२०८३ बैशाख २४

Author: Raunak

ओली समूहको कार्यक्रम बिथोल्न खोजेको भन्दै प्रचण्ड–माधव समूहका कार्यकर्ता पक्राउ

ओली समूहको कार्यक्रम बिथोल्न खोजेको भन्दै प्रचण्ड–माधव समूहका कार्यकर्ता पक्राउ

देश, राजनीति, समाचार
८ माघ, सप्तरी । नेकपा (ओली समूह) ले सप्तरीमा गर्न लागेको कार्यक्रम बिथोल्न खोजेको आरोपमा प्रचण्ड–माधव समूहका सात जना कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ओली समूहका नेता महेश बस्नेतको नेतृत्वमा बिहीबार सप्तरीमा मोटरसाइकल र्‍याली र प्रशिक्षण कार्यक्रम हुँदैछ । उक्त कार्यक्रमलाई बिथोल्न खोजेको भन्दै प्रहरीले बिहीबार बिहान प्रचण्ड–माधव समूहका छेदी रजक, बिनोद यादव, वडा अध्यक्षसमेत रहेका प्रेम यादवलगायतलाई पक्राउ गरेको हो । Advertisement सदरमुकाम राजविराजस्थित जनआन्दोलन चोकमा नाराबाजी गरिरहेका उनीहरुलाई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रवक्ता भुवनेश्वर साहले बताए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । प्रचण्ड–माधव समूहका नेता उमेश यादवले संसद विघटनको असंवैधानिक कदमविरुद नारा लगाएकै कारण पक्राउ गर्नु तानाशाही प्रवृत्ति भएको बता...
विप्लव समूहका जिल्ला ईन्चार्ज हतियारसहित पक्राउ

विप्लव समूहका जिल्ला ईन्चार्ज हतियारसहित पक्राउ

देश, राजनीति, समाचार, सामाजिक
काठमाडौँ । नेकपा विप्लव समूहका मोरङ जिल्ला ईन्चार्ज हातहतियारसहित पक्राउ परेका छन् ।  बुधबार दिउँसो २ बजे मोरङ बुढीगंगा गाउँपालिका-४ बाट संखुवासभा मादी नगरपालिका-४ ओखरबोटेका ३२ वर्षीय डिबि सिलवाल भन्ने धन बहादुर बिक पक्राउ परेका हुन् ।  Advertisement जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मान बहादुर राईका अनुसार बिक मोरङ जिल्लाका उद्योगी व्यवसायीहरुलाई धम्क्याउँदै चन्दा असुल गर्ने कार्यमा संलग्न हुँदै आएका थिए । लामो समयदेखि प्रतिवन्धित नेकपा विप्लव समूहमा आवद्ध रहेका उनी मोरङ जिल्ला ईन्चार्ज हुन् ।  उनको साथबाट प्रहरीले अटोमेटिक पेस्तोल एक थान,  म्याग्जिनमा लोड गरेको  अवस्थामा KF 7.65 लेखिएको गोली ३ थान , सिम नभएको ओप्पो कम्पनीको मोबाइल एक थान, कलर्स मोबाइल एक थान र सिमकार्डहरु बरामद गरेको छ । प्रहरी अनुसन्धानमा ...
प्रतिनिधिसभा विघटन मुद्दाको बहसमा ‘टाइम कार्ड लागू’

प्रतिनिधिसभा विघटन मुद्दाको बहसमा ‘टाइम कार्ड लागू’

देश, राजनीति, समाचार
–कालिका खड्का काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनको सुनुवाइका क्रममा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराले बहस गर्दा प्रत्येक कानून व्यवसायीले आधा घण्टामा बहस सकाउन ‘टाइम कार्ड लागू’ गरेका छन् ।   प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज सुनुवाइ शुरु भएलगत्तै प्रधानन्यायाधीश राणाले रिट निवेदनबाट बहस गर्ने प्रत्येक कानून व्यवसायीले ३० मिनेटमा सक्नु भनेर टाइमा कार्ड लागू गरेका हुन् । Advertisement आइतबारदेखि विषय केन्द्रित भएर सुनुवाइ शुरु भए पनि चौथो दिनसम्म आइपुग्दासम्म रिट निवेदकका तर्फबाट जम्मा १८ कानून व्यवसायीको मात्र बहस सकिएको छ । आज आधा घण्टामा बहस सक्नुपर्ने भन्ने समयसीमा तोकेपछि छ जना कानून व्यवसायीको बहस सकिएको छ । आज वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, डा चन्द्रकान्त ज्ञवाली, अधिवक्ता अनिता जोशी मानन्धर, झल विक, नवराज ...
डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छोडे

डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छोडे

विदेश / एन.आर.एन, समाचार
एजेन्सी । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको सपथ सुरु हुने केही घण्टाअघि डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छोडेका छन् । ट्रम्प आफ्नो घर फ्लोरिडातर्फ लागेका छन् । निवर्तमान हुँदै गरेका राष्ट्रपति ट्रम्प एन्डुज एयरबेसबाट फ्लोरिडातर्फ लागेका हुन्  । विदाई भाषणमा ट्रम्प र उनकी पत्नी मेलेनियाले अमेरिकी नागरिकहरुलाई धन्यवाद दिएका छन् ।यद्यपि, ट्रम्पले आफ्नो विदाई भाषणमा आफ्नो फिर्तीको संकेत गरेका छन् । Advertisement उनले नयाँ प्रशासनलाई बधाई दिँदै केही नयाँ काम गर्ने आधारहरु रहेको बताएका छन् । नवनिर्वाचित राष्ट्रपति बाइडेनले अबका केही घण्टामा ४६ औं राष्ट्रपतिको रुपमा सपथ लिँदैछन् । सपथ समारोहलाई मध्यनजर गर्दै राजधानी वासिङ्गटन डिसीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । साभार: रातोपाटी ...
आठबीसकोट घटनाप्रति कांग्रेसको निन्दा

आठबीसकोट घटनाप्रति कांग्रेसको निन्दा

देश, राजनीति, समाचार
७ माघ, काठमाडौं । नेपाली कांग्रेसले रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–९ का वडाध्यक्ष तारकबहादुर शाहीलगायतमाथि भएको आक्रमणको निन्दा र भर्त्सना गरेको छ । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै आक्रमणमा संलग्नलाई तत्काल कडा भन्दा कडा कारबाही गर्न तथा घाइतेहरुको उचिव उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । Advertisement इलाका प्रहरी कार्यालयमा छलफल चलिरहेकै समयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट कार्यकर्ताले आक्रमण गर्दा वडाध्यक्ष शाही, तेजबिक्रम आरसी, दीपक केसीसहित पाँच जना घाइते भएको कांग्रेसले जनाएको छ । जसमध्ये वडाध्यक्ष शाही, आरसी र केसीको अवस्था गम्भीर रहेका कारण थप उपचारका लागि नेपालगञ्ज लगिएको कांग्रेसले जनाएको छ । अन्य दुई जनाको भने आठबीसकोट नगर अस्पतालमा उपचार भइरहेको छ । नेकपाबाट निर्...
नेप्से परिसूचक १५ अंकले बढ्याे, १५ कम्पनीको सेयर ‘सर्किट’ नजिक कारोबार

नेप्से परिसूचक १५ अंकले बढ्याे, १५ कम्पनीको सेयर ‘सर्किट’ नजिक कारोबार

आर्थिक, देश, शेयर बजार, समाचार
७ माघ, काठमाडौं । बुधबार सेयर बजार आधा हरियो आधा रातो देखिएको छ । बैंकिङ, होटल, व्यापार र उत्पादन समूह घटेर राताम्मे देखिएका छन् भने अन्य समूह बढेर राताम्मे देखिएको छ । विकास बैंक, जलविद्युत्, फाइनान्स तथा निर्जिवन बिमा कम्पनीहरुको सेयर मूल्य बढ्दा समग्रमा बजार नै उकालो लागेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १५ दशमलव ८७ अंकले उकालो लागेर २ हजार ३ सय ४२ दशमलव ७६ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.१८ अंकले उकालो लागेको छ । Advertisement बुधबार नेप्सेमा सूचिकृत २११ कम्पनीको सेयर खरिदबिक्री भएका छन् । दिनभर भएका ५३ हजार ३१४ कारोबारबाट १ करोड ५९ लाख ८१ हजार ९५२ कित्ता सेयर किनबेच भएका छन् । कारोबार रकम भने ६ अर्ब २१ करोड ९ लाख ६६ हजार २६ रुपैयाँ पुगेको छ । होटलका लगानीकर्ताले धेरै गुमाए परि...
फेसबुक म्यासेन्जरमा महिला साथीलाई अश्लील भिडियो र फोटो पठाउने युवक पक्राउ

फेसबुक म्यासेन्जरमा महिला साथीलाई अश्लील भिडियो र फोटो पठाउने युवक पक्राउ

देश, समाचार, सामाजिक
काठमाडौं । फेसबुकको म्यासेन्जरमार्फत महिला साथीलाई अश्लील भिडियो, फोटो तथा सन्देशहरु पठाएर यौन उत्पीडन गरेको आरोपमा एक युवकलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ । २० वर्षीय महिला साथीलाई म्यासेन्जरमार्फत त्यस्ता भिडियो, फोटो र सन्देशहरु पठाएर यौन उत्पीडन गर्नुका साथै हैरानी दिएको आरोपमा सल्यानको साविक कलागाउँ गाविस–२ घर भई हाल कुमख गाउँपालिका–४ बस्ने ३६ वर्षीय रमेश शाही भन्ने रवी शाहीलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जनाएका छन् । Advertisement शाहीले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुर गरेको पाइएको ब्यूरोले जनाएको छ । शाहीलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिइ प्रहरी कार्यालय सल्यानको सहयोगमा पक्राउ गरी थप अनुसन्धान भइरहेको ब्यूरोले जानकारी दिएको छ ।  साभार: ...
सैनिक सेवामा पेन्सनसम्बन्धी व्यवस्थामा परिमार्जनको प्रस्ताव : १६ वर्षमा पेन्सन, २० वर्षमा रकम

सैनिक सेवामा पेन्सनसम्बन्धी व्यवस्थामा परिमार्जनको प्रस्ताव : १६ वर्षमा पेन्सन, २० वर्षमा रकम

देश, समाचार
नेपाली सेनाको तल्लो दर्जाका जनशक्तिको माग सम्बोधन गर्न पेन्सनसम्बन्धी हालको व्यवस्थामा केही परिमार्जनसहितको प्रस्ताव अघि बढाइएको छ । पछिल्ला वर्षमा पेन्सन नै नभई सेवा छोड्नेको सङ्ख्या ह्वात्तै बढदै गएपछि सैनिक मुख्यालयको पटक–पटकको अनुरोधमा सरकारले सैनिक सेवा नियमावली, २०६९ तेस्रो संंशोधन अघि बढाएको हो । Advertisement रक्षा मन्त्रालयको उक्त प्रस्ताव अहिले मन्त्रिपरिषद्मा पुगेको छ । नियमावलीमा अधिकृतभन्दा तल्लो तहका लागि दर्जागत आधारमा स्वेच्छिक अवकासमा जान सक्ने व्यवस्था प्रस्ताव गरिएको छ । विसं २०६० वैशाख २८ गते र सोभन्दा पछि नेपाली सेनामा भर्ना भएका फलोअर्स र सिपाहीको पेन्सन अवधि १६ वर्ष बनाउन प्रस्ताव गरिएको छ । पिउठ, अमलदार र हुद्दा १७, जमदार १८ तथा सुवेदार र  प्रमुख सुवेदारले १९ वर्षमा स्वेच्छिक अवकासमा जान सक्ने नियमावलीले व्यवस्था गर...
जग्गाधनीलाई थाहै नदिइ नामसारी गराउने थप दुईजना पक्राउ

जग्गाधनीलाई थाहै नदिइ नामसारी गराउने थप दुईजना पक्राउ

देश, समाचार, सामाजिक
सुर्खेत । दलाल र मालपोत कर्मचारीको मिलेमतोमा जग्गाधनीलाई थाहै नदिइ जग्गा नामसारी गरेको आरोपमा थप दुईजना पक्राउ परेका छन् । वीरेद्रद्रनगर नगरपालिका–६ का सौगात रावतको जग्गा किनबेचका लागि सिफारिस गरेको आरोपमा वीरेन्द्रनगर वडा नम्बर १२ का कार्यवाहक अध्यक्ष रामप्रसाद दर्लामी र वडा सचिव उत्तम अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  Advertisement यसअघि मालपोत कार्यालयका नायव सुब्बा विश्वरुप सावत र आवश्यक कागजात लिखित गर्ने अम्मरसिंह कटुवाल पक्राउ परेका थिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा राखी अनुसन्धान गरिएको छ । प्रहरीका अनुसार उक्त घटनाका बारेमा छानविन भइरहेको छ । सो घटनामा अन्य पनि संलग्न रहेको हुन सक्ने प्रहरीको अनुमान छ । साभार: रातोपाटी ...
किसान क्रेडिट कार्ड र एप शुभारम्भ

किसान क्रेडिट कार्ड र एप शुभारम्भ

देश, राजनीति, समाचार
७ माघ, काठमाडौं । नेपाल कृषि विकास बैंकले आजबाट किसान क्रेडिट कार्ड र किसान एप शुभारम्भ गरेको छ । कृषि विकास बैंकको ५४ औं वाषिर्कोत्सवको अवसरमा बुधबार अर्थमन्त्री विष्णु पौडेलले किसान क्रेडिट कार्ड र एपको शुभारम्भ गरेका हुन् । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायले बैंक र कृषकबीचको सम्बन्ध अब अझ बलियो हुने बताए । कृषि विकास बैंकलाई सबैको घरआँगनकाे बैंक बनाइने उनले बताए । Advertisement किसान क्रेडिट कार्ड र किसान एप एकअर्कामा अन्तरसम्बन्धित हुन्छन् । किसानले बैंकबाट ऋण स्वीकृत गराएपछि ऋणको निश्चित रकम कार्डमा लोड गरिन्छ भने किसान एपमा किसानको प्रोफाइल तयार हुन्छ । कृषि कर्म गर्नका लागि देशभरका कृषि विकास बैंकका कुनै पनि शाखाबाट ऋण लिएपछि कृषकले बैंकबाट किसान क्रेडिट कार्ड पाउँछन् । किसान क्रेडिट कार्ड हाल सर्वसाधारणले प्रयो...