२०८३ बैशाख २४

Author: Raunak

मन्त्री साहद्वारा सहिद परिवारलाई जागिर दिने घोषणा

मन्त्री साहद्वारा सहिद परिवारलाई जागिर दिने घोषणा

देश, राजनीति, समाचार, सामाजिक
रौतहट ।  शहरी विकास मन्त्री प्रभु साहले जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनका साथै सबै  आन्दोलनहरूका शहिद परिवारलाई जागिर दिने घोषणा गरेका छन् । शुक्रवार रौतहटको माधव नारायण नगरपालिका वडा ५  मिठुअवामा जनयुद्धका शहिद परिवारहरुको सम्मान कार्यक्रममा सम्बोधन गर्दै नेकपा प्रदेश दुईका अध्यक्ष समेत रहेका मन्त्री साहले ईन्जिनियर र सब ईन्जिनियर पढेका शहिद परिवारका सदस्यलाई योग्यता अनुसार आफ्नो मन्त्रालयमा जागिर दिने उदघोष गरेका हुन ।  Advertisement आफू बहाल रहेको शहरी विकास मन्त्रालय निर्माणसंग सम्बन्धित रहेकोले शहिद परिवारमा सिभिल ईन्जिनियर तथा सब(ईन्जिनियर पढेकालाई जागिरको व्यवस्था गर्ने मन्त्री साहले बताएका थिए । मन्त्री साहले योग्यताका आधारमा सबै शहिद परिवारलाई रोजगारी प्रदान गर्ने उद्देश्य राखेको प्रतिबद्धता जनाएका छन्  । ...
आयुर्वेद स्नातक तहको लाइसेन्स परीक्षाको फारम खुल्यो

आयुर्वेद स्नातक तहको लाइसेन्स परीक्षाको फारम खुल्यो

देश, शिक्षा, समाचार
काठमाडौं । आयुर्वेद स्नातक तह बीएएमएस उत्तिर्ण गरेकाहरुको स्थायी नाम दर्ता सम्बन्धी लाइसेन्स परीक्षा फागुन ८ गते सञ्चालन हुने भएको छ । Advertisement आयुर्वेद चिकित्सा परिषद नेपालले जारी गरेको सूचना अनुसार परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले माघ १३ गतेदेखि फारम भर्न सक्छन् । आयुर्वेद स्नातक उत्तिर्ण गरेका विद्यार्थी परीक्षामा सहभागी हुन कम्तीमा ६ महिना इन्टर्नशीप पुरा गरेको हुनुपर्ने आयुर्वेद चिकित्सा परिषद नेपालद्वारा जारी गरिएको सूचनामा उल्लेख छ ।  परीक्षामा सहभागी हुन माघ १३ देखि २७ गतेसम्म नियमित दस्तुर र माघ २८ देखि फागुन ४ गतेसम्म थप दस्तुर तिरेर फारम भर्न सकिने सूचनामा उल्लेख छ ।  साभार: रातोपाटी ...
पारलैङ्गिक समूहमाथि प्रहरीको कुटपिट

पारलैङ्गिक समूहमाथि प्रहरीको कुटपिट

देश, समाचार, सामाजिक
९ माघ, काठमाडौं । काठमाडौंको नयाँ बसपार्कमा पारलैङ्गिक व्यक्तिहरूमाथि प्रहरीले कुटपिट गरेको छ । गोंगबुको नयाँ बसपार्क क्षेत्रमा रहेका पारलैङ्गिकहरूको समूहमाथि प्रहरीले कुटपिट गरेको भिडियो सार्वजनिक भएको हो । बिहीबार राति गोंगबुबाट प्रहरीले १३ जना पारलैङ्गिकहरूलाई पक्राउ समेत गरेको थियो । इन्स्टाग्राममा सार्वजनिक भएको भिडियोमा प्रहरीले उनीहरूलाई पक्राउ गरिसकेपछि पनि कुटपिट गरिरहेको देखिन्छ । भिडियोमा उनीहरूले गुहार मागिरहेको सुनिन्छ । Advertisement नयाँ बसपार्कबाट पक्राउ गरिएका १३ जना र पछि महाराजगञ्जबाट पक्राउ गरिएका ३ गरी १६ जनालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्ज, बालाजु, गौशाला र सोह्रखुट्टेमा राखिएको छ । उनीहरूलाई अभद्र व्यवहार सम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको महाराजगञ्ज प्रहरी वृत्तका डिएसपी रोशन खड्काले जानकारी दिए । प्रहरीले भने अ...
सबै दल एक भएर संयुक्त जनआन्दोलन गरौं : भट्टराई

सबै दल एक भएर संयुक्त जनआन्दोलन गरौं : भट्टराई

देश, राजनीति, समाचार
९ माघ, बुटवल । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी बैशाखमा चुनाव हुनै नसक्ने ठोकुवा गरेका छन् । प्रेस नेपालले शुक्रबार बुटवलमा गरेको पत्रकार भेटघाटमा भट्टराईले व्यवस्था भत्काउने र निरंकुश शासक बन्ने ओलीको ‘माइन्ड सेट’का कारण प्रतिनिधि सभा विघटन गरिएको भन्दै संसद पुःस्थापना नभई चुनाव हुन नसक्ने दावी गरे । Advertisement ‘चुनाव गर्न होइन, व्यवस्था भत्काउने र निरंकुश शासक बन्न चुनाव घोषणा गरिएको हो,’ भट्टराईले भने, ‘ओलीको माइन्ड सेट नै गलत आचरण र चरम महत्वाकांक्षाको छ ।’ संसद पुनःस्थापना नगरी हुने चुनावबाट कसैको बहुमत नआउने र मुलुक संवैधानिकरुपमा सधैंका लागि अस्थिरतामा फस्ने भट्टराईले औंल्याए । संवैधानिक निकाय, सुरक्षा लगायत राज्यका सबै अंग नियन्त्रणमा लिएर तथा राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा सेटिङ...
मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्तावबारे बुढानीलकण्ठमा काँग्रेसको निर्णायक छलफल

मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्तावबारे बुढानीलकण्ठमा काँग्रेसको निर्णायक छलफल

देश, राजनीति, समाचार
काठमाडौं । बागमती प्रदेशको सत्ता समीकरणका विषयमा नेपाली काँग्रेस रणनीतिक छलफलमा जुटेको छ । विहान १० बजेबाट सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पार्टी पदाधिकारी र बागमती प्रदेशका केन्द्रीय नेताहरुबीच छलफल सुरु भएको छ ।  सभापति देउवाले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्तावबारे संस्थागत धारणा बनाउन नेताहरुसँग परामर्श थालेको देउवाका स्वकीय सचिव भानु देउवाले रातोपाटीलाई जानकारी दिए ।  Advertisement यता आज (शुक्रबार) दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ ।  बैठकमा पौडेलविरुद्धको अविश्वास प्रस्ताव टेबुल हुने छ । नेकपाको प्रचण्ड नेपाल समूहले मुख्यमन्त्री पौडेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन्। उक्त समूहले मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई अगाडि सारेका छन्।  तर वाग्मती प्रदेशमा नयाँ सरकार गठन ...
भारतीय प्रधानमन्त्रीले भने– ‘कोभिड विरुद्धको लडाइँमा नेपाली जनतालाई सहयोग गर्न भारत सधैँ प्रतिबद्ध छ’

भारतीय प्रधानमन्त्रीले भने– ‘कोभिड विरुद्धको लडाइँमा नेपाली जनतालाई सहयोग गर्न भारत सधैँ प्रतिबद्ध छ’

देश, राजनीति, विदेश / एन.आर.एन, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोप उपलव्ध गराएकोमा भारत सरकारलाई धन्यवाद दिएका छन् । भारतले नेपाललाई १० लाख डोज कोरोना खोप उपलव्ध गराएलगत्तै प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, त्यहाँको सरकार र भारतीय जनतालाई ट्वीटरमार्फत धन्यवाद दिएका हुन् । Advertisement प्रधानमन्त्री ओलीले धन्यवाद दिएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड १९ विरुद्धको लडाइँमा नेपाली जनतालाई सहयोग गर्न भारत सधैं प्रतिबद्ध रहेको बताएका छन् । ट्वीटरमार्फत प्रधानमन्त्री मोदीले नेपाली जनतालाई सहयोग गर्न प्रतिबद्ध रहेको बताएका हुन् । उनले  भारतमा बनाइएका खोपहरूले महामारी नियन्त्रण गर्ने  विश्वव्यापी प्रयासमा पनि योगदान पुर्याउने स्पष्ट पारेका छन् । भारतले बिहीबार नेपाललाई १० लाख डोज कोरोना खोप उपलव्ध गराएको छ । साभार: रातोपाटी ...
पाँच वर्षकै उमेरमा बलात्कृत भएपछि अस्पतालमा छटपटाउँदै बालिका (पूरा भित्र)

पाँच वर्षकै उमेरमा बलात्कृत भएपछि अस्पतालमा छटपटाउँदै बालिका (पूरा भित्र)

देश, समाचार, सामाजिक
काठमाडौं । शिक्षण अस्पताल महाराजगञ्जको बालरोग कक्षभित्र जनरल वार्डभित्र बेड नं ९१४ मा छट्पटाइरहेकी ५ वर्षीया बालिका निर्मला मल्लाह (नाम परिवर्तन) को जीवन कोपिलामै चुडिएको छ । दाइने गालामा धारिलो हतियारले छाला र मासु निकालेजस्तो गहिरो चोट छ । देब्रे आँखाको तल्लो भाग काटिएको छ । उनी देब्रे आँखा खोलेर हेर्न सक्दिनन् । घाँटीमा गहिरो निलो दाग छ । ओठको माथिल्लो भागको एउटा चोक्टा नै निकालिएको छ । योनाङ्गमा गहिरो घाउ लागेको छ । अनुहार पूरै सुन्निएको छ । दिशा पिसाबका लागि कोखाबाट पाइप लगाइएको छ ।  निर्मला रुपन्देहीको तिलोत्तमा–१५ स्थानीय बासिन्दा हुन् । स्थानीय विद्यालयमा कक्षा एकमा पढ्दै गरेकी उनी माघ १ गते बलात्कारको शिकार भइन् । घर नजिकै हिरालाल मल्लाहको घरमा कामदारको रुपमा बस्दै आएका कपिलवस्तु बाणगंगा–१२ का २८ वर्षीय होमबहादुर विकलाई प्रहरीले घटनास्थलबाट नै पक्राउ गर्यो ।  पसलमा...
न्यायाधीशहरुलाई वर्षमानको प्रश्नः ओलीले अदालतमा सेटिङ मिलाएको छु भनेका छन्, कुरा के हो ?

न्यायाधीशहरुलाई वर्षमानको प्रश्नः ओलीले अदालतमा सेटिङ मिलाएको छु भनेका छन्, कुरा के हो ?

देश, राजनीति, समाचार
रोल्पा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले संसद विघटनविरुद्ध विचाराधीन मुद्दाको फैसला गर्ने क्रममा सर्वोच्च अदालत प्रधानमन्त्री केपी ओलीको दबाब, प्रलोभन र धम्कीमा नपर्ने विश्वास व्यक्त गरेका छन् ।      पुनले अदालतले संविधानको मर्म, भावना र अक्षरका आधारमा न्यायोचित फैसला गर्ने उल्लेख गर्नुभयो । संसद विघटनलाई ओली समूहबाहेक सबै राजनीति दल, पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश, कानूनविद, नागरिक अगुवा, सामाजिक अभियन्ता र सार्वजनिक सञ्चार माध्यम सबैले असंवैधानिक भनेकाले प्रतिनिधिसभा पुर्नस्थापनाको विकल्प नरहेको उनको भनाइ थियो ।  Advertisement प्रधानमन्त्री केपी ओली र उनको समूहका मानिसहरुले सर्वोच्चमा सेटिङ मिलाएकाले प्रतिनिधिसभा विघटन सदर हुने हल्ला चलाउँदै हिंडेको भन्दै त्यसमा सचेत रहन अदालतलाई पुनको आग्रह छ  ...
‘केपी ओली कम्युनिष्ट कसरी भए ?’

‘केपी ओली कम्युनिष्ट कसरी भए ?’

देश, राजनीति, समाचार
–पंखबहादुर शाही  सुर्खेत । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सुध्रिएर देश विकास गर्ने अपेक्षा राखेपनि उनले पुर्पुरोमा हात राख्नुपर्ने अवस्थामा ल्याई पुर्याएको बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा बिहीबार आयोजित भेलामा सम्बोधन गर्दै नेता नेपालले देश समृद्धिका लागि ओलीलाई सुधार्न विभिन्न प्रयास गरेपनि ओलीले आफुहरुलाई पुर्पुरोमा हात राख्नुपर्ने अवस्थामा ल्याएको बताएका हुन् ।  Advertisement उनले प्रधानमन्त्री ओलीले पार्टीका नेतामाथि बदलाको भावना राखेर मुलुकलाई संकटमा पारेको बताए । ‘ओलीले संविधान विरोधी, अलोकतान्त्रिक कदमहरु चाले’ उनले भने,  ओलीले  चालेका प्रतिगामी कदमले मुलुक संकटमा परेको हो ।’ पार्टीको निर्णय स्वीकार गर्न नसक्ने व्यक्ति पार्टीको साधारण सदस्य समेत रहन नसक्...
नेपाल आइपुग्यो भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप

नेपाल आइपुग्यो भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप

देश, विदेश / एन.आर.एन, समाचार, सामाजिक
नेपाल सरकारको पहलमा भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप आज बिहीबार काठमाडौं आइपुगेको छ । खोप बोकेको एयर इन्डियाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । Advertisement विमानस्थालमा एक औपचारिक कार्यक्रमबीच भारतले नेपाललाई सो खोप हस्तान्तरण गर्नेछ । सो खोप जोखिममा खटिएका व्यक्तिलाई प्राथमिकता निर्धारण गरेर उपलब्ध गराउने सरकारको तयारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन स्वास्थ्यकर्मीको विवरण संकलन गरिसकेको छ । पहिलो चरणमा प्राथमिकताका आधारमा स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सहयोगी, महिला स्वास्थ्य स्वयंसेविका, पालिकाका सफाइकर्मी, शव व्यवस्थापनमा खटिएकालाई खोप उपलब्ध गराउने तयारी छ । साभार: रातोपाटी ...