२०८१ बैशाख २१

आयुर्वेद स्नातक तहको लाइसेन्स परीक्षाको फारम खुल्यो

काठमाडौं । आयुर्वेद स्नातक तह बीएएमएस उत्तिर्ण गरेकाहरुको स्थायी नाम दर्ता सम्बन्धी लाइसेन्स परीक्षा फागुन ८ गते सञ्चालन हुने भएको छ ।


Advertisement


आयुर्वेद चिकित्सा परिषद नेपालले जारी गरेको सूचना अनुसार परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले माघ १३ गतेदेखि फारम भर्न सक्छन् ।

आयुर्वेद स्नातक उत्तिर्ण गरेका विद्यार्थी परीक्षामा सहभागी हुन कम्तीमा ६ महिना इन्टर्नशीप पुरा गरेको हुनुपर्ने आयुर्वेद चिकित्सा परिषद नेपालद्वारा जारी गरिएको सूचनामा उल्लेख छ । 

परीक्षामा सहभागी हुन माघ १३ देखि २७ गतेसम्म नियमित दस्तुर र माघ २८ देखि फागुन ४ गतेसम्म थप दस्तुर तिरेर फारम भर्न सकिने सूचनामा उल्लेख छ । 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap