२०८३ असार ८

Author: admin

राष्ट्रपति–उपराष्ट्रपति निर्वाचन : एमाले–कांग्रेस नमिल्दा माओवादी निर्णायक

राष्ट्रपति–उपराष्ट्रपति निर्वाचन : एमाले–कांग्रेस नमिल्दा माओवादी निर्णायक

राजनीति
१ पुस, काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि प्रदेश र प्रतिनिधि सभाको प्रत्यक्ष तथा समानुपातिक तर्फ दुवैको सम्पूर्ण मत परिणाम आइसक्नुपर्छ, जो बुधबार निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ । अब संविधान बमोजिम बहुमत पुर्‍याउने कुनै सासंद वा सबभन्दा ठूलो दलको संसदीय दलको नेताको नेतृत्वमा सरकार गठन हुनेछ । सरकार गठन भएपछि संघीय संसदको बैठक बसेको १५ दिनमा सभामुख र उपसभाममुखको निर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधान छ । त्यसपछि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया शुरु हुन्छ । संविधानको धारा ६२ मा राष्ट्रपतिको निर्वाचन सम्बन्धी व्यवस्था छ । जसअनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभा सदस्य र प्रदेश सभा सदस्यहरु मतदाता हुन्छन् । मतभार भने फरक–फरक हुन्छ । संघीय सांसद (प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभा सदस्य) ले दिएको...
कांग्रेसबाट को बन्ला सुदूरपश्चिम संसदीय दलको नेता ?

कांग्रेसबाट को बन्ला सुदूरपश्चिम संसदीय दलको नेता ?

राजनीति
१ पुस, धनगढी । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसमा मुख्यमन्त्रीका आकांक्षी प्रदेशसभा सदस्यहरु संसदीय दलको नेता बन्न दौडधुप तीव्र बनाएका छन् । कांग्रेसको विधानअनुसार संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने भएकाले आकांक्षीहरुले लबिइङ थालेका हुन् । पाँच जना आकांक्षी देखिएका बेला दलको नेता सर्वसम्मत चयन होला वा मतदान होला भन्ने चासो बढेको छ । कांग्रेसका नेता र आकांक्षीहरु भने दुवै विकल्प खुला भएको बताउँछन् । को–को छन् आकांक्षी ? कांग्रेसमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाका भतिजा प्रकाशबहादुर देउवासहित बहादुरसिंह थापा, दिवानसिंह विष्ट, कमल शाह र मेघराज खड्का गरी पाँच जना नेता मुख्यमन्त्रीको दाबेदारका रुपमा देखिएका छन् । संविधानसभा सदस्य समेत रहेका नवनिर्वाचित प्रदेशसभा सदस्य बहादुरसिंह थापा संसदीय दलको नेता चयनका लागि सर्वसम्मत चयन...
दाङ देउखुरीका दुई अस्पतालमा अनलाइनबाट मुटुरोग विशेषज्ञको सेवा

दाङ देउखुरीका दुई अस्पतालमा अनलाइनबाट मुटुरोग विशेषज्ञको सेवा

SYM शुद्ध सकारात्मकता, स्वास्थ्य
१ पुस, दाङ । दाङ देउखुरीको राप्ती गाउँपालिकाका दुईवटा स्वास्थ्य संस्थाबाट मुटुका बिरामीहरुले अनलाइनबाटै विशेषज्ञ डाक्टरहरुबाट परामर्श सेवा लिन पाउने भएका छन् । ‘ग्रामीण टेलिकार्डियोलोजी कार्यक्रम’ नाम दिइएको यो सेवा राप्ती गाउँपालिका वडा नं. ५ मा रहेको सिसहनियाँ अस्पताल र वडा नं. १ मा रहेको भालुबाङ अस्पतालबाट लिन सकिने छ । उक्त कार्यक्रम सञ्चालन भएकाले अब देउखुरी उपत्यका क्षेत्रका मुटुका बिरामीहरुले कम खर्चमा विशेषज्ञ स्वास्थ्य सेवा लिन पाउने राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए । ‘मुटु विशेषज्ञहरुलाई जचाउनकै लागि दाङभन्दा बाहिर जान अब पर्दैन, अनलाइनबाटै परामर्श लिन सकिने भएकाले यो सेवाबाट गरीब तथा विपन्न वर्ग लाभान्वित हुन्छन्,’ अध्यक्ष विष्टले भने । राप्ती गाउँपालिकाको पहल तथा जेरियाट्रिक सोसाइटी अफ नेपालको सहयोगमा उक्त सेवा शुभारम्भ गरिएको हो । दु...
जहाँ मजदुरहरूको जीवनशैली देखेर म लोभिएँ: Hira Bishwakarma

जहाँ मजदुरहरूको जीवनशैली देखेर म लोभिएँ: Hira Bishwakarma

विचार, विचार
मैले मानव बसोवास भएका छ वटा महादेशमध्ये चारवटाका २० वटा देशको भ्रमण गर्ने अवसर पाएँ। केही देशमा छोटो समय बस्ने अवसर पनि पाएँ। यी २० वटा देशमध्ये अति पुँजीवादी, लोककल्याणकारी, अति गरिब र पुँजीवादी अर्थतन्त्रमा साम्यवादी व्यवस्था भएका देशहरू पर्छन्। यिनमा साम्यवादी राजनीतिक व्यवस्था अपनाएका तर हाल बहुदलीय लोकतन्त्र भएका मुलुकहरू पनि पर्छन्। यी सबै देशहरूबारे मेरो आफ्नो अनुभव छ। यता नेपालको ठूलो जनमत अहिले पनि कम्युनिस्ट भन्ने पार्टीहरूलाई विश्वास गर्छ।  मेरो भ्रमण अनुभवका आधारमा नेपालीको यो विश्वास एउटा दिवास्वप्न मात्रै हो भन्न मैले कुनै ठूलो दार्शनिक आधार लिनुपर्छ जस्तो लाग्दैन। मैले उत्तर कोरियाको भ्रमण गर्ने अवसर पाएको छैन। तैपनि मेरा एकजना मित्रको भनाइ यहाँ राख्न चाहन्छु।  उनी साम्यवादी विचारधाराका कट्टर समर्थक त हुन् नै, राम्रो कलाकार र साहित्यक...
जसले बनाएको छालाको ज्याकेट राजा वीरेन्द्रले मन पराएका थिए

जसले बनाएको छालाको ज्याकेट राजा वीरेन्द्रले मन पराएका थिए

SYM शुद्ध सकारात्मकता, नेपाली ब्रान्ड
कुनै समय थियो, नेपालमा छालाको जुत्ता उत्पादन गर्न 'बाँसबारी छालाजुत्ता कारखाना' बाहेक अन्य उद्योग थिएनन्। बजारमा छालाको सामान भन्नु विदेशबाट आयातित मात्र हुन्थ्यो। छालाका उत्पादनमा विभिन्न प्रकारका झोला, ज्याकेट, पेटीलगायत सामग्री हुन्छन्। कपडाको तुलनामा छालाको उत्पादन महँगो पर्छ। त्यो बेला बाँसबारी कारखानाले भने जुत्ता मात्र उत्पादन गर्थ्यो। छालाको सामानका पारखीहरू आयातितमा भर पर्नु पर्थ्यो। २०३६ सालतिर भक्तपुरका वीरमणि बज्राचार्य काठमाडौंको न्युरोडमा साझेदारीमा 'ह्युमनफिट टेलर' नाममा टेलरिङ व्यवसाय चलाउँथे। छालाको ज्याकेट मर्मतको काम गर्थे। यो टेलर अहिले जमलमा छ। ह्युमनफिट सुरू गर्नुअघि वीरमणिले करिब एक दशक सर्टिङ–सुटिङमा सिलाइको काम गरेका थिए। ज्याकेट मर्मत काममा वीरमणिले आयातित सामानमा व्यापारीले एकाधिकार र चर्को मूल्य लिने गरेको भेउ पाए। 'नेपालमा छालाका वस...
Indian Actor Vivek Oberoi visits Chandragiri Hills

Indian Actor Vivek Oberoi visits Chandragiri Hills

देश
काठमाडौं । बलिउड अभिनेता विवेक ओबरायले चन्द्रागिरि हिल्सको भ्रमण गरेका छन् ।पारिवारिक भ्रमणमा नेपाल आएका विवेक ओबरायले भ्रमणका क्रममा भालेश्वर महादेवको दर्शन गर्नुका साथै चन्द्रागिरि हिल्स रिर्सोटमा लन्च गर्दै मनोरम दृष्यहरुको पनि अवलोकान गरेका हुन् । अभिनेता ओबरायलाई चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक सन्जीव थापाले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए । ओबरायले चन्द्रागिरि भ्रमणबारे प्रतिक्रिया दिंदै काठमाडौंको उच्च स्थानमा अत्यन्तै सुन्दर पर्यटकीय गन्तव्यको रुपमा चन्द्रागिरि रहेको बताए । ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल, साहसिक खेल तथा पाँच तारे लक्सरी रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्...
विश्वविद्यालयहरु राजनीतिबाट मुक्त हुनुपर्छ : प्रधानमन्त्री देउवा

विश्वविद्यालयहरु राजनीतिबाट मुक्त हुनुपर्छ : प्रधानमन्त्री देउवा

शिक्षा
२९ मंसिर, काठमाडौं । प्रधानमन्त्री एवं काठमाडौँ विश्वविद्यालयका कूलपति शेरबहादुर देउवाले विश्वविद्यालय राजनीतिबाट मुक्त रही स्वतन्त्रतवरबाट प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलमा बिहीबार आयोजित पहिलो चरणको २८औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले काठमाडौँ विश्वविद्यालयले विगत तीन दशकदेखि गुणस्तरीय एवं प्राविधिक शिक्षा उपलब्ध गराएर विभिन्न विधामा कर्मशील, सिर्जनशील र क्षमतावान जनशक्ति उत्पादन गरी मुलुकको आर्थिक र सामाजिक विकासमा योगदान पुर्‍याउँदै आएको बताए। ‘विश्वविद्यालय विद्यार्थीमा ज्ञान, सीप र दक्षता विकास गर्न तथा उहाँहरुमा लुकेको प्रतिभा र सिर्जनालाई उजागर गरी समाज र देशको हितका लागि प्रयोग गर्न सहयोग पुर्‍याउने पवित्र शैक्षिक केन्द्र हो’, उनले भने, ‘विश्वविद्यालयहरु राजनीतिबाट मुक्त रही स्वतन्त्रतवरबाट प्राज्ञिक अध्...
मोरक्कोका प्रशिक्षक भन्छन् : तेस्रो स्थानका लागि कोशिस गर्नेछौं

मोरक्कोका प्रशिक्षक भन्छन् : तेस्रो स्थानका लागि कोशिस गर्नेछौं

खेलकुद
२९ मंसिर, काठमाडौं । विश्वकपको सेमिफाइनलमा पराजित भएपछि मोरक्कोका प्रशिक्षक वालिद रेग्रागुईले आफूहरु तेस्रो स्थानका लागि कोशिस गर्ने बताएका छन् । विश्वकपको फाइनलमा पुग्ने पहिलो अफ्रिकी देशको कीर्तिमान बनाएको मोरक्को बुधबार फाइनल प्रवेशका लागि भएको खेलमा फ्रान्ससँग २–० ले पराजित भयो । मोरक्कोले तेस्रो स्थानका लागि शनिबार क्रोएसियासँग खेल्नेछ । रेग्रागुईले हालसम्म अवसर नपाएका खेलाडीलाई सो खेलमा मौका दिने बताएका छन् । प्रशिक्षकले रेग्रागुईले भने, ‘मानसिक रुपमा यो निकै गाह्रो समय हो । म अहिलेसम्म खेल्ने मौका नपाएका खेलाडीलाई तेस्रो स्थानको लागि हुने खेलमा अवसर दिन्छु । मोरक्को टिममा राम्रो एकता बनाइराख्न पनि यो जरुरी छ । मोरक्को फुटबल एउटा उचाइमा पुग्न धेरै टाढा छैन ।’ उनले साविक विजेताविरुद्धको खेलमा आफ्ना तीन प्रमुख डिफेन्डर चोटका कारण मैदान बाहिर रहेका कारण घाटा भएको ब...
स्पेनिस कम्पनीहरूलाई नेपालमा लगानी गर्न आग्रह 

स्पेनिस कम्पनीहरूलाई नेपालमा लगानी गर्न आग्रह 

उद्यमशीलता, कर्पोरेट
बार्सिलोना। स्पेनका लागि नेपाली राजदूत डा शर्मिला पराजुली ढकालले स्पेनिस कम्पनीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेकी छिन्। नेपालमा खास गरी जलविद्युत तथा हरित हाइड्रोजन जस्ता पुन: नवीकरणीय ऊर्जामा लगानी गर्न राजदूत पराजुलीले आग्रह गरेकी हुन्। स्पेनका व्यापार संगठनहरुको स्पेनिस महासंघकी (CEO) अध्यक्ष मार्ता ब्ल्यांकोसँग बुधबार राजधानी म्याड्रिडमा भेटघाट गर्दै राजदूत पराजुलीले नेपालमा लगानी गर्न जोड दिइन् । उक्त अवसरमा अध्यक्ष ब्ल्यांकोले स्पेनी व्यवसायीहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने प्रतिवद्धता व्यक्त गरिन्। सो अवसरमा नेपालमा मल तथा कृषि जन्य उत्पादनहरुको सम्बन्धमा आपसी सहयोगका सम्भावनाहरु बारे पनि छलफल भएको थियो। सन् १९७७ मा स्थापना भएको उक्त महासंघमा स्पेनका सबै क्षेत्रका गरी २० लाख कम्पनीहरू र ४५ सय भन्दा बढी तल्लोतहका संघहरू जोडिएका छन्। महासंघले स्पेनी य...
शिवम् सिमेन्टलाई ‘बेस्ट म्यानेज्ड कम्पनी अफ द एयर-२०२२’ अवार्ड

शिवम् सिमेन्टलाई ‘बेस्ट म्यानेज्ड कम्पनी अफ द एयर-२०२२’ अवार्ड

कर्पोरेट
काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले ‘बेस्ट म्यानेज्ड कम्पनी अफ द एयर-२०२२’ अवार्ड प्राप्त गरेको छ । शिवम सिमेन्ट्स लिमिटेडलाई न्यू बिजनेश एज प्रालिले सातौं न्यू बिज बिजनेस कन्क्लेभ एण्ड अवार्ड २०२२ कार्यक्रममा विभिन्न फरक फरक सातओटा संस्थागत विधामा दिइएको उक्त अवार्डहरु मध्ये शिवम् सिमेन्टले उक्त अवार्ड पाएको हो । यसभन्दा पहिला पनि शिवम् सिमेन्टले सिमेन्ट जगतमै पहिलो पटक एनएस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट सम्मानित भइसकेको थियो । हेटौंडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधि युक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको जनाएको छ । ...