‘२०२१ लाई आन्तरिक भ्रमण वर्ष’ रुपमा मनाउने तयारी – मन्त्री भट्टराई
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेशकुमार भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटनलाई केन्द्रित गरेर कार्यक्रम ल्याउने तयारी भएको जानकारी दिनुभएको छ ।चितवनको भरतपुर विमान स्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भ्रमण वर्ष २०२० कोरोनाका कारणले स्थगित भएकाले आउँदो अङ्ग्रेजी वर्षलाई आन्तरिक भ्रमणका रुपमा अगाडि लैजाने तयारी भएको बताउनुभयो । ‘कोभिड १९ कोरोनाले गर्दा आठ महिना केही गर्न सकेनौं, अहिले आन्तरिक पर्यटक वृद्धि हुन थालेका छन्,’ उहाँले भन्नुभयो, ‘अहिले ४० प्रतिशत उडानहरु सुरु भएको छ ।’आन्तरिक पर्यटक वृद्धि भएपछि अन्तरराष्ट्रिय पर्यटकलाई पनि ल्याउने तयारी छ मन्त्री भट्टराइले भन्नुभयो । सन् २०२१ बाटै वाह्य पर्यटक नेपाल भित्राउने काम सुरु हुन्छ, त्यसैको तयारीमा मन्त्रालयले काम गरिराखेको छ। उहाँले भन्नुभयो ।
Advertisement
यस्तै, भरतपुर महानग...









