२०८३ बैशाख २४

Author: Raunak

कुर्चिका लागि प्रधानमन्त्री ओलीलाई हटाउन खोज्दा समस्या आयो : मुख्यमन्त्री गुरुङ

कुर्चिका लागि प्रधानमन्त्री ओलीलाई हटाउन खोज्दा समस्या आयो : मुख्यमन्त्री गुरुङ

देश, राजनीति, समाचार
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शहीद तिलक पाण्डेको सपना पूरा गर्न सरकार समृद्धिको बाटोमा अघि बढेको बताएका छन्। शहिद पाण्डेको स्मृतिमा निर्माण गरिएको सुन्दरबजार–२ परेवाडाँडास्थित मनकामना टोलमा स्मृति प्रवेशद्धारको आज दिउँसो उद्घाटन गर्दै सरकारले विकास, सुशासन र समृद्धिका पक्षमा काम गरिरहेपनि त्यस्तो देख्न नसक्नेले सत्ता र कुर्चिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन खोजेकोले समस्या आएको बताए । मुख्यमन्त्री गुरुङले भने, “समृद्धिका लागि एकजुट भएर लागेमात्र उपलब्धि हासिल गर्न सकिन्छ ।” Advertisement कार्यक्रममा निर्माण समितिका अध्यक्ष जगदिश सेढाइँले स्मृति प्रवेशद्धार निर्माणका बारेमा जानकारी गराउँदै सुन्दरबजार नगरपालिकाको ११ लाख ५० हजार र जनश्रमदानसहित १२ लाख लागतमा स्मृति प्रवेशद्धार निर्माण गरिएको बताए । सुन्दरबजार...
दुई वटै विकल्पमा काँग्रेस तयार छ : उपसभापति निधि

दुई वटै विकल्पमा काँग्रेस तयार छ : उपसभापति निधि

देश, राजनीति, समाचार
महोत्तरी । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मुलुकलाई दुर्घटनातर्फ धकेलेको आरोप लगाएका छन् । शुक्रबार महोत्तरीको सदरमुकाम जलेश्वरमा स्वर्गीय रामनारायण मिश्रको शालिक अनावरण गर्दै पूर्वगृहमन्त्री समेत रहेका निधिले संसद विघटन प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादी कदम रहेको जिकिर गरे । उनले संसद विघटन गरेर प्रधानमन्त्री ओलीले जनता र मतदाताको अपमान गरेको दावी गरे । नेता निधिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था प्रणाली र संविधानको रक्षाका लागि प्रतिनिधिसभा आवश्यक रहेको दावी गरे । उनले भने, 'देश, जनता, प्रणाली र संविधानका लागि प्रतिनिधिसभा प्राप्त गर्नु आवश्यक छ । त्यसका लागि दुईटा संवैधानिक बाटो छ । सर्वोच्चद्वारा संसद पुनस्र्थापना र निर्वाचनद्वारा प्रतिनिधिसभाको पुनःगठन बाहेक अन्य कुनै विकल्...
केपी ओलीको सेटिङ जनताले भत्काइदिन्छन्: अध्यक्ष प्रचण्ड

केपी ओलीको सेटिङ जनताले भत्काइदिन्छन्: अध्यक्ष प्रचण्ड

देश, राजनीति, समाचार
विराटनगर । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओली धूर्त र बेइमान रहेको बताएका छन् । शुक्रबार मोरङको विराटनगरमा प्रतिनिधि सभा विघटनको विरोधमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओली बेइमान र धूर्त रहेको भन्दै उनका पछाडि सामन्तवादी र राजा महाराजा मात्रै लागेको बताए ।  ‘केपी ओली बेइमान र धूर्त रहेछन् । उनका पछाडि हिजो गणतन्त्रका लागि लड्दा विपक्षमा रहेका राजा महाराजाहरु लागेका छन् । सामन्ती र दलाल पुँजीपतिहरु मात्रै लागेका छन्’, अध्यक्ष प्रचण्डको भनाई छ ।  अध्यक्ष प्रचण्डले देशलाई अध्याँरो सुरुङभित्र हाल्नमात्रै प्रतिनिधि सभा विघटन नगरेको भन्दै देश नै विघटन गर्ने योजनामा ओली लागेको बताए । उनले नेपाली जनता जागेको भन्दै ओलीको प्रतिगामी कदम अब धेरै दिन नटिक्ने घोषणा पनि गरे । Advertisement ...
२ जना पोखरामा लागुऔषधसहित पक्राउ

२ जना पोखरामा लागुऔषधसहित पक्राउ

देश, समाचार, सामाजिक
पोखरा । पोखराबाट लागुऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका–३०, गगनगौंडाबाट उनीलाई प्रहरीले पक्राउ गरेको हो । धादिङको साविक फुलखर्क गाविस–८ स्थायी घर भई हाल पोखरामा बस्दै आएका दीपक थापा र पोखरा २१ का सन्तोष सुवेदीलाई प्रहरीले गगनगौंडामा चेकजाँच गर्ने क्रममा पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए ।  Advertisement प्रहरीले उनीहरुका साथबाट ग१७प ५५८४ नम्बरको स्कुटरसहित डाइजापाम ३७ एम्पुल, फेनरगन ३७ एम्पुल, आइबुनर्फिन(नुफ्रिनर) ३७ एम्पुल सहित १ सय ११ एम्पुल लागुऔषध बरामद गरेको छ ।  उनीहरुको साथबाट नगद ९ हजार ३ सय १० रुपैयाँ र २ थान मोबाइल समेत बरामद गरिएको डिएसपी हमालले बताए ।  पक्राउ परेका दुवै जनालाई लागुऔषध सम्बन्धी कसुर अन्तर्गत कास्की जिल्ला अदालतबाट १० दिन म्याद थपेर अनुसन्धान सुरु गरिएको प्...
धवलागिरि जोड्ने नयाँ पदमार्गमा पूर्वाधार निर्माण

धवलागिरि जोड्ने नयाँ पदमार्गमा पूर्वाधार निर्माण

देश, समाचार
म्याग्दीस्थित संसारको सातौँ (८,१६७) मिटर अग्लो धवलागिरि हिमालको आधार शिविर जोड्ने नयाँ पदमार्ग पहिचान भएको छ ।  अन्नपूर्ण गाउँपालिकाले पहिचान गरेको जलथले–फगाम–सुवा–मतिचौर–कालीबराह हुँदै रघुगङ्गा गाउँपालिकास्थित धवलागिरि हिमालको दक्षिणी आधार शिविर जोड्ने पदमार्गमा पूर्वाधार निर्माण शुरु भएको हो । Advertisement दानाका बासिन्दाले भेडाबाख्रा र गाईभैँसीको गोठ लेक–बेँसी गराउन प्रयोग गरेको परम्परागत बाटोलाई पर्यटन पदमार्गमा रुपान्तरण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए । “सडक विस्तारसँगै पुराना पदमार्ग र पर्यटकको बसाइ छोटिएकाले नयाँ पदमार्ग पहिचान गरेका हौँ”, उनले भने, “गोठालाले प्रयोग गरेको बाटोमा पूर्वाधार तयार पारेर पदमार्गमा रुपान्तरण गर्न थालिएको छ ।” यसअघि पहिचान भएको नारच्याङ हुँदै संसारमै पहिलोपटक आरोहण भएको अन्नपूर्ण...
कालीगण्डकी करिडोरमा कालोपत्र

कालीगण्डकी करिडोरमा कालोपत्र

देश, समाचार
थोरै मात्रै ट्रयाक खोल्न बाँकी रहेको कालीगण्डकी करिडोरमा धमाधम कालोपत्र अघि बढाइरहेको छ । सडकका विभिन्न खण्डमा कतै वैदेशिक सहयोगमा त कतै नेपाल सरकारको बजेटबाट कालोपत्र अघि बढाइएको छ । दक्षिणमा गैँडाकोटबाट उत्तर कोरोलासम्म जोड्ने उत्तर–दक्षिण करिडोरअन्तर्गत कालीगण्डकी करिडोरमा पहिले खुलिसकेका स्थानमा कालोपत्र अघि बढाइएको उत्तर–दक्षिण तथा व्यापारिकमार्ग विस्तार आयोजना निर्देशनालयले जनाएको छ ।  Advertisement चार सय १७ किमी लम्बाइको यो करिडोरमा अहिले गैँडाकोटबाट राम्दीसम्म १३२ किमी सडक एक्जिम बैंकको ऋण सहयोगमा निर्माण अघि बढाइएको छ । पूरै करिडोरमा गरी १०० किमीबाहेक अरु सडक कालोपत्र गर्न लागिएको निर्देशनालय प्रमुख शिवप्रसाद नेपालले बताए । उनले भने, “कतिपय सडक निर्माण भइरहेका छन् भने कतिपय कालोपत्रका लागि ठेक्का प्रक्रियामा छन् ।” गैँडाकोटबाट र...
बागमती प्रदेशभर पेट्रोल बिक्री रोक्ने पम्प सञ्चालकको चेतावनी

बागमती प्रदेशभर पेट्रोल बिक्री रोक्ने पम्प सञ्चालकको चेतावनी

देश, समाचार, सामाजिक
१६ माघ, काठमाडौं । बागमती प्रदेश भित्रका पेट्रोलियम बिक्रेताहरुले आइतबारदेखि पेट्रोल बिक्री नगर्ने चेतावनी दिएका छन् । आफूहरुले पाइरहेको जर्ती सुविधा निगमले कटाउन खोजेको भन्दै व्यवसायीहरुले सो चेतावनी दिएका हुन् । Advertisement बागमती पेट्रोलियम डिलर एसोशिएसनले विहीबार प्रदेशभरका पेट्रोल पम्पहरुलाई गरेको गोप्य सर्कुलरमा निगमको डिपोबाट १८ माघदेखि पेट्रोल उठाउन नसक्ने अवस्था आएको उल्लेख छ । १२ हजार लिटर डिजेल तथा पेट्रोलमा ३० लिटर जर्तीबापत पाइरहेको थप इन्धन सुविधा कटाउन निगम लागेको एशोसिएसनको आरोप छ । अनलाइनखबरसँग कुरा गर्दै एशोसिएसनका अध्यक्ष अच्युत खड्काले निगमले जर्ती काट्न लागेकाले व्यवसायीहरुलाई सर्कुलर गरिएको बताए । आफूहरुले व्यहोर्दै आएको नोक्सानीबापत तीन वर्षअघि लडेर प्राप्त गरेको अधिकार निगमले खोस्न नमिल्ने खड्काले बताए । ‘गोपाल ख...
देशभर २८ हजार ७३२ जनाले लगाए खोप

देशभर २८ हजार ७३२ जनाले लगाए खोप

देश, समाचार, सामाजिक, स्वास्थ्य
१५ माघ, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप अभियानको दोस्रो दिन देशभर २८ हजार भन्दा बढी व्यक्तिले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै ७७ जिल्लामा कुल २८ हजार ७३२ जना स्वास्थ्यकर्मी तथा फ्रन्टलाइनरले खोप लगाएको जानकारी दिएका हुन् । Advertisement प्रदेश १ मा ३ हजार ८४७, प्रदेश २ मा २ हजार १७४, वाग्मती प्रदेश मा ११ हजार ४६१, गण्डकी प्रदेशमा ४ हजार ८५३, लुम्बिनी प्रदेशमा २ हजार ३०३, कर्णाली प्रदेशमा १ हजार ६७७ र सुदूरपश्चिम प्रदेशमा २ हजार ४१७ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ । प्रवक्ता डा. गौतमले खोप पाएका व्यक्तिहरुमा हालसम्म कुनै पनि स्वास्थ्य समस्या नदेखिएको बताए । बुधबारदेखि सुरु भएको खोप अभियानअन्तर्गत पहिलो दिन ९ हजार ८४ जनाले खोप लगाएका थ...
आफ्नो विचार राख्दैमा विचार  अदालतको अवहेलना हुँदैन

आफ्नो विचार राख्दैमा विचार अदालतको अवहेलना हुँदैन

देश, राजनीति, समाचार
काठमाडौं । चारजना पूर्वप्रधान न्यायाधीश र पूर्वसभामुख बिरुद्धको रिटको सुनुवाईमा बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बिहिबार बहस गरे । त्रिपाठीले आफ्नो सरोकारको मुद्धा भएकाले सुनुवाईमा संलग्न हुन पाउँ भन्दै निवेदन दिएपछि अदालतले उनलाई बहसका लागि अनुमति दिएको थियो ।  सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्माको इजलाशमा त्रिपाठीले ‘विचार राखेको’ कुरालाई अवहेलना मान्न नहुने भन्दै रिट खारेज गर्न माग गरेका छन् । Advertisement चारजना पूर्व प्रधान न्यायाधीशहरु मिनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, अनुपराज शर्मा र सुशीला कार्की तथा पूर्व सभामुख दमननाथ ढुंगानाले कानुन बुझेको उनको भनाई छ ।  ‘पूर्व सभामुख आफैं संविधान निर्माणमा संलग्न हुनुहुन्थ्यो,’ त्रिपाठीले भने,‘अदालतले अनुमान पनि गर्दै कि उहाँहरुबाट अदालतको अवहेलना हुन्छ ।’ विचार व्यत्ति गर्न संविध...
२ पुरुष मृत अवस्थामा फेला : पोखरा

२ पुरुष मृत अवस्थामा फेला : पोखरा

देश, समाचार, सामाजिक
पोखरा । पोखरामा दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन् । बिहीबार पोखराका २ छुट्टाछुट्टै स्थानमा २८ वर्षीय युवक र ५५ वर्षीय पुरुष मृत फेला परेको हुन् । पोखरा महानगरपालिका–१३ आर्वा अमलाचौरको सडकमा सोही स्थानका ५५ वर्षका एक पुरुष मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जानकारी दिएको छ । मृत भेटिनेमा दधिराम परियार रहेका छन् ।यस्तै, पोखरा महानगरपालिका–२४ का २८ वर्षिय विरञ्जन तिमिल्सिनाको पोखरीमा तैरिरहेको अवस्थामा शव भेटिएको प्रहरीले जनाइएको छ । Advertisement तिमिल्सिनाको कास्कीकोट स्थित वडा कार्यालय अगाडी रहेको पोखरीमा घोप्टो अवस्थामा तैरीरहेको अवस्थामा शव भेटिएको प्रदेश प्रहरी कार्यालय, पोखराका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए । साभार: रातोपाटी ...