नेप्से परिसूचकमा दोहोरो अङ्कको बृद्धि
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ४५ अङ्कले उकालो लागेर दुई हजार एक सय ८२ दशमलव ६३ मा पुगेको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ४२ अङ्कले उकालो लागेर चार सय १५ दशमलव ४२ मा पुगेको छ । कारोबार भएका १३ उपसमूहमध्ये आज एक उपसमूहको मात्रै शेयर मूल्यमा गिरावट भएको छ भने १२ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ ।
कारोबार भएका कम्पनीमध्ये एक सय ५२ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । यस्तै, ५८ कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा छ कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन ।
कूल ५६ लाख ४८ हजार दुई सय १२ कित्ता शेयर रु दुई अर्ब छ करोड २० लाख ५८ हजार सात सय ४९ मूल्यमा कारोबार भएको छ । शेयर कारोबार हुने साताको अन्तिम दिनको कारोबारपछि बजार पूँज...









