२०८३ भाद्र ३०

Author: admin

स्पेनिस कम्पनीहरूलाई नेपालमा लगानी गर्न आग्रह 

स्पेनिस कम्पनीहरूलाई नेपालमा लगानी गर्न आग्रह 

उद्यमशीलता, कर्पोरेट
बार्सिलोना। स्पेनका लागि नेपाली राजदूत डा शर्मिला पराजुली ढकालले स्पेनिस कम्पनीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेकी छिन्। नेपालमा खास गरी जलविद्युत तथा हरित हाइड्रोजन जस्ता पुन: नवीकरणीय ऊर्जामा लगानी गर्न राजदूत पराजुलीले आग्रह गरेकी हुन्। स्पेनका व्यापार संगठनहरुको स्पेनिस महासंघकी (CEO) अध्यक्ष मार्ता ब्ल्यांकोसँग बुधबार राजधानी म्याड्रिडमा भेटघाट गर्दै राजदूत पराजुलीले नेपालमा लगानी गर्न जोड दिइन् । उक्त अवसरमा अध्यक्ष ब्ल्यांकोले स्पेनी व्यवसायीहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने प्रतिवद्धता व्यक्त गरिन्। सो अवसरमा नेपालमा मल तथा कृषि जन्य उत्पादनहरुको सम्बन्धमा आपसी सहयोगका सम्भावनाहरु बारे पनि छलफल भएको थियो। सन् १९७७ मा स्थापना भएको उक्त महासंघमा स्पेनका सबै क्षेत्रका गरी २० लाख कम्पनीहरू र ४५ सय भन्दा बढी तल्लोतहका संघहरू जोडिएका छन्। महासंघले स्पेनी य...
शिवम् सिमेन्टलाई ‘बेस्ट म्यानेज्ड कम्पनी अफ द एयर-२०२२’ अवार्ड

शिवम् सिमेन्टलाई ‘बेस्ट म्यानेज्ड कम्पनी अफ द एयर-२०२२’ अवार्ड

कर्पोरेट
काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले ‘बेस्ट म्यानेज्ड कम्पनी अफ द एयर-२०२२’ अवार्ड प्राप्त गरेको छ । शिवम सिमेन्ट्स लिमिटेडलाई न्यू बिजनेश एज प्रालिले सातौं न्यू बिज बिजनेस कन्क्लेभ एण्ड अवार्ड २०२२ कार्यक्रममा विभिन्न फरक फरक सातओटा संस्थागत विधामा दिइएको उक्त अवार्डहरु मध्ये शिवम् सिमेन्टले उक्त अवार्ड पाएको हो । यसभन्दा पहिला पनि शिवम् सिमेन्टले सिमेन्ट जगतमै पहिलो पटक एनएस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट सम्मानित भइसकेको थियो । हेटौंडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधि युक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको जनाएको छ । ...
सरकारमा जाने-नजाने कुरा समयले निर्धारण गर्छ : ठाकुर

सरकारमा जाने-नजाने कुरा समयले निर्धारण गर्छ : ठाकुर

राजनीति
२९ मंसिर, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुरले सरकारमा जाने-नजाने कुरा समयले निर्धारण गर्ने बताएका छन् । कसैको एजेन्ट भएर पैसा ल्याएर काम गर्ने गैरसरकारी संस्था जस्तो आफूहरु नभएको बताउँदै उनले प्रधानमन्त्री जो बने पनि आफ्ना माग र मुद्दाबाट पछि नहट्ने समेत बताएका छन् । राष्ट्रिय समाचार समिति (रासस)लाई अन्तर्वार्ता दिंदै अध्यक्ष ठाकुरले भनेका छन्, ‘हामी गैरसरकारी संस्था (एनजीओ) होइनौं, कसैको एजेन्ट भएर पैसा ल्याएर काम गर्ने । दल भनेको जनताको सेवाका लागि स्थापित राजनीतिक संगठन हो । यो सधैं जनताप्रति उत्तरदायी हुन्छ । त्यसैले सरकारमा सामेल हुने नहुने कुरा समयले निर्धारण गर्छ ।’ उनले मुलुकलाई विकास र समृद्धितर्फ अघि बढाउन वर्तमान गठबन्धनलाई नै निरन्तरता दिनुपर्ने बताएका छन् । मधेसी र थरुहट मुद्दाका पीडितले अझै न्याय पाउन नसकेको भन्दै उनले जेल...
राष्ट्रपतिसमक्ष निर्वाचन प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष निर्वाचन प्रतिवेदन पेश

देश, समाचार
२९ मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले यही मंसिर ४ मा सम्पन्न  प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन पेस गरेका हुन् । प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ । सो अवसरमा राष्ट्रपति भण्डारीले लोकतन्त्रको सुदृढीकरणका निम्ति निर्वाचन महत्वपूर्ण रहेको बताइन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा खुसी व्यक्त ...
साढे ४ हजार विद्यार्थी पढ्ने नमूना सामुदायिक स्कुलको के छ खास विशेषता?

साढे ४ हजार विद्यार्थी पढ्ने नमूना सामुदायिक स्कुलको के छ खास विशेषता?

SYM शुद्ध सकारात्मकता, शिक्षा
काठमाडौंको बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालय काठमाडौं महानगरपालिकाको 'एक वडा एक नमूना विद्यालय' अन्तर्गत वडा नम्बर १३ को नमूना स्कुल हो। यो स्कुलमा हाल साढे चार हजार विद्यार्थी छन्। पाँचवटा आकर्षक भवन छन्। सबै कक्षाकोठामा विद्यार्थी खचाखच छन्। शैक्षिकसँगै व्यावहारिक सिकाइ र उच्च प्रविधिका प्रयोगशाला ज्ञानोदयको खास विशेषता हो। प्रधानाध्यापक नातिकाजी महर्जनका अनुसार हरेक वर्ष कम्तीमा चार सय जना विद्यार्थी थपिन्छन्। २०५२ सालयताको एसएसलसी परीक्षा र हालको विद्यालय शिक्षा परीक्षा (एइसइई) मा उत्तीर्ण नतिजा शतप्रतिशत छ। कक्षा ११ र १२ को पनि नतिजा लोभलाग्दो छ।  शिक्षण सिकाइमा इन्टरनेटसहितको आधुनिक प्रविधि प्रयोग हुन्छ। यस्तो विद्यालय महानगरको नमूना त हुने नै भयो तर ज्ञानोदय भने देशका सामुदायिक स्कुलहरूकै नमूनाका रूपमा चिनिन्छ।  हरेक वि...
सुन–चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच?

सुन–चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच?

अर्थतन्त्र, आर्थिक, देश
नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य घटेको छ।  बुधबार तोलामा एक हजार रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला सात सय रुपैयाँ घटेको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।  बुधबार छापावाल सुन प्रतितोला एक लाख एक हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज चाँदी प्रतितोला २० रुपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ। ...
अब सत्ता सञ्चालनमा कस्ता पात्र पठाउने ? : विन्दुकान्त घिमिरे

अब सत्ता सञ्चालनमा कस्ता पात्र पठाउने ? : विन्दुकान्त घिमिरे

विचार, विचार
हाम्रो देशले राणाशासनबाट र छिमेकी मुलुक भारतले अंग्रेज उपनिवेशबाट मुक्ति पाएको कालखण्ड एउटै थियो। त्यही कालखण्डमा उत्तरको छिमेकी देश चीनमा युगान्तकारी राजनीतिक परिवर्तन भएको थियो। त्यतिबेला नेपाली जनताको आयस्तर र छिमेकी चीन तथा भारतका जनताको आयस्तरमा खासै ठूलो भिन्नता थिएन। देशको आर्थिकस्तर पनि उस्तै–उस्तै थियो। तर सात दशकपछि अर्थात् अहिलेको अवस्था हेर्ने हो भने छिमेकी चीन र भारतसँग तुलना नै गर्न नसकिने आर्थिक अवस्थामा हामी छौं। यसको मुख्य कारण हो, नेपालको राजनीतिक अस्थिरता। लोकतान्त्रिक गणतन्त्रमार्फत छिमेकी मुलुक भारतमा राजनीतिक स्थिरता कायम भयो भने चीनले जनवादी गणतन्त्रमार्फत राजनीतिक स्थिरता दियो। तर हामीले भने कस्तो राजनीतिक व्यवस्था स्थापना गर्ने ? भन्ने संघर्षमै ७० वर्ष गुजार्‍यौं। आखिर राजनीतिक शासन व्यवस्था भनेको साध्य नभएर साधन रहेछ भन्ने उदाहरण हाम्रै दुई छिमेकी...
उच्च रक्तचापको औषधि आफूखुसी छाडे के हुन्छ ? – Dr. Rajendra Koju

उच्च रक्तचापको औषधि आफूखुसी छाडे के हुन्छ ? – Dr. Rajendra Koju

स्वास्थ्य
उच्च रक्तचापको औषधि सेवन गरेपछि जीवनभरि छाड्न मिल्दैन भन्ने चिन्ताले धेरै व्यक्ति उच्च रक्तचापको समस्या भए पनि औषधि सेवन गर्न भने डराउँछन् । तर केहीले औषधि सुरु गरेपछि पनि छाडेको उदाहरण भएको डाक्टरहरू बताउँछन् । यस्तोमा उच्च रक्तचापको औषधि कुन कुन स्थितिमा छाड्न मिल्छ ? उच्च रक्तचाप नियन्त्रण भएपछि आफूखुसी छाड्न सक्छन् वा चिकित्सकको परामर्श अनिवार्य हुन्छ ? खासमा यो औषधिले के काम गर्छ ? उच्च रक्तचापको औषधिले रक्तचापलाई घटाउँछ । कुनै औषधिले मुटुबाट निस्कने प्रेसरलाई कम गरिदिन्छ । कुनैले रक्त प्रवाह राम्ररी गर्नको रक्त नलीलाई लचिलो बनाइदिन्छ जसले गर्दा रक्तचाप नियन्त्रण हुन्छ । आजीवन खानैपर्छ ? औषधिको सेवनले नै उच्च रक्तचापको नियन्त्रण गरिरहेको हो भने औषधि छोड्ने बित्तिकै रक्तचाप बढ्छ र स्वास्थ्यमा थप नराम्रो असर गर्न सक्छ । मस्तिष्कघात, हृदयघात, मिर्गौला फेल र रक्त...
काठमाडौं भ्यू टावरको काम ७० प्रतिशत सकियो

काठमाडौं भ्यू टावरको काम ७० प्रतिशत सकियो

देश, समाचार
२८ मंसिर, काठमाडौं । समयसीमा सकिएको एक वर्ष बितिसक्दासम्म काठमाडौंं भ्यू टावर (दृश्यावलोकन स्तम्भ) निर्माणको हालसम्म ७० प्रतिशत मात्र सकिएको छ । स्तम्भ निर्माणका लागि जलेश्वर, स्वच्छन्द र बिकोईले विसं २०७३ साउनबाट निर्माणको काम सुरु गरेको हो । स्तम्भ निर्माणका लागि काठमाडौं महानगरपालिका (कामपा) र जलेश्वर, स्वच्छन्द र बिकोई कम्पनीबीच २०७१ साल फागुन २२ गते सम्झौता भएको थियो । सम्झौता अनुसार पाँच वर्षभित्र ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म भोगचलन गर्न सक्ने उल्लेख छ । निर्माणको कामअन्तर्गत अहिले नवौँ तलाको काम भइरहेको छ । सम्झौताअनुसार पाँच वर्षमा निर्माण सम्पन्न गरिसक्ने भने पनि निर्माण नभए के गर्ने भन्ने विषय सम्झौतामा उल्लेख नभएकाले अर्को निर्माण कम्पनीलाई जिम्मा दिने अवस्था नरहेको कामपाको भनाइ छ । सम्झौता अनुसार २०७८ साल साउनमा निर्माण सम्पन्न गरिसक्नुपर्ने ...
छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु : प्रचण्ड

छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु : प्रचण्ड

राजनीति
२८ मंसिर, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू छिट्टै प्रधानमन्त्री बन्ने संकेत गरेका छन् । बुधबार कास्कीको अन्नपूर्ण गाउँपालिकामा आयोजित कार्यक्रममा प्रचण्डले भनेका छन्, ‘तपाईंहरुको आशिर्वाद लाग्यो भने म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु ।’ पहिलो कार्यकाल विधि, प्रक्रिया बुझ्न नपाई बितेको र दोस्रो कार्यकालमा मधेश, पहाड, हिमाललाई एकावद्ध गर्ने प्रक्रियामा भूमिका खेलेको सुनाएका उनले बाँकी जीवन सुशासन र विकासका निम्ति समर्पित गर्ने प्रण गरेको बताए । माओवादी अध्यक्ष प्रचण्डले अघि भने, ‘यो पटक देशको नेतृत्व गर्ने अवसर पाउँदा केही अविश्मरणीय विकासका योजना अघि बढाउने प्रतिवद्धता व्यक्त गर्दछु ।’ नयाँ दलहरुको उदय प्रमुख दलहरुलाई चुनौतीसँगै अवसर भएको उनले बताए । प्रचण्डले भनेका छन्, ‘गम्भीर समीक्षासहित सुशासन, विकास र समृद्धिको दृष्टिले यो ...