२०८३ बैशाख २४

Author: Raunak

५ खानेपानी योजना निर्माण शुरु

५ खानेपानी योजना निर्माण शुरु

देश, समाचार
तनहुँको घिरिङ गाउँपालिका–१ मा एकैसाथ पाँचवटा खानेपानी योजना निर्माण शुरुआत भएको छ । खानेपानी सुविधा नपुगेका घरमा खानेपानी पु¥याउने उद्देश्यका साथ गण्डकी प्रदेश सरकारको सहयोगमा एकैसाथ पाँचवटा खानेपानी योजना निर्माण शुरु भएको हो । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको रु १० करोड ६० लाख ६७ हजार ९०९ को लागतमा पाँचवटा योजना निर्माण शुरु भएको डिभिजन खानेपानी तथा सरसफाइ कार्यालयका इञ्जिनीयर वामदेव पौडेलले जानकारी दिए ।  Advertisement स्किम–१ अन्तर्गत कटहरेमा रु दुई करोड पाँच लाख ८३ हजार ११९, स्किम–२ अन्तर्गत पुट्टारमा रु दुई करोड १४ लाख ६८ हजार ६२१, स्किम–३ अन्तर्गत बैडीमा रु चार करोड आठ लाख १३ हजार ४२४, स्किम–४ अन्तर्गत भन्टारमा रु ५९ लाख १०४ र स्किम–५ अन्तर्गत अत्रौलीमा रु एक करोड ७३ लाख दुई हजार ६४० को लागतमा खानेपानी योजना निर्माण हुने...
प्रचण्ड-माधव माइतीघर धर्नामा बस्ने

प्रचण्ड-माधव माइतीघर धर्नामा बस्ने

देश, राजनीति, समाचार
काठमाडौं । नेकपा (प्रचण्ड–माधव) पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल माइतीघरमा जारी धर्नामा सहभागी हुने भएका छन् । केन्द्रीय सदस्य विष्णु रिजालले अध्यक्षद्वय प्रचण्ड र नेपाल १२ बजेपछि माइतीघरको धर्नामा सहभागी हुने जानकारी दिए । प्रतिनिधिसभा विघटनविरुद्ध यो पक्षका संघीय र प्रदेश सांसदहरु गत माघ १४ गतेदेखि माइतीघरमा लगातार धर्ना बस्दै आएका छन् । Advertisement प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक र प्रतिगामी भन्दै पुनस्र्थापनाका लागि संघर्षरत सो पक्षले तेस्रो चरणको आन्दोलन जारी राखेको छ । त्यसअन्तर्गत विराटनगर, बुटवल र धनगढीमा व्यापक प्रदर्शन र विरोध सभा गरिसकेको प्रचण्ड–माधव पक्षले आगामी माघ २८ गते काठमाडौँमा अहिलेसम्मकै ठूलो प्रदर्शन गर्ने तयारी गरेको छ । साभार: रातोपाटी ...
प्रतिगमनको मतियार नबन्न : स्थानीय सरकारलाई ज्ञापनपत्र

प्रतिगमनको मतियार नबन्न : स्थानीय सरकारलाई ज्ञापनपत्र

देश, राजनीति, समाचार
१८ माघ, काठमाडौं । संसद विघटनलाई प्रतिगमनकारी कदम भन्दै आन्दोलनरत अनेरास्ववियूको प्रचण्ड–माधव नेपाल समूह निकट विद्यार्थीहरुले आज स्थानीय तहका सरकारलाई ज्ञापन पत्र बुझाउँदै छन् । प्रतिगमनकारी सरकारको मतियार नबन्न र स्रोत साधनको बजेट दुरुपयोग नगर्न आग्रह गर्दै आजबाट स्थानीय तहहरुमा ज्ञापन पत्र बुझाउन लागिएको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए । Advertisement अनेरास्ववियूले स्थानीय तहमा बुझाउन तयार पारिएको ज्ञापन पत्रमा लेखिएको छ, ‘कामचलाउ सरकारले ज्ञानेन्द्रको झल्को दिने दिने गरी पञ्चर्‍याली  आयोजना गर्न थालेको छ । यस्ता र्‍यालीहरुको व्यवस्थापनमा स्थानीय सरकारहरु लागेका र राज्यशक्ति र स्रोतको व्यापक दुरुपयोग भएको हामीले जनगुनासो सुनेका छौं । विकास निर्माणका काममा खर्च गर्नुपर्ने जनताको ढुकुटी दुरुपयोग गरी प्रतिगमनलाई सहयोग पु...
सहिदको शालिक बाट जनआन्दोलनको माग

सहिदको शालिक बाट जनआन्दोलनको माग

देश, समाचार
१७ माघ, पोखरा । २०६२/०६३ को जनआन्दोलनको रापताप बढ्दै थियो । २६ चैतको बिहान पोखरा पृथ्वीनारायण क्याम्पस बगरदेखि राजनीतिक दल र विद्यार्थीको र्‍याली महेन्द्रपुलतिर आउँदै थियो । महेन्द्रपुल आइपुग्दा आन्दोलनमा ठूलो संख्या मिसिइसकेको थियो । महेन्द्रपुल चोकमै नेपाल टेलिकमको छतमा नेपाली सेना बसिरहेको थियो । सेनाले आन्दोलनलाई अगाडि बढ्न नदिएपछि आक्रोशित भीडबाट टेलिकमतिर ढुंगा हान्यो । सेनाले गोली चलायो । काभ्रे, उग्रचण्डीका भीमसेन दाहाल भुइँमा भुक्लुक्क ढले । Advertisement दाहाल दोस्रो जनआन्दोलनमा ज्यान गुमाउने पहिलो सहिद बने । महेन्द्रपुल चोकनेर उनै दाहालको शालिक बनाइएको छ ।शनिबार दोस्रो जनआन्दोलनका प्रथम सहिद तिनै भीमसेनको शालिकअघि उभिएर कवि, लेखक तथा नागरिकले तेस्रो जनआन्दोलनको आहृवान गरेका छन् । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओ...
काठमाडौंमा वर्डफ्लु

काठमाडौंमा वर्डफ्लु

देश, समाचार, स्वास्थ्य
काठमाडौं । सरकारले बर्डफ्लुुका लािग सतर्कता अपनाइए पनि काठमाडौंमै वर्डफ्लु फेला परेको छ । काठमाडौको तारकेश्वर नगरपालिका वडा नं. ७ साङ्लेखोला, फुटुङका स्थानीय किसानले पालेका टर्की हाँसमा बर्डफ्लु पुष्टि भएकोे पशु सेवा विभागले जनाएको छ । पक्षीजन्य वस्तु मर्न थालेपछि त्यहाँ परिक्षण गरेपछि वर्डफ्लु पुष्टि भएको विभागले जनाएको  छ। बर्ड फ्लु पुष्टि भएपछि १८६५ हाँस, ६२२ बटई, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको विभागले जनाएको छ । रोग देखा परेको क्षेत्रलाई पूर्ण नसंक्रमण गरेर रोग पूर्ण रुपमा नियन्त्रण गरिएको विभागले जनाएको छ ।  Advertisement रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिइ तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशुसेवासँग सम्बन्धित निकायहरुलाई परिचालन गरिएको विभागले जनाएको छ । रोग देखिएको क्षेत्रमा र...
आयल निगम र पेट्रोलियम डिलर्सबीच सहमति

आयल निगम र पेट्रोलियम डिलर्सबीच सहमति

देश, राजनीति, समाचार
काठमाडौं । पेट्रोलियम पदार्थको आपूर्ति गरिरहेको नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनले पेट्रोलियम पदार्थको आपूर्तिमा गर्ने भनेको हड्ताल टरेको छ । शनिबार निगम र एशोसिएसनबीच ५ बुँदे सहमति भएसँगै यस्तो सम्भवना टरेको हो ।  शनिबार नेपाल आयल निगमको केन्द्रीय कार्यालय बबरमहलमा निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलसहितका अधिकारी तथा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधान लगायत एशोसिएसनका पदाधिकारीको उपस्थितिमा यस्तो सहमति भएको हो । Advertisement सो सहमति अनुसार निगमले माघ १६ गतेको पत्र अनुसार वृद्धि गरेको कमिसन रकम कुन मितिबाट लागु हुने भन्ने सम्बन्धमा भएको विवाद अन्त्य भएको छ ।  निगम व्यवस्थापन समितिले पत्र लेखेको दिनदेखि यो नियम लागु हुने बताए पनि निगमको सञ्चालक समितिले निर्णय भएकै लागु गर्ने निर्णय गरेर एशोसिएसनको म...
सीमावर्ती बजारका व्यापारी पलायन हुँदै

सीमावर्ती बजारका व्यापारी पलायन हुँदै

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
कोरोना कहरको असर सबै क्षेत्रमा परेको छ । महाकारीका बेला गरिएको बन्दाबन्दीका कारण धेरैले रोजगारी गुमाए भने व्यापारसमेत गर्न पाएनन् । लामो समयदेखि सीमानाका बन्द हुँदा सीमा क्षेत्रका व्यापारी पलायन हुन थालेका छन् । कोरोना कहरका कारणले व्यापार व्यवसाय चौपट बनेपछि भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटका व्यापारी पलायन हुन थालेका हुन् ।   झुलाघाटका कतिपय व्यापारीले आफूहरु पलायन भएको बताएका छन् । सीमानाका नखुल्दा पलायन हुनुपरेको स्थानीय व्यापारी तोयनाथ जोशी बताउँछन् । लामो समयसम्म झुलाघाटमा आफ्नो व्यापार कोरोना कहरले ठप्प भएपछि सो ठाउँबाट सरेर हाल दार्चुलाको गोकुलेश्वर पुगेको उनको भनाइ छ । उनले भने, “नाका बन्द हुँदा व्यापार चौपट भयो, हाल यतै सानोतिनो व्यापार गर्दैछु ।” Advertisement झुलाघाट बजारका व्यापारीको विगतमा भने राम्रो व्यापार चलेको थियो । सीमाव...
मनाङको जङ्गलमा लागेको आगो अझै नियन्त्रण बाहिर मनाङको जङ्गलमा लागेको आगो अझै नियन्त्रण बाहिर

मनाङको जङ्गलमा लागेको आगो अझै नियन्त्रण बाहिर मनाङको जङ्गलमा लागेको आगो अझै नियन्त्रण बाहिर

देश, समाचार
गत मङ्सिर ११ गतेदेखि लागेको आगो निभ्न नपाउँदै नासो गाउँपालिका रहेका जङ्गलमा आगो बलिरहेको छ ।  मनाङको ताचैमा लागेको आगो दुई दिनदेखि लगातार प्रयास गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन । रातदिन नभनी भोकभोकै यहाँका स्थानीय आगो निभाउन खटिइरेका छन् । Advertisement “जिल्लामा उपलब्ध सबै स्रोतसाधनको प्रयोग भइसक्यो तर आगो नियन्त्रणमा भएन”, नासो गाउँपालिका–८ ताचैका वडाध्यक्ष हुपजङ्ग गुरुङले भने । चारैतिर अग्ला डाँडाकाँडा अनि बीचमा रहेको बस्ती ताचै हो । यहाँ जम्मा ६३ घरधुरी छन् ।  तिल्चेबाट आगोले बाटो परिवर्तन गरी अचम्म लाग्ने गरी खोला नाघेर गाउँको इलाका प्रवेश गरेको स्थानीय युवा यज्ञ घलेले बताए । तीव्र वेगमा हावा चलेकाले आगो नियन्त्रणमा लिन कठिन भएको उनको भनाइ छ । उनले जिल्लास्थित सबै सुरक्षा निकाय तथा स्थानीय बूढाबूढी, केटाकेटी सबै मिलेर अग्नि रेखा बना...
नेकपाको दाहाल–नेपाल समूहले धनगढीमा विरोधसभा गर्दै

नेकपाको दाहाल–नेपाल समूहले धनगढीमा विरोधसभा गर्दै

देश, राजनीति, समाचार
१७ माघ, धनगढी । संसद विघटनको विरोधमा आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहले धनगढीमा विरोधसभा गर्दै छ । शनिबार दिउँसो १ बजे धनगढीमा सभा गर्न लागिएको हो । सभालाई सम्बोधन गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल लगायतका नेता धनगढी आइसकेका छन् । जनसभालाई प्रचण्ड, नेपालसहित प्रदेश इन्चार्ज भीम रावललगायतका नेताले पनि सम्बोधन गर्ने कार्यक्रम छ । Advertisement प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको कदमको विरुद्धमा नेकपाको प्रचण्ड–माधव समूहले देशभर विरोध प्रदर्शन गर्दै आएको छ । यसअघि नेकपाको केपी ओली समूहले पनि सोही स्थानमा जनसभा आयोजना गरेको थियो । संसद विघटन असंवैधानिक भएको भन्दै आन्दोलनरत दाहाल–नेपाल समूहले यही माघ १२ गते तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । तेस्रो चरणको आन्दोलनअनुसार...
खोप अभियानको ३ दिन : आज मात्र ४६ हजारले लगाए खोप

खोप अभियानको ३ दिन : आज मात्र ४६ हजारले लगाए खोप

देश, समाचार, सामाजिक, स्वास्थ्य
१६ माघ, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप अभियानको तेस्रो दिन शुक्रबारसम्म देशभर ४६ हजार भन्दा बढीले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै ७७ जिल्लाका १६९ खोप केन्द्रबाट कुल ४६ हजार १७९ जना स्वास्थ्यकर्मी तथा फ्रन्टलाइनरहरुले खोप लगाएको जानकारी दिएका हुन् । Advertisement प्रदेश १ मा ७ हजार ३६९, प्रदेश २ मा ४ हजार ६५०, वाग्मती प्रदेश मा १५ हजार ६४१, गण्डकी प्रदेशमा ७ हजार १५३, लुम्बिनी प्रदेशमा ४ हजार ६३५, कर्णाली प्रदेशमा २ हजार ९६६ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ७८३ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ । प्रवक्ता डा. गौतमले शुक्रबारसम्म खोप लगाएका व्यक्तिहरुमा सामान्य असरहरु देखिएको तथ्यांक प्राप्त भएपनि चिकित्सकहरुको प्रतिवेदन अनुसार ती सबै व्य...