुला खरकडा बस्ने तर्कराज गिरी, कञ्चनपुर भिमदत्त न.पा. घर भएकी १५ वर्षीया कृतिका कार्की र बैतडी घर भएका कञ्चनपुरमा कार्यरत प्रहरी जवान रणबहादुर चन्दको मृत्यु भएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
दार्चुलाको लेकम गाउँपालिका–४ का तर्कराज गिरी, कञ्चनपुरको भिमदत्त नगरपालिका–१० का विज्ना धामी, धनगढी उपमहानगरपालिका–४ का नरेन्द्र चौधरी तथा सोही उपमहानगरपालिका १८ का ऋषिराम चौधरीको पनि मृत्यु भएको हो ।
Advertisement
...









