२०८१ बैशाख १५

भारतीय प्रधानमन्त्रीले भने– ‘कोभिड विरुद्धको लडाइँमा नेपाली जनतालाई सहयोग गर्न भारत सधैँ प्रतिबद्ध छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोप उपलव्ध गराएकोमा भारत सरकारलाई धन्यवाद दिएका छन् । भारतले नेपाललाई १० लाख डोज कोरोना खोप उपलव्ध गराएलगत्तै प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, त्यहाँको सरकार र भारतीय जनतालाई ट्वीटरमार्फत धन्यवाद दिएका हुन् ।


Advertisement


प्रधानमन्त्री ओलीले धन्यवाद दिएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड १९ विरुद्धको लडाइँमा नेपाली जनतालाई सहयोग गर्न भारत सधैं प्रतिबद्ध रहेको बताएका छन् । ट्वीटरमार्फत प्रधानमन्त्री मोदीले नेपाली जनतालाई सहयोग गर्न प्रतिबद्ध रहेको बताएका हुन् । उनले  भारतमा बनाइएका खोपहरूले महामारी नियन्त्रण गर्ने  विश्वव्यापी प्रयासमा पनि योगदान पुर्याउने स्पष्ट पारेका छन् । भारतले बिहीबार नेपाललाई १० लाख डोज कोरोना खोप उपलव्ध गराएको छ ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap