२०८१ जेष्ठ ५

२ जना पोखरामा लागुऔषधसहित पक्राउ

पोखरा । पोखराबाट लागुऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका–३०, गगनगौंडाबाट उनीलाई प्रहरीले पक्राउ गरेको हो । धादिङको साविक फुलखर्क गाविस–८ स्थायी घर भई हाल पोखरामा बस्दै आएका दीपक थापा र पोखरा २१ का सन्तोष सुवेदीलाई प्रहरीले गगनगौंडामा चेकजाँच गर्ने क्रममा पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए । 


Advertisement


प्रहरीले उनीहरुका साथबाट ग१७प ५५८४ नम्बरको स्कुटरसहित डाइजापाम ३७ एम्पुल, फेनरगन ३७ एम्पुल, आइबुनर्फिन(नुफ्रिनर) ३७ एम्पुल सहित १ सय ११ एम्पुल लागुऔषध बरामद गरेको छ ।  उनीहरुको साथबाट नगद ९ हजार ३ सय १० रुपैयाँ र २ थान मोबाइल समेत बरामद गरिएको डिएसपी हमालले बताए ।  पक्राउ परेका दुवै जनालाई लागुऔषध सम्बन्धी कसुर अन्तर्गत कास्की जिल्ला अदालतबाट १० दिन म्याद थपेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap