२०८३ भाद्र २९

Author: admin

राष्ट्रपतिको सवालमा सहमतिकै पक्षमा छौँ : पूर्वप्रधानमन्त्री नेपाल

राष्ट्रपतिको सवालमा सहमतिकै पक्षमा छौँ : पूर्वप्रधानमन्त्री नेपाल

राजनीति
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपतिको सवालमा आफ्नो पार्टी सहमतिकै पक्षमा रहेको बताउनुभएको छ । पार्टीको प्रदेश कमिटीको बैठकमा सहभागी हुन धनगढी आइपुग्नुभएका उहाँले आज आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताउनुभएको हो । “सबै पार्टीलाई समेटर अगाडि बढनुपर्छ”, उहाँले भन्नुभयो, “हाम्रो पार्टीको धारणा पनि विचार मिल्नेसँग हातेमालो गरेर अगाडि बढ्नुपर्छ भन्ने नै हो । मुलुकलाई निकास दिनका लागि सहमतिमा अगाडि बढ्न सके सबैभन्दा राम्रो हन्छ ।”संविधान, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाका लागि प्रधानमन्त्रीले सहमतिमै अगाडि बढ्नुपर्नेमा जोड दिँदै पूर्वप्रधानमन्त्री नेपालले राजनीतिक प्रकृतिका मुद्दा थन्क्याएर राख्नुभन्दा छिटो टुङगाउनु राम्रो हुने बताउनुभयोे । प्रदेशको हकमा सुदूरपश्चिममा अहिलेको सरकारलाई विश्वासको मत दिलाउनुपर्ने र सैबलाई समेटर ...
अनेरास्ववियु महाधिवेशनको तयारी पूरा

अनेरास्ववियु महाधिवेशनको तयारी पूरा

राजनीति
नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ । यही फागुन २ देखि ४ गतेसम्म हुने महाधिवशेनको तयारी पूरा भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले जानकारी दिनुभयो । सात वर्षपछि महाधिवेशन हुन लागेको हो । यसअघि २०७२ माघमा भएको महाधिवेशन तत्कालीन नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता भएपछि हुनसकेको थिएन । ‘निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार समृद्ध नेपाल निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशील सङ्गठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने नाराका साथ काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा भवनमा हुन महाधिवेशन हुदैँछ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नुहुने अनेरास्ववियुका अध्यक्ष बरालले जानकारी दिनुभयो । आगामी दुई वर्षका लागि एक सय ९९ सदस्यीय केन्द्रीय कमिटी, १७ पदाधिकारी तथा अन...
वैदेशिक जागिर छाडेर भैँसीपालन, मासिक ७० हजार आम्दानी

वैदेशिक जागिर छाडेर भैँसीपालन, मासिक ७० हजार आम्दानी

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
क्यानडाको भिसा त्यागेर कैलालीको अत्तरियाका हिक्मत कठायत अहिले भंँैसीपालनमा रमाइरहनुभएको छ । उहाँले भैँसीपालनबाट राम्रो आम्दानी पनि गरिरहनुभएको छ । साइप्रसबाट ‘बिएससी नर्सिङ’ अध्ययन पूरा गर्नुभएका गोदावरी नगरपालिका– २ अत्तरियाका उहाँले विदेशमा छँदा मासिक तीन लाख आम्दानी गर्नुुहुन्थ्यो । पुख्र्यौली घर बझाङको छविस पाथिभेरा-२ भएका उहाँले नेपालमा ‘एचए’ पूरा गरी नर्सिङ पढ्न साइप्रस जानु भएको थियो । साइप्रसबाट अध्ययन सकेर स्वदेश फर्किएको केही समयपछि जागिर नपाएपछि उहाँ वैदेशिक रोजगारीमा जानुभएको थियो । सुरुवातमा काम गर्न दुबई पुग्नुभएका उहाँ त्यहाँ मासिक एक हजार ६ सय डलरमा काम सुरु गर्नुभयो । करिब १४ महिना दुबईमा काम गर्नुभएका हिक्मतलाई विदेशमा भइरहेको त्यो कमाइ चित्त बुझेन । दुबईको १४ महिनाको कामलाई विश्राम दिएर उहाँ कुवेतमा मासिक रू दुई लाख ९० हजारको जागिर गर्न थाल्नुभयो । ...
निःशुल्क अध्ययन केन्द्रमा पढ्दै दलित बालबालिका

निःशुल्क अध्ययन केन्द्रमा पढ्दै दलित बालबालिका

SYM शुद्ध सकारात्मकता
सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ पोर्ताहास्थित मुसहर बस्तीमा जीवन विकास लघुवित्तले सञ्चालन गरेको निःशुल्क अध्ययन केन्द्रमा बेलुकाको समय निःशुल्क होम ट्युसन पढ्न पाएपछि स्थानीय बालबालिका उत्साहित छन् । लघुवित्त भन्नै सुन्नै बित्तिकै ऋण दिने/लिने संस्था हो धारणा गाउँमा व्याप्त छ । दूरदराजका गाउँमा बसेका विपन्न वर्गका नागरिकहरुलाई उद्यमशील बनाउन यस्तो लघुवित्तको परिकल्पना गरिएको हो । लघुवित्तहरुले ग्रामीण भेगका गाउँगाउँमा पुगेर विपन्न महिलाहरुलाई जीविकोपार्जनका लागि कार्यक्रमहरु सञ्चालन गर्नाका साथै समाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न किसिमका क्रियाकलाप पनि सञ्चालन गरिरहेका छन् । सोही कडीका रुपमा निःशुल्क अध्ययन केन्द्र सञ्चालनमा ल्याएको हो । कमजोर आर्थिक अवस्थाका कारण आवश्यक शैक्षिक सामग्रीको अभाव र अतिरिक्त कक्षा (ट्युसन) पढ्न नपाएर विद्यालय जान रुचि नगर्ने मुसहर बस्तीका...
नागरिकता विधेयकको मस्यौदा पेस

नागरिकता विधेयकको मस्यौदा पेस

देश, समाचार
‘सत्य र न्यायको खोजी अभियान’ले नागरिकता विधेयकको मस्यौदा पेस गरेको छ । अभियानका तर्फबाट वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले नेपाली नागरिकतासम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले तयार गरिएको मस्यौदा आज गृह सचिव विनोदप्रकाश सिंहलाई हस्तान्तरण गर्नुभयो । मस्यौदा हस्तान्तरण कार्यक्रममा श्रेष्ठले नागरिकतासम्बन्धी विद्यमान विवादहरू समाधानका लागि कानुन संशोधन गर्नुपर्ने बताउनुभयो । मस्यौदामा जन्मका आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई नागरिकता दिने, आमा भएका तर बाबुको पहिचान नभएका व्यक्तिलाई नागरिकता प्रदान गर्ने, बाबु र आमाको ठेगान नभएका व्यक्तिलाई नागरिकता प्रदान गर्ने, विदेशी पुरुषसँग विवाह गरेकी नेपाली नागरिक महिलाका सन्तानलाई नागरिकता प्रदान गर्ने र नेपाली नागरिक पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई नागरिकता प्रदान गर्नेसम्बन्धी विवाद समाधानका लागि पहल गर्नुपर...
निःशुल्क एम्बुलेन्स चलाउँदै वडासदस्य थापा

निःशुल्क एम्बुलेन्स चलाउँदै वडासदस्य थापा

SYM शुद्ध सकारात्मकता
गुल्मीको मालिका गाउँपालिका–३ का वडासदस्य सूर्य थापाले वडाका लागि निःशुल्क एम्बुलेन्स चलाउँदै आउनुभएको छ । उहाँले ह्वाङदी स्वास्थ्य चौकीको एम्बुलेन्स गत फागुनदेखि निःशुल्क चलाउँदै आउनुभएको हो । गत वैशाखमा वडा सदस्यमा निवार्चित भएपछि पनि थापाले एम्बुलेन्स चलाउँदै आउनुभएको छ । स्वास्थ्य चौकीले मासिक तलब दिएर चालक राख्न नसकेपछि उहाँले समाजसेवीको रुपमा बिना तलब एम्बुलेन्स चलाउन थाल्नुभएको हो । लामो समयसम्म वैदेशिक रोजगारीमा रहनुभएका वडासदस्य थापा विदेशबाट फर्केपछि पनि आफ्नो सीपअनुसार वडामा सेवा गरिरहनुभएको हो । चालक राख्न नसकेपछि एम्बुलेन्स बेकामे भएर थन्किएकाले आफूमा सेवाको भावना जागेको उहाँले जानकारी दिनुभयो । सोही सेवाभावका कारण गत स्थनीय तहको निर्वाचनमा उहाँले नेपाली कांग्रेसबाट वडा सदस्यको टिकट पाउनुभयो । निवार्चित भएपछि पनि थापाले थप जिम्मेवारी महसुस गरी एम्बुलेन्स चालक...
नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार बढाउन अमेरिकामा नेफ्टा अवार्ड : अध्यक्ष लामा

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार बढाउन अमेरिकामा नेफ्टा अवार्ड : अध्यक्ष लामा

नेपाली चलचित्र
अमेरिकाको डल्लास टेक्सासमा आयोजना हुने ११ औँ संस्करणको नेफ्टा फिल्म अवार्ड कार्यक्रमको औपचारिक घोषणा भएको छ । आज यहाँ उद्घाटन समारोहमार्फत नेपाल चलचित्र प्राविधिक सङ्घले आगामी जेठ १३ गते अमेरिकाको डल्लास टेक्सासमा हुने अवार्ड कार्यक्रमको घोषणा गरेको हो । सङ्घका अध्यक्ष पुष्कर लामाले यस अवार्ड कार्यक्रमले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार बढाउन सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेफ्टा अवार्ड जेठ १३ गते विधिवत्रूपमा सञ्चालन हुनेछ । अमेरिकामा आयोजना गरिनुको मुख्य उद्देश्य नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारसम्म जोड्नु हो ।” अवार्ड कार्यक्रमका लागि जुरीले २०७९ वैशाखदेखि चैत मसान्तसम्म रिलिज भएका चलचित्र हेर्ने काम सुरु भइसकेको उहाँले बताउनुभयो । चलचित्र विकास बोर्ड नेपालका अध्यक्ष भुवन केसीले नेफ्टा अवार्ड कार्यक्रमले अन्तर्राष्ट्रिय दर्शकसम्म पु¥याउन सेतुको काम...
यसरी लेखियो गुलाबीे

यसरी लेखियो गुलाबीे

नेपाली चलचित्र
चरित्र प्रस्ट्याउने पोस्टर सार्वजनिक भएदेखि नै चलचित्र ‘गुलाबी ः एक रङ’ को चर्चा भइरहेको छ । पोस्टरमा अभिनेता नाजिर हुसेनलाई मात्र चित्रण गरिएको छ । उहाँ पारालैङ्गिक महिला देखिनुभएको छ । ‘लुक्स’लाई आकर्षक बनाउन मेकअपदेखि चरित्र रूपान्तरणमा अभिनेता हुसेनले मेहनत गर्नुभएको देखिन्छ । गुलाबी नामको पात्रको भूमिका रहेको चलचित्रलाई समुद्र भट्टले निर्देशन गर्नुभएको हो । “हामीले फिल्मको पात्रको बारेमा जानकारी दिन सार्वजनिक गरेको चरित्र पोस्टरले अपेक्षा बढेको पाएकी छु । यसले मलाई खुसी मिलेको छ भने दायित्व पनि थपेको छ”, निर्देशक भट्टले भन्नुभयो, “यसको कथा तयार भएपछि मैले सोचेकै कलाकारलाई अभिनय गराउन पाएँ । उहाँहरूको उपस्थितिले पात्रलाई जीवन्त बनाएको छ ।” निर्माणसम्बन्धी सोच कोभिड–१९ कै समयमा आएको निर्देशक भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “म राहत वितरण गर्न जाने क्रममा नीलह...
निर्वाचन व्यवस्थापनमा सुधार गर्न आयोग प्रतिबद्ध

निर्वाचन व्यवस्थापनमा सुधार गर्न आयोग प्रतिबद्ध

देश
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जनताले लोकतन्त्रको सार्थक अनुभूति गर्ने माध्यम निर्वाचन भएको बताउनुभएको छ । निर्वाचन प्रणाली र व्यवस्थापन प्रक्रियाबारे निर्वाचन आयोग र नीति अध्ययन प्रतिष्ठानले गरेको अध्ययनको प्रारम्भिक निष्कर्षको प्रस्तुतिकरण गर्न सिंहदरबारमा आज आयोजित कार्यक्रममा उहाँले निर्वाचन व्यवस्थापनमा सुधार गरी स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउने जिम्मेवारी आयोगमा रहेकोले त्यसका लागि समयानुकूल परिष्कृत निर्वाचन कानूनको आवश्यकता रहेको औँल्याउनुभयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले निर्वाचन व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्र तथा मौजुदा कानूनमा संशोधन र परिमार्जन गर्नुपर्ने विषय पहिचान गरी राजनीतिक दल तथा अन्य सरोकारवालाको राय सुझावसहित निर्वाचन व्यवस्थापन र सञ्चालन सुझावसहित एकीकृत कानूनको मस्यौदा तयार भइसकेको जनाउनुभयो । ...
परराष्ट्रमन्त्रीसँग साउदी राजदूतको भेटवार्ता

परराष्ट्रमन्त्रीसँग साउदी राजदूतको भेटवार्ता

देश, समाचार
परराष्ट्रमन्त्री डा विमला राई पौड्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबु हैमेदले आज मन्त्रालयमा भेटवार्ता गर्नुभएको छ । भेटमा परराष्ट्रमन्त्री पौड्यालले विश्वभर फैलिएको कोरोना महामारीका बेला त्यहाँ रहेका चार लाखभन्दा बढी नेपालीलाई सुरक्षित राखेकामा साउदी अरबिया सरकारलाई नेपाल सरकारका तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो । मन्त्री पौड्यालले साउदी अरबियाको विकासमा नेपाली श्रमिकको पनि उल्लेख्य योगदान रहेको उल्लेख गर्नुहुँदै आगामी दिनमा श्रम सम्झौता गरेर दक्षजनशक्ति उपलब्ध गराउन सरकार तयार रहेको बताउनुभयो । सो अवसरमा राजदूत हैमेदले साउदी अरबियाको प्रगतिमा नेपाली श्रमिकको ठूलो योगदान रहेको उल्लेख गर्नुहुँदै आफ्नो देशमा विकास निर्माणका काम तीव्रगतिमा अघि बढेकाले श्रम सम्झौता गरेर थप नेपाली श्रमिक लैजाने प्रतिबद्धता जनाउनुभयो। ...