२०८३ कार्तिक १२

कुर्चिका लागि प्रधानमन्त्री ओलीलाई हटाउन खोज्दा समस्या आयो : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शहीद तिलक पाण्डेको सपना पूरा गर्न सरकार समृद्धिको बाटोमा अघि बढेको बताएका छन्।

शहिद पाण्डेको स्मृतिमा निर्माण गरिएको सुन्दरबजार–२ परेवाडाँडास्थित मनकामना टोलमा स्मृति प्रवेशद्धारको आज दिउँसो उद्घाटन गर्दै सरकारले विकास, सुशासन र समृद्धिका पक्षमा काम गरिरहेपनि त्यस्तो देख्न नसक्नेले सत्ता र कुर्चिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन खोजेकोले समस्या आएको बताए ।

मुख्यमन्त्री गुरुङले भने, “समृद्धिका लागि एकजुट भएर लागेमात्र उपलब्धि हासिल गर्न सकिन्छ ।”


Advertisement


कार्यक्रममा निर्माण समितिका अध्यक्ष जगदिश सेढाइँले स्मृति प्रवेशद्धार निर्माणका बारेमा जानकारी गराउँदै सुन्दरबजार नगरपालिकाको ११ लाख ५० हजार र जनश्रमदानसहित १२ लाख लागतमा स्मृति प्रवेशद्धार निर्माण गरिएको बताए ।

सुन्दरबजार नगरपालिका–२ हाँडेटारामा विसं। २०२१ भदौ २९ गते जन्मनुभएका पाण्डेको विसं। २०६१ माघ १६ गते तत्कालीन माओवादीद्वारा परेवाडाँडाको सोह्र हजारमा गोली हानी हत्या गरिएको थियो । 

साभार: रातोपाटी


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap