२०८१ बैशाख १४

‘इन्धनको मूल्यवृद्धिले राष्ट्रिय गौरव र अति जरुरी निर्माण परियोजना ठप्प हुने भए’ 


Workers engaged in the construction of 50 MW Marshyangdi Hydro Project dam at Bhulbhule in eastern Lamjung on Tuesday, November 03, 2015. Photo: Ramji Rana


काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले इन्धनमा पछिल्लो पटक गरिएको भारी मूल्यवृद्धिले निर्माण सामाग्रीहरूको अत्याधिक मूल्य बढ्दा निर्माण उद्योग नै ठप्प हुने अवस्था आएको बताएको छ । 

इन्धनमा भएको वृद्धिले रुग्ण अवस्थामा रहेको निर्माण उद्योग थप आक्रान्त भएको महासंघले जनाएको छ । “इन्धनमा शतप्रतिशत मूल्यवृद्धि भएका कारण मुलुकभर संचालित राष्ट्रिय गौरवका आयोजनाहरू एवं अति जरुरीका निर्माण परियोजनाहरू पनि अब बन्द हुने स्थिति उत्पन्न भएको छ,” महासंघले भनेको छ, “निरन्तर मूल्यवृद्धि भइरहे पनि सरकारले निर्माण व्यवसायीहरूलाई कुनै राहत दिन नसकेबाट समग्र निर्माण उद्योगको विकासप्रति नै सरकारको उदासीनता पुष्टि भएको छ ।”



Advertisement



अप्रत्याशित रुपमा निरन्तर भइरहेको मूल्यवृद्धिका कारण धर जमीन तथा अन्य जायजेथा धितोमा राखेर निर्माण व्यवसायमा संलग्न देशभरका हजारौं निर्माण व्यवसायीहरू, तिनका परिवार र तिनमा आश्रित लाखौं श्रमिकको बिचल्ली हुने अवस्था निश्चित भएको महासंघको भनाइ छ । 

“पेट्रोलियम पदार्थमा लिइने कर कटौती नगरी तथा चुहावटको समस्या समाधान नगरेर केवल अन्तर्राष्ट्रिय मूल्यलाई देखाउँदै एकोहोरो रुपमा निर्माण व्यवसायीसहित तमाम उपभोक्ताको ढाड सेकिने गरी भइरहेको मूल्यवृद्धिले देशको समग्र विकासमा अत्यन्त नकरात्मक असर पर्ने यस महासंघको ठहर छ,” महासंघले भनेको छ । 

Copy link
Powered by Social Snap