यसरी लेखियो गुलाबीे
चरित्र प्रस्ट्याउने पोस्टर सार्वजनिक भएदेखि नै चलचित्र ‘गुलाबी ः एक रङ’ को चर्चा भइरहेको छ । पोस्टरमा अभिनेता नाजिर हुसेनलाई मात्र चित्रण गरिएको छ । उहाँ पारालैङ्गिक महिला देखिनुभएको छ । ‘लुक्स’लाई आकर्षक बनाउन मेकअपदेखि चरित्र रूपान्तरणमा अभिनेता हुसेनले मेहनत गर्नुभएको देखिन्छ । गुलाबी नामको पात्रको भूमिका रहेको चलचित्रलाई समुद्र भट्टले निर्देशन गर्नुभएको हो ।
“हामीले फिल्मको पात्रको बारेमा जानकारी दिन सार्वजनिक गरेको चरित्र पोस्टरले अपेक्षा बढेको पाएकी छु । यसले मलाई खुसी मिलेको छ भने दायित्व पनि थपेको छ”, निर्देशक भट्टले भन्नुभयो, “यसको कथा तयार भएपछि मैले सोचेकै कलाकारलाई अभिनय गराउन पाएँ । उहाँहरूको उपस्थितिले पात्रलाई जीवन्त बनाएको छ ।”
निर्माणसम्बन्धी सोच कोभिड–१९ कै समयमा आएको निर्देशक भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “म राहत वितरण गर्न जाने क्रममा नीलह...









