२०८३ कार्तिक २३

लोक सेवा लिखित परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

कञ्चनपुरमा एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले लोक सेवा आयोगले लिँदै गरेको नेपाली सेनाको सैन्य दर्जाको परीक्षामा अर्कै व्यक्तिको नाममा परीक्षा दिइरहेका एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो।

कञ्चनपुर भीमदत्त नगरपालिका वडा नम्बर ४ मा रहेको कञ्चन विद्या मन्दिर परीक्षा केन्द्रमा अर्कै व्यक्तिको नाममा परीक्षा दिइरहेको आरोपमा डोटी सायल गाउँपालिका वडा नम्बर ६ का २२ वर्षिय सुमन खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Advertisement

उनले बझाङ दुर्गाथली गाउँपालिका वडा नम्बर ४ का २२ वर्षिय मुकेश भण्डारीको नाममा परीक्षा दिइरहेकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले वास्तविक परीक्षार्थी भण्डारीलाई पनि नियन्त्रणमा लिइसकेको छ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap