२०८१ बैशाख ८

विराटनगरका बस्तीमा पस्यो सिंघिया खोला




१४ असार, विराटनगर । अबिरल वर्षासँगै सिंघियामा आएको बाढी बस्तीमा पसेको छ ।

मंगलबार बिहान विराटनगर ८ को खोला किनारका बस्तीमा बाढी पसेको हो । सिंघियाको बाढीका कारण खोला किनारमा २५ परिवार विस्थापित भएका छन् ।



Advertisement



जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार बिस्थापितहरूलाई सुरक्षित स्थानमा सारिएको छ । खोला किनारका अन्य बस्ती पनि बाढीको जोखिममा परेका छन् ।

सिंघियाको बाढीका कारण कटहरी १ को खोला किनारका बस्तीमा पनि पानी पसेको छ । विराटनगर २ को खोला किनारका बस्तीमा पनि पानी पसेको छ ।

स्थानीय सुभाष कामतका अनुसार बाढीले बस्ती छोएपछि स्थानीयबासिन्दाले अन्यत्र सर्ने तयारी गरिरहेका छन्

Copy link
Powered by Social Snap