२०८० चैत्र १६

त्रिभुवन विमानस्थलबाट एक वर्षमा अन्तर्राष्ट्रिय यात्रा गर्ने यात्रुको संख्या ३५ लाख




१६ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक वर्षको अवधिमा करिब ३५ लाख अन्तर्राष्ट्रिय हवाई यात्रुले यात्रा गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांक अनुसार सन् २०२२ मा त्रिभुवन विमानस्थलबाट मात्र ३४ लाख ८८ हजार ३२८ जना यात्रुले अन्तर्राष्ट्रिय यात्रा गरेका छन् । यसमा आगमन र प्रस्थान दुवैको तथ्यांक जोडिएको छ ।

कार्यालयका अनुसार यो संख्या सन् २०२१ को तुलनामा साढे दुई गुणा बढी हो । सन् २०२१ मा अन्तर्राष्ट्रिय उडानका यात्रु संख्या १४ लाख ५६ हजार ९२९ जना रहेको थियो ।


Advertisement


तथ्यांक अनुसार सन् २०२२ मा त्रिभुवन विमानस्थलमा १५ लाख ५६ हजार ८११ जना यात्रुको आगमन भएको छ । यो नेपाली नागरिक र पर्यटकको संयुक्त संख्या हो । यस विमानस्थलबाट एक वर्षको अवधिमा १९ लाख ३१ हजार ५१७ जना यात्रु प्रस्थान गरेका छन् । यसरी विमानस्थलले एक वर्षको अवधिमा ३४ लाख ८८ हजार ३२८ जना अन्तर्राष्ट्रिय यात्रुलाई सेवा दिएको हो ।

विमानस्थलमा एक वर्षको अवधिमा २४ हजार ३१२ वटा उडान–अवतरण भएका छन् । जसमा १२ हजार १५८ पटक जहाजहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । १२ हजार १५४ पटक जहाजहरु यहाँबाट उडेका छन् । विमानस्थल भन्सार बिन्दु समेत हो ।



एक वर्षमा त्रिभुवन विमानस्थलबाट वायुयानहरुले २ करोड ६६ लाख ७६ हजार ७८० किलो कार्गो ओसारेका छन् । जसमध्ये १ करोड ३२ लाख ४ हजार ७७० किलो सामान नेपाल भित्रिएको छ । १ करोड ३४ लाख ७२ हजार १० किलो सामान बाहिरिएको प्राधिकरणले जनाएको छ ।

सन् २०२१ को तुलनामा उडान संख्या, यात्रु संख्या उल्लेख्य बढेको छ भने कार्गो यस वर्ष घटेको छ । यसो हुनुमा अघिल्लो वर्ष कोरोनाका कारण सीमा नाका बन्द हुनु र कार्गो उडानमा हवाईमार्गको प्रयोग हुनु मुख्य कारण थियो । सन् २०२१ मा अन्तर्राष्ट्रियतर्फ त्रिभुवन विमानस्थलमा ५ हजार ८८२ पटक जहाजको आगमन भएको थियो । ५ हजार ८७८ पटक जहाजको प्रस्थान भएको थियो ।

यसरी एक वर्षमा ११ हजार ७६० उडान/अवतरण भएका थिए । सो वर्ष यस विमानस्थलबाट २ करोड ९५ लाख १४ हजार १२० किलो कार्गो ओसार–पसार भएको थियो । यस वर्ष १ करोड ५७ लाख २३ हजार १९५ किलो सामान भित्रिएको थियो । १ करोड ३७ लाख ९० हजार ९२५ किलो सामान जहाजबाट बाहिरिएको थियो ।

त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय यात्रु संख्या

यात्रुआगमनप्रस्थानकुल
सन् २०२१७,०८,६०२७,८८,३२७१४,५६,९२९
सन् २०२२१५,५६,८१११९,३१,५१७३४,८८,३२८
Copy link
Powered by Social Snap