२०८३ बैशाख २४

Author: Raunak

चुच्चे नक्सा जारी भएपछि केपी ओली हटाउने अभियान चल्यो : मन्त्री अर्याल

चुच्चे नक्सा जारी भएपछि केपी ओली हटाउने अभियान चल्यो : मन्त्री अर्याल

देश, राजनीति, समाचार
काभ्रे । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले सरकारले विगतमा छुटाइएका नेपाली भूभाग समेटेर चुच्चे नक्सा जारी भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने खेल शुरु भएको बताएकी छन् । अखिल नेपाल महिला संघ काभे्रले आज (बिहिवार) बनेपामा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताइन् । नेकपाको केन्द्रीय सदस्य समेत रहनुभएकी मन्त्री अर्यालले राष्ट्रियताको पक्षमा खुट्टा नकमाएर दह्रोसँग उभिएका कारण प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीलाई पदबाट हटाउने प्रयासमा विभिन्न गतिविधिहरु शुरु भएको बताइन् ।  Advertisement ‘प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकारले चुच्चे नक्सा जारी गरेपछी केपी ओलीलाई नफाली नहुने गरी खेल शुरु भयो । उहाँहरु त्यसरी लाग्नुभयो’, मन्त्री अर्यालले भनिन्, ‘पहिलोपटक नाकाबन्दीको विरुद्धमा उभि...
बोनम्यारो ट्रान्सप्लान्ट सम्बन्धि फेलोसिप लागि आवेदन माग

बोनम्यारो ट्रान्सप्लान्ट सम्बन्धि फेलोसिप लागि आवेदन माग

देश, समाचार, सामाजिक
काठमाडौं । भारतको ईन्प्रस्थ अपोलो हस्पिटल नयाँदिल्लीमा हुने ‘फेलोसिप ट्रेनिङ इन बोनम्यारो ट्रान्सप्लान्ट सेलुलर थेरेपी’ को  एक वर्षे कार्यक्रमका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवेदन माग गरेको छ ।  Advertisement स्वास्थ्य सेवाको स्थायी  दरबन्दीमा कार्यरत बालरोग विशेषज्ञहरूले ३ दिन भित्र अर्थात माघ १५ देखि १७ गतेसम्म निवेदन दिन सूचना जारी गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा जारी गरिएको सूचनामा फेलोसिप तालिम लिन चाहने बालरोग विशेषज्ञले पीडियाट्रिक हेमाटोलोजि अंकोलोजि तालिम लिएको हुनुपर्ने उल्लेख गरिएको छ ।  तीन दिनको अवधिमा निवेदन दिएका मध्येबाट१ जना विशेषज्ञलाई उक्त फेलोसिप तालिमका लागि छनोट गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  साभार: रातोपाटी ...
प्रधानमन्त्री ओलीद्वारा वीरेन्द्र अस्पतालको खोप केन्द्र अवलोकन

प्रधानमन्त्री ओलीद्वारा वीरेन्द्र अस्पतालको खोप केन्द्र अवलोकन

देश, राजनीति, समाचार, सामाजिक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वीरेन्द्र अस्पतालस्थित कोभिड १९ रोग विरुद्धको खोप केन्द्र अवलोकन गरेका छन् । प्रधानमन्त्री ओलीले बुधबार खोप केन्द्रको अवलोकन गरेका हुन् । अवलोकनका क्रममा सेनाका वलाधिकृत रथी प्रभुराम शर्माको समेत उपस्थिति रहेको थियो । Advertisement अवलोकनका क्रममा प्रधानमन्त्री ओलीले सैनिक अस्पतालमा कार्यरत  स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाई कर्मचारी लगायतलाई खोप लगाउने कार्यको शुभारम्भ गरेका थिए । सो केन्न्द्रमा आज १४० जना र उपत्यका बाहिरका अन्य सैनिक अस्पतालहरुमा ३७ जना गरी जम्म १७७ जनाले खोप लगाएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । साभार: रातोपाटी ...
मिनीट्रक दुर्घटना हुँदा दुईको मृत्यु

मिनीट्रक दुर्घटना हुँदा दुईको मृत्यु

देश, समाचार, सामाजिक
काठमाडौँको दक्षिणकालीमा मिनीट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दक्षिणकाली नगरपालिका–९ हनुमानेस्थित सडकमा बा ३ ख ६१९९ नम्बरको मिनीट्रक अनियन्त्रित भई सडकबाट ५० मिटर तल खस्दा ट्रक चालक मकवानपुर थाहा नगरपालिका–४ का ३१ वर्षीय मोहनलाल रुम्बा र सहचालक अछामका २८ वर्षीय गोमबहादुर बुढाको मङ्गलबार राति मृत्यु भएको हो ।  Advertisement दुर्घटनामा गम्भीर घाइते दुवै जनालाई उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनालगत्तै उनीहरुलाई उपचारका लागि मनमोहन स्मृति सामुदायिक अस्पताल फर्पिङ लगिएको थियो । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साभार: रातोपाटी ...
रुपन्देहीमा आगो लगाई हत्या गरेको आरोपमा ६ जना पक्राउ

रुपन्देहीमा आगो लगाई हत्या गरेको आरोपमा ६ जना पक्राउ

देश, समाचार, सामाजिक
बुटवल । रुपन्देहीको मर्चवारमा गतहप्ता एक युवकलाई आगो लगाई हत्या गरेको अभियोगमा  ६ जना पक्राउ परेका छन् ।  माघ ६ गते मायादेवी गाउँपालिका–७ गैरगट्टी दानव नदी नजिकै शव भेटिएका ३४ वर्षीय राजेन्द्र यादवको हत्यामा संलग्न ८ जनामध्ये ६ जनालाई पक्राउ गरेको हो । प्रहरीले राजेन्द्र यादवका भाई, काका र काकाको सम्धिले सम्पत्तिका लागि हत्या गरेको आरोप लगाएको छ । Advertisement जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक प्रविण पोखरेलले सम्पत्तिका लागि घटना भएको अनुसन्धानबाट पुष्टि भएको बताए । प्रहरीले बुधबार मुख्य योजनाकार सियारी २ बस्ने रामबेलाश यादव, बुद्धिराम कोहार, मृतकका भाई वीरेन्द्र यादव, काकाका सम्धि सन्तकुमार यादव, हत्याका सहयोगी सिद्धार्थनगर ११ का राकेश यादव र अफताव मुसलमानलाई सार्वजनिक गरेको छ । साभार: रातोपाटी ...
प्रचण्ड–माधव पक्षको १० सिट पनि आउँदैनः प्रधानमन्त्री ओली

प्रचण्ड–माधव पक्षको १० सिट पनि आउँदैनः प्रधानमन्त्री ओली

देश, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा प्रचण्ड–माधव पक्षको १० सिट पनि नआउने दाबी गरेका छन् । बुधबार आफु निकट आदिवासी जनजाती महासंघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षको १० सिट पनि नजित्ने दाबी गरेका हुन् ।  Advertisement उनले प्रचण्ड–माधव पक्ष सफलताको बाटोतर्फ नहिँडेर भिरको बाटो हिँडेको टिप्पणी पनि गरे । जनताले उक्त पक्षलाई कहिल्यै माफ नगर्ने प्रधानमन्त्री ओलीको भनाई छ । उनले वैशाख २७ गतेसम्म पुग्दा प्रचण्ड–माधव पक्ष बरफ पग्लिए जसरी पग्लिएर सकिने पनि बताए । प्रधानमन्त्री ओलीले आधिकारिक पार्टी आफुहरुको भएको बताए । विगतमा पार्टी र सरकार चलाउन नदिई खुट्टा तानिएको भन्दै उनले आगामी दिनमा नीतिगत तथा वैचारिक आधारमा पार्टी र सरकारलाई ठिक ढंगले चलाई ...
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

देश, राजनीति, समाचार
काठमाडौं । सरकारले लोकतान्त्रिक परिवर्तनको लागि भएका सबै आन्दोलनमा जीवन उत्सर्ग गर्ने सहिदका परिवार, वेपत्ता पारिएका व्यक्तिका परिवार लगायतलाई सम्मान एवं परिचयपत्र उपलब्ध गराउन प्रस्ताव पेश गर्ने गरी समिति गठन गरेको छ । मन्त्रिपरिषद्को माघ ११ गते आइतबार बसेको बैठकले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको संयोजकत्वमा खानेपानी मन्त्री मणिचन्द्र थापा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फे सदस्य रहनुभएको समिति गठन गरेको हो । Advertisement समितिले नेपालमा अग्रगामी लोकतान्त्रिक परिवर्तनको लागि भएका सबै जनआन्दोलन र सशस्त्र संघर्षका क्रममा जीवन उत्सर्ग गर्ने शहिदका परिवार, वेपत्ता पारिएका व्यक्तिका परिवार, लोकतन्त्रका योद्धा, द्धन्द्धपीडित र विस्थापित, अपाङ्गता भएका व्यक्ति, घाइते तथा पीडितको अभिलेख संकलन गर्ने र उनीहरुलाई न...
२ जना बालिका बिरगंजको घडीअर्वा बाट हराएको सुचना  !

२ जना बालिका बिरगंजको घडीअर्वा बाट हराएको सुचना !

देश, मिश्रित, समाचार, सूचना
आज भन्दा ९ दिन पहिला बिरगंज को बनारसी चौक (घडिअर्वा-१० ) बाट ८ बर्षको र १० बर्षको बालिका हराएको छ !! एउटा को नाम राधा सुमन र अर्को नाम रोशनी हो !उहाहरु गरीब परिवार बाट रहेको ले गर्दा कतै खबर पुर्यौन सक्नु भएको छैन यो पोस्ट सक्दो सेयर गरी उहाहरु लाई मद्घत गरौ !! उहाहरु सँग अर्को तस्विर सम्म नरहेकोले गर्दा खोज्न झन गाह्रो परेको छ ! Advertisement ...
तानसेन नगरपालिकामा कानुन विपरीत  कर असुली : खारेज गर्न गुल्मीका व्यवसायीहरुको माग

तानसेन नगरपालिकामा कानुन विपरीत कर असुली : खारेज गर्न गुल्मीका व्यवसायीहरुको माग

देश, राजनीति, समाचार
गुल्मी । पाल्पाको तानसेन नगरपालिकाले राजमार्ग र साहयक राजमार्गमा अवैध रुपमा सवारी साधनहरुमा कर असुली गरेको भन्दै तत्काल खारेज गर्न माग गरेका छन् । गुल्मीबाट बुटवलतर्फ जाने र उताबाट आउने साना ठूला सवारी साधनमा  पाल्पाको बतासेडाँडा र होलाङ्गदीमा  ऐन कानुन मिचेर दोहोरो कर असुली गरकोेले त्यसलाई तत्काल खारेजीको माग गर्दै गुल्मी उद्योग बाणिज्य संघले जिल्ला प्रशासन कार्यालय गुल्मीकामार्फत जिल्ला प्रशासन कार्र्यालय पाल्पा र तानसेन नगरपालिकालाई मंगलवार ज्ञापन पत्र पठाएको छ । Advertisement प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले  उक्त ज्ञापन पत्र बुझाएका हुन् ।  राजमार्ग र साहयक राजमार्गमा कुनै पनि प्रकारको कर शुल्क असुल्न नपाईने अहिलेको संविधानमा स्पष्ट व्यवस्था रहेको अवस्थामा तानसेन नगरपालिकाले गुल्...
‘कोभिड–१९ विरुद्धको लडाईंमा नेपाल नयाँ चरणमा’

‘कोभिड–१९ विरुद्धको लडाईंमा नेपाल नयाँ चरणमा’

देश, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ विरुद्धको लडाईंमा नेपाल नयाँ चरणमा प्रवेश गरेको बताएका छन् । बुधबार बालुवाटारबाट भर्चुअल रुपमा एकैपटक काठमाडौँका ११ वटा अस्पतालमा खोप अभियानको शुभारम्भपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले २२० स्थानबाट खोप अभियान सुभारम्भ भएको जानकारी दिए । उनले माघ १८ गते सम्म ७७ वटै जिल्लाका ३ सय केन्द्रमा खोप अभियान अघि बढ्ने पनि बताए । Advertisement ‘खोप अभियानबाट कोभिड १९ विरुद्धको लडाईंलाई माथि उठाएका छौँ । गएको एक बर्ष अत्यन्तै कठिन भएको छ । महामारीका रुपमा आएको कोभिडबारे यसअघि कसैलाई पनि ज्ञान नभएपनि यसको सामना गर्न हामी अघि बढिरह्यौँ,’ सम्बोधनका क्रममा प्रधानमन्त्रीले भने । उनले  अग्रपंक्तिमा रहेर खटिने स्वास्थ्यकर्मीको उच्च प्रशंसा गर्दै आफु खतरा मोल्न चाहेर पनि देश हितमा लाग्नेहरुको कठिन घडीमा पुर्...