उच्च रक्तचापको औषधि आफूखुसी छाडे के हुन्छ ? – Dr. Rajendra Koju
उच्च रक्तचापको औषधि सेवन गरेपछि जीवनभरि छाड्न मिल्दैन भन्ने चिन्ताले धेरै व्यक्ति उच्च रक्तचापको समस्या भए पनि औषधि सेवन गर्न भने डराउँछन् । तर केहीले औषधि सुरु गरेपछि पनि छाडेको उदाहरण भएको डाक्टरहरू बताउँछन् ।
यस्तोमा उच्च रक्तचापको औषधि कुन कुन स्थितिमा छाड्न मिल्छ ? उच्च रक्तचाप नियन्त्रण भएपछि आफूखुसी छाड्न सक्छन् वा चिकित्सकको परामर्श अनिवार्य हुन्छ ?
खासमा यो औषधिले के काम गर्छ ?
उच्च रक्तचापको औषधिले रक्तचापलाई घटाउँछ । कुनै औषधिले मुटुबाट निस्कने प्रेसरलाई कम गरिदिन्छ । कुनैले रक्त प्रवाह राम्ररी गर्नको रक्त नलीलाई लचिलो बनाइदिन्छ जसले गर्दा रक्तचाप नियन्त्रण हुन्छ ।
आजीवन खानैपर्छ ?
औषधिको सेवनले नै उच्च रक्तचापको नियन्त्रण गरिरहेको हो भने औषधि छोड्ने बित्तिकै रक्तचाप बढ्छ र स्वास्थ्यमा थप नराम्रो असर गर्न सक्छ । मस्तिष्कघात, हृदयघात, मिर्गौला फेल र रक्त...








